आफ्नो गोठालोको वास्ता
२०२१ मा बर्ना ग्रुपले अमेरिकाको मण्डलीहरुको पाष्टरहरुमाझ गरेको एक अध्ययनले १० जनाहरुमध्ये हरेक ४ जना पाष्टरहरुले पुर्नकालिन पाष्टरीय सेवाकाई छोडने गरेको पत्ता लगाएको छ।
- ५६% पाष्टरहरुले सेवाकाई छोडनुको कारण "कामको ठूलो तनाव" बताउँछन
- ४३% पाष्टरहरुले सेवाकाई छोडनुको कारण आफू एक्लो महसुस गरेको बताउँछन
- ३८% पाष्टरहरुले अनेकता,बेमेलका कारण बताउँछन।
एडवर्ड ब्राचरका अनुसार (द वाक अन वाटर सिन्ड्रोम वर्ड, १९८६, पृष्ठ १०९), "एक सामान्य पाष्टरले उसको र उसको विकासको लागि कसैले वास्ता नगर्ने कुरा महसुस गर्दछ।" र ८३% ले बाहिरी मद्दत खोज्नुको सट्टा आफैले आफैलाई सान्तवना दिने प्रयास गर्छ।
कतै तपाईको पाष्टरले त्यस्तै महसुस गर्दैन? के तपाई आफ्नो पाष्टरको वास्ता गर्नुहुन्छ?
एक जना विश्वासी साथीले अर्को इशाई मित्रलाई सोधे, "तपाईको पाष्टरको आँखा कस्तो छ?"
उसले जवाफ दियो, "खै!मलाई त थाहै छैन्। जब पाष्टरले प्रार्थना गर्नुहुन्छ, उहाँ आँखा बन्द गर्नुहुन्छ अनि जब पाष्टरले प्रचार गर्नुहुन्छ,म आँखा बन्द गर्छु।"
तपाईको पाष्टरलाई तपाईको खाँचो छ।
माकेडोनियाको मण्डलीबाट आजको मण्डलीले सिक्नुपर्ने पाठ
प्रेरित पावल २ कोरिन्थी ८:३-४ खण्डमा भन्छन्,
"किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।"
तिनीहरुले आफ्नो दरिद्रता र कठिनाईमा पनि सन्तहरुको निम्ति देखाएको वास्ता
वास्ता केवल विचरा भन्नु मात्र होइन्। हाम्रो प्रेम र वास्ता कार्यमा देखिनुपर्छ।
गलातीमा प्रेरित पावलको आज्ञा वचन सिकाउनेहरुसँग आफ्नो सबै असल कुराहरु बाडँचुड गर्नु
आज मण्डलीले सेवकहरुको निम्ति मुट्ठी नखोलेको कारण धेरै सन्तहरुले सेवाकाई छोडेको यथार्थलाई नकार्न सकिदैन्।
आज सेवकहरुको मन भाँचिदै गइरहेको छ। सेवकहरुको मन सेवाकाईबाट सेलाउँदै गइरहेको छ। हामी धेरैचोटी आफ्नो पाष्टरको आलोचना गरिपठाउँछौं तर हामीसँग आफ्नो पाष्टरको निम्ति घुडाँ टेकेर प्रार्थना गर्ने समय छैन्। हामी आफ्नो मण्डलीको पाष्टलाई अन्य पाष्टरहरुसँग दाँजेर न्याय गर्छौ। हामी भन्छौं, फलानो मण्डलीको पाष्टर त कति असल छ, पढेलेखेको, सबै कुराले सुसम्पन्न, कति सुकिलो, राम्रो गाडि चढछन्, मीठोखाना खान्छन्, आफ्नो मण्डलीको विश्वासीलाई केहि पर्दा पनि झट्टै सहायता गर्छन्। तर हाम्रो पाष्टरमा त त्यस्तो कुनै पनि गुण देख्दैनौं।
फलानोको मण्डलीको पाष्टर सुकिलो छ, गाडि चढछ, सुसम्पन्न छन किनकि त्यो मण्डलीले आफ्नो पाष्टरलाई त्यसरी नै वास्ता गर्छन्।
के तपाईले आफ्नो पाष्टरको त्याग र बलिदानको कदर गर्नुभएको छ?
के कहिल्यै तपाईको पाष्टरले गर्नुभएको त्याग र परिश्रमको निम्ति, रातदिन नभनि सेवाकाईको लागि खटनुभएको निम्ति, आफ्नो परिवारलाई दिनुपर्ने समय बलिदान गरि मण्डलीको निम्ति भागदौड गरेको निम्ति धन्यवाद दिनुभएको छ?
के तपाई आफ्नो पाष्टरको निम्ति प्रार्थना गर्नुहुन्छ?
के उहाँको अवश्यकताहरुको लागि मुट्ठी खोल्नुभएको छ?
पाष्टरहरुले आफ्नो बोलावटलाई पच्छ्याउनको निम्ति ठूलो मूल्य चुकाएको हुन्छ।
मण्डलीले कसरी आफ्नो पाष्टरको वास्ता गर्ने
- आर्थिक रुपमा सहायता गर्ने
हरेक मण्डलीले आफ्नो पाष्टरको आवश्यकताको निम्ति पर्याप्त आर्थिक प्रेम भेटीको व्यवस्था गर्नुपर्दछ।
स्वयम येशू ख्रीष्टको सेवाकाईको निम्ति पनि महिला चेलाहरुले मुट्ठी खोली आर्थिक सहायता गरेको कुरालाई हामी लूकाको पुस्तकमा देख्न सक्छौं। पाष्टरले आफ्नो सारा समय मण्डलीको आत्मिक वृद्धिमा खर्चिने भएकोले बाहिर रोजगारी गर्न सक्दैन्। मैले कति विश्वासीहरूले यसरी भनेको सुनेको छु, "पाष्टरहरुले किन पावलले जस्तो सेवाकाई गर्दैनन्। पावलले त पाल बुन्दै सेवाकाई गरेका थिए।" हो, पाष्टरले व्यापार, काम र जागिर गर्दै सेवाकाई गर्न सक्छन्, नसकिने होइन्। तर यसो विचार गर्नुहोस त
पाष्टरले पैसा गनेको, नाफा र घाटाको हिसाब राखेको, मण्डलीको कुनै विश्वासी शिथिल भएर अस्पतालको ओछ्यानमा लडदै गर्दा मण्डलीको पाष्टर व्यस्त भएको, मण्डलीको आत्मिक उन्नति र वृद्धिको लागि वचन तयार गर्न पाष्टरसँग समय नभएको असल हो कि आफ्नो बगालको हेरचाहको निम्ति पाष्टर सधैं हरेक परिस्थिहरूमा उपस्थित भएको, परमेश्वरको वचन प्रचारमा प्रखर, सेवासंगतीको निम्ति सधैं उपलब्ध, विश्वासीको निम्ति समय छुट्याउने पाष्टर।
पाष्टरले आफ्नो बोलावटको निम्ति धेरै थोकहरुलाई त्याग गरेको हुन्छ।
यी दुई पाष्टरमध्ये तपाई आफ्नो मण्डलीको निम्ति कुन पाष्टर चाहनुहुन्छ?
- पाष्टरको बोझमा सहभागी हुनुहोस्।
आज मण्डलीलाई कोरहजस्तो होइन तर हूर र हारुनजस्तो पाष्टरको बोझलाई बोकिदिने विश्वासीहरुको खाँचो छ।
जब पाष्टर एक्लैले सबैतिर भ्याउनुपर्ने र सबै जिम्मेवारीहरुला सम्हाल्नुपर्ने हुन्छ, यसले पाष्टर छिट्टै थकित हुन्छ। जब हामी पाष्टरको बोझमा सहभागी हुन्छौ, पाष्टरले आफ्नो निम्ति ताजगी हुने समय, पारिवारिक समय, व्यक्तिगत समय पाउँछ, जसले गर्दा ऊ स्वफुर्तिकासाथ सेवामा लागिरहन सक्छ। मण्डली सेवाकाई चाहिँ एकल ब्यान्ड होइन्। एकल ब्यान्ड हेर्नमा मनोरंजनात्मक देखिएतापनि यसले उत्पादन गर्ने ध्वनि सिमित हुन्छ। पाष्टरले एकल ब्यानडमा जस्तो सबै वाद्यवाद्यनहरू आफैले बजाउनु हुँदैन।
हामी डेमासजस्तो चेला हुनुहुँदैन जसले प्रेरित पावललाई उनको अन्तिम अवस्थामा त्यागेका थिए। डेमासले पावलसँग धेरै वर्ष एकसाथ काम गरेका थिए। उनी पावलका विश्वासपात्र सहकर्मी थिए। उनले पनि "यस वर्तमान संसार(युग)लाई प्रेम गरी मलाई त्यागेर अन्तै गए।" (२ तिमोथी ४:१०) भनी पावलले तिमोथीलाई पत्र लेखे। डेमासले आफूलाई त्यसरी त्यागेको कुरा पावलले चित्त दुखाई आँखाभरि आँशु बोकेर तिमोथीलाई भनेको हुनपर्छ।
- पाष्टरको लागि प्रार्थना गर्नुहोस्।
तपाईको पाष्टरलाई तपाईको प्रार्थनाको खाँचो छ। पाष्टर पनि एक्लो हुन्छन्, उनीहरुलाई पनि प्रार्थना,उत्साह अनि प्रोत्साहनको खाँचो हुन्छ। यदि तपाईले आफ्नो पाष्टरको लागि कहिल्यै प्रार्थना गर्नुहुन्न भने तपाईसँग पाष्टरको कुरा काट्ने अधिकार पनि छैन्।
१९७५ मा जब डेरेक प्रिन्सले आफ्नी श्रीमती लिडियालाई गुमाइन तब उनको विदाईमा डेरेक प्रिन्स भक्कानिएर रुन थाले र अन्तमा उनले भने, "म मेरी श्रीमतीलाई गुमाएको कारण रोइरहेको छुइन तर मलाई यति धेरै माया गर्ने मानिसहरु छन भनेर मैले कहिले महसुस गरिन। मेरो हरेक उत्तारचढावहरुमा मलाई साथ दिनुभएकोमा म सदैव कृतज्ञ छु।"
- पाष्टरले गर्नुभएको सेवा, बलिदान र लगानीको कदर गर्नेहोस्।
तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेताउनी दिन्छन्, तिनको आदर गर, र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। १ थेसलोनिकी ५:१२-१३
आफ्नो पाष्टरको आदर गर्नुहोस र उनीहरुको सेवाको कदर गर्नुहोस्। जब तपाईले आफ्नो पाष्टरलाई धन्यवाद दिनुहुन्छ, उनले गरेको सेवाको निम्ति तपाई कति कृतज्ञ हुनुहुन्छ भनेर जताउनुहुन्छ यसले तपाईको पाष्टरलाई अझै बढि र राम्रो गर्नलाई उत्साह मिल्नेछ। धेरै विश्वासीहरूले आफ्नो पाष्टरको कमजोरीको आलोचना गर्छन्। ओहो! कति अल्छि लाग्दो वचन... खै! हाम्रो पाष्टर त कहिले उभो लाग्दैन...हाम्रो पाष्टर त पढेका पनि छैनन्... यस्तो शब्दहरुले एउटा पाष्टरको हृदय कति दुख्छ होला। यदि हामीले पाष्टरको कमिकमजोरी औल्याउन र आलोचना गर्न खर्चिने समय उनीहरुको निम्ति प्रार्थना गर्न खर्चिने हो भने ती कमजोरीहरु हुनेछैन।
जब चार्ल्स स्पर्जनलाई सेवाकाईमा उनको महान सफलताको सोधियो तब उनले भनेका थिए, "किनकि मेरा मानिसहरुले मेरो निम्ति प्रार्थना गर्छन्।"
पाष्टरीय सेवाकाई सहज छैन्।
हामी युटुबमा विभिन्न प्रचारकहरुलाई सुन्छौं, विभिन्न सेवाकाई देख्छौं, कसैले मान्छे उमारेको, कसैले मान्छे पछारेको अनि पाष्टरको आलोचना गर्दै भन्छौं, "खै!हाम्रो पाष्टरले त त्यस्तो सेवाकाई नै गर्न सक्दैन्।
https://www.facebook.com/KR-
Subscribe to our youtube Channel:
https://youtube.com/channel/

Comments
Post a Comment