दिनु (Giving)

 दिनु (Giving)



१९९४ मा जब ६७(सरसट्ठी) वर्षिय सिकर्मी रसल हर्मनको मृत्यु भयो, तब उनले सबैजनालाई चकित पार्ने आफ्नो अन्तिम इच्छा छाडे। उनले विभिन्न क्षेत्रको लागि ठूलो रकम दानमा छाडेका थिए। पूर्वी सेन्ट लुइस शहरको लागि दुई अर्ब डलरभन्दा बढि, इलिनोइस राज्यको लागि अर्को अर्ब, राष्ट्रिय वन प्रणालीको लागि साढे दुई अर्ब र त्यसमाथि पनि  हर्मनले राष्ट्रको ऋण तिर्न भनेर सरकारलाई ६ खर्ब डलर छाडेका थिए। यो सुन्दा अचम्मको उदारता लाग्न सक्छ, तर त्यहाँ एउटा सानो समस्या थियो - हर्मनको मृत्यु हुँदा उनको एउटै सम्पत्ति पुरानो मोबाइल फोन मात्र थियो। 

के रसल हर्मनले दियो त? के उनको दिवाईलाई दिनु मान्न सकिन्छ? सकिदैन्। 

मटर टेरेसा भन्छिन," यदि तपाईलाई नचाहिने दिनुहुन्छ भने त्यो दिनु होइन्।"

उद्धारपूर्वक दिने कुरामा बलिदान समावेश हुनुपर्छ। 

"जसले सजिलै फ्याँकिदिने कुरा दिन्छ, उसले उदारता बिना नै दिन्छ; किनकि उद्धारताको सार आत्म-त्यागमा छ।" - सर हेनरी टेलरी

प्रियहरु! दिनुचाहिँ गुमाउनु होइन्। दिनुचाहिँ लगानी गर्नु हो। किनकि बाइबलले भन्दछ, हामीले जे रोप्छौं त्यसैको कटनी पनि गर्छौं। 

मार्टिन लुथर भन्छन्, "मैले चिजहरु मेरो हातमा राख्ने प्रयास गरें र ती सबै गुमाए, तर मैले जे परमेश्वरको हातमा दिए त्यो अझै पनि म सँग छ।"

एक पटक फिलाडेल्फियाको एक जना इशाईलाई सोधियो, कसरी उसले प्रभुको कामलाई यति धेरै दिन सक्छ र अझै पनि यति धेरै धनको उनी मालिक छन्। उनले जवाफ दिए, "यो निक्कै सजिलो छ, जुन बेल्चाले म उहाँलाई दिन्छु, त्यहि बेल्चाले उहाँले मलाई फिर्ता दिनुहुन्छ। फरक यति छ कि उहाँको बेल्चा मेरो भन्दा ठूलो छ।"

यसकारण बाइबलले भन्दछ, 

"देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।" लूका ६:३८


पैसा र सेवाकाईको बारेमा पाँच भ्रामक मिथ्याहरु

१.मिथक : एक सच्चा आत्मिक इशाईले पैसाको कुरा कहिल्यै पनि गर्नुहुन्न। 

पैसाको विषयमा प्रचार नगर्नु वा कुरा नगर्नु आत्मिकता होइन्। 

सत्यता: एक विश्वासयोग्य इसाईले निरन्तर पैसाको विषयमा कुरा गर्छ

बाइबल पैसा र पैसासँग सम्बन्धित विषयले भरिएको छ। बाइबलमा पैसा र पैसाको प्रबन्धबारे दुई हजार पटक भन्दा बढि उल्लेख गरिएको छ। हितोपदेशको पुस्तक यी शिक्षाहरुले भरिएको छ। येशूले सबैभन्दा बढि पैसाको विषयमा कुरा गर्नुभयो। उहाँको ३८ वटा दृष्टान्तहरुमध्ये १६ वटा पैसाको बारेमा छ। सुसमाचारहरुमा प्रत्येक दश पदमा एक पद पैसाको र सम्पत्तिसँग सम्बन्धित छन् - (२८८ पदहरु)। 

यदि परमेश्वरले उहाँका मानिसहरुसित पैसाको प्रबन्ध गर्ने र दिने कुरा गर्नु महत्वपूर्ण ठान्नुभयो भने, उहाँको वचनको यी भागहरु अनदेखा गर्ने हामीसँग अधिकार छैन। 


२ मिथक: हामी धनबिना ठूलो सेवाकाई निर्माण गर्न सक्छौं। 

जब हामी परमेश्वरको महिमाको निम्ति ठूलो र प्रभावकारी सेवाकाई निर्माण गर्ने सपना देख्छौं, तब त्यो पुरा हुनका निम्ति पैसा अनिवार्य आवश्यक हुन्छ। 

सत्यता: परमेश्वरले सेवाकाईलाई पैसासँग जोडनुभएको छ। 

यदि हामी दिनमा पछि पर्छौ भने, सेवाकाई खडा गर्न सक्दैनौं। यो जीवनको सत्यता हो। बिना पैसा सेवाकाई टिक्दैन। परमेश्वरले पैसालाई सेवाकाईको विस्तारसँग जोडनुभएको सत्यतालाई पुष्टि गर्ने धेरै वटा उदाहरणहरु बाइबलमा छन्।

मोशाले पवित्रस्थान बनाउनका निम्ति भेटी संकलन गर्नु परेको थियो (प्रस्थान ३५:४-९, २०-२९, ३६:१-७)। रोचक कुरा चाहिँ मोशाले इस्राएलीहरुलाई भेटीको रुपमा जथाभावी कुनै पनि थोक नल्याई तिनीहरुको भेटी सठिक हुनुपर्ने आज्ञा दिए। तिनीहरुले भेटीमा सुन, चादिँ, काँसा, नीलो, वैजनी, रातो धागो र मसिनो सूती कपडा,र बाख्राको भुत्ला, बबुलको काठ र तेल आदिइत्यादी। यी थोकहरुले मुद्राको काम गर्ने भएको कारण यसको संकलन आवश्यक थियो। 

मन्दिर बनाउनका निम्ति दाऊद र सोलोमनले पैसा संकलन गर्नुपरेको थियो (१ इतिहास २८-२९)। 

येशू ख्रीष्टलाई समेत सेवाकाईमा महिला चेलाहरुले आर्थिक सहयोग गरेका थिए (लूका ८:१-३)। 


३ मिथक: मेरो मण्डलीको आर्थिक जिम्मेवारी मेरो होइन्। 

मण्डलीको आर्थिक बोझमा हरेक विश्वासी सदस्यको सहभागीता हुनुपर्छ। 


प्रियहरु!! आज म तपाईसँग दिने विषयमा कुरा गर्नेछु र अबको केहि हप्ता हामी यहि विषयलाई चर्चा गर्नेछौं। हामी कति जनालाई पैसाको विषयमा प्रचार सुन्दा गाह्रो, असजिलो र मननपर्न सक्छ तर प्रियहरु! चिन्ता नगर्नुहोस, म तपाईको पैसाबारे कुरा गर्नेछैन। म त परमेश्वरको पैसाबारे कुरा गर्नेछु। किनकि हामीसँग त पैसा नै छैन.....हामीसँग भएका जेजति छन सबै परमेश्वरकै हुन। होइन र?

जब हामी यो सत्यतालाई बुझ्छौं, हामी स्वतन्त्रत हुन्छौं र उद्धारपूर्वक हृदय खोलेर दिन सक्छौं। 


तपाईको सबै पैसा परमेश्वरको हो - भजन.२४:१

"पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्।"

मेथोडिस्ट मण्डलीको महान संस्थापक जोन वेस्लीको धनसम्पत्तिबारे यस्तो धारणा थियो, जुन हामीले विचार गर्न लायकको छ। जब तिनले आफ्नो घर आगोले नष्ट भएको सुने, तब तिनले भनेको थियो, "मेरो निम्ति एउटा जिम्मेवारी घटयो।"

यो धारणाद्धारा हामी जिउनुपर्छ। 

एक आविष्कारकको दृष्टिकोण:

यसको विषयमा विचार गरौं। तपाईलाई कसले बनायो?तपाईलाई तपाईको मन,शरीर, योग्यताहरु कसले दियो?तपाईको स्वास्थ्य खराब हुदाँ कोसँग प्रार्थना गर्नुहुन्छ?

मानिलिनुहोस तपाई एक आविष्कारक हुनुहुन्छः त तपाई यस्तो मेशिन बनाउनुहुन्छ जसमा प्लाष्टिक राखेपछि त्यसले आफै विभिन्न खेलौनाहरु बनाउँछ। ती खेलौनाहरु के मेशिनको हुन्छ?के मेशिनले उत्पादन गर्ने सबै खेलौनाहरु तपाईको हुँदैन र?

भजन.१३९:१३-१६

कतिपटक हामीलाई दिन गाह्रो हुन्छ। जब दंशाश दिने समय हुन्छ, हामीमा हाम्रो विभिन्न आवश्यकताहरुबारे सोच्न थाल्छौं... 

"हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं" भनी तिमीहरूले मनमा सोचौला। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ।" व्यवस्था ८:१७-१८

हामी केवल भण्डारे मात्रै हौं। 

योसेफ एक असल भण्डारेको उदाहरण 

योसेफको कथामा हामी देख्न सक्छौ जसरी पोतीफरले योसेफलाई आफ्नो घरको मुख्य कारिन्दा अर्थात भण्डारे तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा दिए त्यसरी नै परमेश्वरले उहाँको सम्पत्तिहरु तपाईलाई सुम्पनुहुन्छ। अब यदि तपाई परमेश्वरले उहाँको अझ धेरै सम्पत्तिहरु तपाईलाई सुम्पिउन भन्ने चाहनुहुन्छ भने १ कोरन्थी ४:२ ले भन्छ, "....यो आवश्यक छ,कि भण्डारहरु विश्वासयोग्य ठहरिनुपर्छ।"

हाम्रो दिवाईले आशिष ल्याउँदछ। 

डेभिड गुडम्यान लेख्छन्, "एकपटक मैले धनप्रति परमेश्वरको दृष्टिकोणको बारेमा सिकाइरहेको थिएँ र मेरो मण्डलीको एक जना धनाढ्य व्यक्तिले मलाई भन्यो, परमेश्वरलाई आफ्नो कमाईको दंशाश दिनु तपाईलाई सजिलो छ, किनकि तपाईले धेरै पैसा कमाउनुहुन्न। तर मैले के गर्ने? म यति धेरै कमाउँछु, कि मैले कमाएको दशांश दिनुपर्यो भने मलाई धेरै घाटा लाग्छ!"

"त्यसकारण मैले उनलाई भने, हो! परमेश्वरलाई यति धेरै पैसा दिन एकदमै गाह्रो हुन्छ। त्यसो भए हामी यसो गरौं न जब म तलब बुझ्छु मेरो सबै तलब म तपाईलाई दिन्छु। अनि जब महिना मर्छ तपाईको कमाई जति सबै मलाई दिनुहोस्। त्यसो गर्दा तपाईले परमेश्वरलाई धेरै दिनु पर्दैन र म परमेश्वरलाई धेरै दिनु पर्ने बोझ सहनेछु। 

दिनु जति महत्वपूर्ण छ त्यति नै हामी कसरी अथवा कस्तो हृदयकासाथ दिन्छौं भन्ने महत्वपूर्ण छ। हाम्रो दिवाईले परमेश्वरको आदर हुनुपर्छ। हाम्रो पाष्टरले भनेको कारण हामी दिदैनौं तर हामीले परमेश्वरलाई प्रेम गर्छौं यसकारण दिन्छौं। हामीले हृदयबाट चाहने व्यक्तिलाई हामी सबैभन्दा उतम थोक दिन चाहन्छौं। 

(Illustrations)आफ्नो आमा र बुबालाई फिर्ता दिने छोरी। 

हामी जति नै आत्मिक भएतापनि यदि दिने कुरामा पछि छौं भने हामीले धेरै आशिष गुमाउनेछौं।

Comments