अगुवापनको आवश्यकता

 अगुवापनको आवश्यकता 

अगुवाहरुको खडेरी 



आज संसारमा असल अगुवाहरुको खडेरी लागेको छ। आज सबैभन्दा कठिन कुराचाहिँ अगुवा जन्माउनु हो।
"सबै थोक अगुवापनमा निर्माण हुन्छ या त भत्कन्छ।" - जोन म्याक्सवेल 

एउटा खोज जसले संसारमा क्रान्ति ल्यायो, 

त्यो थियो कम्पास, एउटा साधारण वस्तु जसमा धातुको सुईले सधैं पृथ्वीको चुम्बकिय उत्तरमा औल्याउँछ। यसको आविष्कारले यात्रुहरुलाई विशेष गरी नाविकहरूलाई कुनै पनि मौसम अवस्था अन्तर्गत लामो दुरी सुरक्षित रुपमा यात्रा गर्न सहज भयो। 
जसरी कम्पासले सधैं उत्तरतिर औल्याउँछ एक साँचो अगुवाले मानिसहरुलाई परमेश्वरतर्फ औल्याउँछद। 

अगुवा भनेको मुटुमा चुम्बक र टाउकोमा कम्पास भएको व्यक्ति हो। - भान्स हेनर


सेवाकाईमा अगुवाहरु निर्माण गर्नु प्राथमिकता हो। बिनाअगुवाहरु सेवाकाई मर्दछ र दर्शनको अन्त्य हुन्छ। 
एउटा अगुवाले अगुवा नै जन्माउनु पर्छ। आज मण्डलीमा अगुवाहरुले नवआगन्तुक अगुवाहरुलाई जोखिमको रुपमा देखेका कारण अगुवाहरु गर्भमै तुहिरहेको हुन्छ। हामीले आउँदा पुस्ताहरुमा भविष्यको अगुवा देख्नुपर्छ। उनीहरु आज कस्ता छन भन्ने कुराले उनीहरु भोली को हुनेछ भन्ने कुरालाई निर्धारण गर्दैन्। 

उनीहरुलाई हामीले आकार दिनुपर्ने हुन्छ।एउटा मुर्तिकारले आफ्नो घन,


छिन्यु र हतौडाले ढुंगालाई कुदेर त्यसबाट अदभूत मूर्तिको आकार निकालेझैं हाम्रा आउँदा पुस्ताहरुलाई आकार दिने महत्वपूर्ण जिम्मेवारी परमेश्वरले हामीलाई सुम्पनुभएको छ। 

अगुवा को हो?
- जसले अरुलाई प्रभाव पार्छ
- अरुको सेवक (मत्ती २०:२६)
- जसले अरुलाई डोर्याउँछ। 
- जोसँग गन्तव्यको दर्शन हुन्छ। 
- जो उत्प्रेरणाको श्रोत हुन्छ। 

- अगुवाले परिवर्तनलाई अगुवाई गर्दछ। 
हामी धेरैलाई परिवर्तन मनपर्दैन। वास्तवमै परिवर्तन कठिन छ।  हामीलाई हाम्रो बानीहरु परिवर्तन गर्न कति गाह्रो हुन्छ, सुतिरहेको ओछ्यान पनि परिवर्तन हुँदा हामीलाई निद्रा लाग्दैन। हामी परिवर्तनलाई कति घृणा गर्छौं भने हामी मण्डली भवनभित्रै पनि आफू सधैं बस्ने स्थान परिवर्तन भएको मन पराउँदैनौं (हस्यौंली पारामा)। यहि कारण धेरैपटक परिवर्तनको आवश्यकता हुँदा हुँदै पनि कतिपटक हामी त्यो कुरालाई नजरअन्दाज गरिपठाउँछौं। 
तर एक असल अगुवाले परिवर्तनको आवश्यकतालाई देख्छ र परिवर्तनलाई अगुवाई गर्छ। उसलाई थाहा हुन्छ कि परिवर्तन अपरिहार्य छ र यदि हामी परिवर्तन हुन चाहदैनौं भने परिवर्तनको शिकार हुनेछौ। 
उनीहरु अभियानलाई शुरु गर्छन, परिवर्तन गर्छन। उनीहरुसँग दर्शन हुन्छ। उनीहरु अरुको लागि चित्र बनाउँछन, उत्साह दिन्छन्, र अभियानमा सहभागी हुन निमन्त्रणा दिन्छन्। अरुलाई सक्षम बनाउन अगुवाहरु आफ्नो समुहसँग काम गर्छन र प्राय: सबैकाम आफ्नो समुहसँग गर्छन। अगुवाहरुको प्राय बलिदानी जीवन जिउनुपर्छ। एउटा अगुवाले सधैं आफूलाई पछ्याउने मानिसहरुको भलाई सोच्दछ र उनीहरुलाई सक्षम बनाउन दिनरात परिश्रम गर्दछ। 
अगुवाले भत्किएको कुराहरुलाई देख्दछ र त्यो निर्माण गर्न सबैलाई उत्प्रेरणा दिदँछ किनकि उसले यो एक्लै गर्न सक्दैन् भनी थाहा गर्छ। 
नहेम्याहले यहूदीहरुको अवस्थालाई परिवर्तन गर्न भत्किएको पर्खालको पुननिर्माण आवश्यक भएको देखे। उनले सम्पूर्ण यहूदीहरुलाई पर्खाल पुननिर्माणको निम्ति हौसला दिएर उत्प्रेरित गराए। 


- अगुवाले परिचालन गर्दछ
परिचालनको प्रकृया 
सामान्य व्यक्ति --चेला--वृद्धि, निर्माण र शसक्तिकरण--अगुवा--अगुवापनको जिम्मेवारी
अगुवाले आफुसँग भएको मानिसहरूलाई प्रतिस्पर्धीको रुपमा हेर्नुहुँदैन। 

सेवाकाई चाहिँ एकल ब्यान्ड होइन्। 

एकल ब्यान्ड मनोरञ्जनात्मक हुन्छन्, तर त्यसले उत्पादन गर्ने संगीतका ध्वनीहरु सिमित हुन्छ। धेरै अगुवाहरु एकल-मानिस ब्यान्डको रुपमा कार्य गर्न चाहन्छन र छिट्टै थाक्छन तर हामी त्यसरी लामो यात्रा तय गर्न सक्दैनौं। एउटा भनाई छ "छिटो पुग्नु छ भने एक्लै हिँड्नुहोस तर टाढा पुग्नु छ भने सँगै जानहोस्।"
हामी अगुवाहरु सिमित हुन्छौं भन्ने सत्यतालाई बिर्सनु हुँदैन्। यदि सबै थोक हामी नै गर्न चाहन्छौं, सबै ठाउँ हामी नै पुग्न चाहन्छौ भने हामी छिट्टै कति हुन्छौ र निराश हुन्छौं। 


महाद्धीपहरुमा जाडो याम र प्रजननको लागि 

स्यान्डहिल क्रेन्स (Sandhill Cranes) (सारस प्रजातीका) ठूला चराहरुले बँसाई सराईको निम्ति लामो दुरीको यात्रा तय गर्छ। यी चराहरुमा तीन उल्लेखनीय गुणहरु हुन्छ। 
पहिलो, तिनीहरु नेतृत्व एक-अर्कासँग साट्छन। एउटै चरा सधैं अगाडि रहँदैन। 

दोस्रो, तिनीहरुले अगाडि नेतृत्व गर्न हावाहुरी, बतास, अनिश्चित  समय र दिशा, मौसमको चुनौतीहरुलाई सामना गर्न सक्ने अगुवाहरु छान्छन्। एउटै झुण्डमा यी चराहरु दश हजारभन्दा बढिको संख्यामा एकसाथ बसाँई सराई गरिरहेका हुन्छन्। अगुवाको सानो हेलचेक्राईंले सम्पूर्ण झुण्ड खतरामा पर्न सक्छ। 
जब अगुवाले अगाडि नेतृत्व गरिरहेको हुन्छ तब  बाँकि सबै चराहरू पछाडिबाट उत्साहको निम्ति चर्को आवाजमा चिरबिराइरहेको हुन्छ। 
यो मण्डलीको निम्ति असल नमुना हुन सक्छ। पक्कै पनि हामीलाई बाँधा र समस्या सम्हाल्न सक्ने अगुवा चाहिन्छ र जो अगुवापनको जिम्मेवारी बाँडचुँड गर्नुपर्छ भनेर सचेत छन्। तर सबै भन्दा धेरै हामीलाई त्यस्तो मण्डली चाहिन्छ जुन हरेक परिस्थिहरूमा प्रोत्साहनको श्रोत बन्दछ। 


एक अगुवाले जिम्मेवारी साझा गर्छन:
प्रस्थान १८ अध्यायमा मोशाले जिम्मेवारी बाँडफाँड गरेर परिचालन गर्छन। जसमा उनले योग्य र इमान्दार मानिसहरूलाई  हजार-हजारका अगुवा, सय-सयका अगुवा, पचास-पचासका अगुवा र दश-दशका अगुवा बनाए र उनीहरुलाई ती मानिसहरुको मुद्धामामिला मिलाउने, तिनीहरुलाई डोर्याउने, अगुवाई गर्ने, व्यवस्थित गर्ने जिम्मेवारी सुम्पिए। 
हेनरी फोर्ड, "एकसाथ आउनु भनेको सुरुवात हो; सँगै रहनु प्रगति हो; सँगै काम गर्नु सफलता हो।"
नहेम्याहले कामलाई व्यवस्थित गर्न सकिने खण्डहरुमा विभाजन गरे मानिसहरुलाई परियोजनाको व्यक्तिगत स्वामित्व दिए। व्यक्तिगत परिवारहरुलाई उनीहरुको घरको छेउमा पर्खाल पुननिर्माण गर्ने काम दिएर, उनले ती सबैलाई पर्खालको पुनर्निर्माणमा व्यक्तिगत हिस्सा दिए।
नहेम्याह ३:२८-२९
"अश्व ढोकाको मास्तिर पूजाहारीहरूले आ-आफ्नो घरको सामु मरम्मत गरे। तिनीहरूका छेउमा इम्मेरका छोरा सादोकले आफ्नो घरको सामु मरम्मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्याहका छोरा शमायाहले मरम्मत गरे।"

हामी अगुवाहरुले हाम्रो मानिसहरुको वरदानलाई पहिचान गरि ऊ कुन क्षेत्रमा ठिक छ भन्ने कुरा पत्ता लगाउनुपर्छ। 
अगुवापनको सार यो हो कि तपाईसँग दर्शन हुनुपर्छ। तपाईले हचुवाको भरमा अनिश्चित तुरही फुक्न सक्नुहुन्न। - Theodor Hesburg

Comments