याकूबको पत्र - भाग ६

 याकूबको पत्र

 याकूब ३:१-१२



याकूब १ अध्याय : कसरी सतावटप्रतिको हाम्रो प्रतिक्रियाले आत्मिक परिपक्वता विकास गर्छ
याकूब २: कसरी अरुप्रतिको हाम्रो व्यवहार र कामद्धारा आत्मिक परिपक्वता प्रकट हुन्छ
याकूब ३ : कसरी जिब्रोको प्रयोगबाट आत्मिक परिपक्वता प्रमाणित हुन्छ 

१. भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ। 
यो खण्ड पढदा विरोधाभास जस्तो सुनिन्छ। हिब्रूका लेखकले पनि भन्छन्, "किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो....।" हिब्रू ५:१२
त्यसो भए याकूब किन यहाँ शिक्षक नहुने सुझाव दिन्छन्? 
यस समयमा त्यहाँ धेरै स्व-घोषित शिक्षकहरु जन्मिरहेका थिए। याकूब यस खण्डमा कोहि पनि शिक्षक बन्नु हुँदैन भन्ने सुझाव दिइरहेका छैनन्। तर शिक्षकहरुले आफूले सिकाउने शब्दहरुको वजन र यसको शक्तिशाली प्रभावबारे सचेत हुनुपर्छ किनकि शब्दहरु शिक्षण सेवकाईको मुटु हो। अविश्वसनीय जिब्रो हुनु भनेको सिकाइएकाहरुको लागि विनाशकारी नमुना प्रदान गर्नु हो। 
शिक्षक शब्दको निम्ति प्रयोग भएको ग्रीक शब्द डिडासक्यालोस (didaskalos) जसको अर्थ रब्बी अर्थात मालिक हो। प्राचिन समयमा मालिकको दर्जा उच्च हुन्थे। शिष्यहरुले आफ्नो जीवन नै आफ्नो मालिकलाई अर्पण गरिदिन्थे। 

A master was revered like an Old Testament judge, as these examples illustrate:

1. A rich young ruler came to Jesus and said, “Teacher, what good thing must I do to inherit eternal life?” (Matt. 19:16). He was saying, “Jesus, I recognize you as a Master in the law. Please judge my law-keeping performance.”

2. Another man said to Jesus, “Teacher, tell my brother to divide the inheritance with me” (Luke 12:13). The man was saying, “Jesus, I recognize you as a Master in the law. Please judge my case for me.”

3. The law-experts and Pharisees brought a woman caught in adultery to Jesus and said, “Teacher, the Law says stone her. What do you say?” (John 8:4-5). They were saying, “Jesus, apparently you’re an expert in the law. Prove it by judging this woman.”

यो मण्डलीमा निक्कै आवश्यक भुमिका हो र परमेश्वरले विशिष्ट मानिसहरुलाई यसको बोलावट दिनुहुन्छ (१ कोरन्थी १२:२८; रोमी १२:७; एफिसी ४:११)। शिक्षकहरु मण्डलीमा अन्य इशाईहरुलाई परमेश्वरको वचन स्पष्ट पार्न मदत गर्ने भूमिकामामा हुन्छन्। शिक्षकहरुको काम विशेष गरी, अगमवाणी गर्नु वा परमेश्वरबाट नयाँ प्रकाश र सत्यहरु प्रकट गर्नु होइन। बरु तिनीहरुको जिम्मेवारी प्रकट भएको वचनलाई सिकाउनु, बुझाउनु, बगाललाई वचनमा निर्माण गर्नु, र सहजिकरण गर्नु हो। 
प्राचिन समयमा चिनियाँ चिकित्सक र एक्युपंक्चर विशेषज्ञहरुले जिब्रो हेरेर स्वास्थ्य समस्याहरु छन वा छैनन् भनी निर्धारण गर्थे। आज पनि प्राय चिकित्सकहरुले शरीरको अवस्था बुझ्नलाई जिब्रो जाँच्ने गर्छन। जिब्रो सामान्यतया न्यानो, गुलाबी रातो र ओसिलो हुन्छ। यस भन्दा जिब्रोको फरक अवस्थाले स्वास्थ्य समस्या छ भन्ने कुरालाई सुचित गराउँछ। 
यो आत्मिक यथार्थको पनि दृष्टान्त हो। हाम्रो मुखबाट निस्कने कुरा सामान्यतया हाम्रो हृदयको स्वास्थ्यको सहि सुचक हुन्छ। हाम्रो जिब्रोबाट हामी कस्तो शब्दहरु बोल्छौ, कस्तो कुराहरु गर्छौं, हाम्रो हृदयको अवस्था त्यस्तै छ। यसकारण ख्रीष्टले भन्नुभयो, "किनभने हृदयमा भरिएका कुराहरु नै मुखबाट निस्कन्छन्।" मत्ती १२:३४
शिक्षकको भूमिकालाई हल्का रुपमा लिन हुँदैन। 

२. किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।
"किनकि" शब्दले अघिल्लो खण्डलाई जोड्ने कार्य गर्दछ। शिक्षकहरु सिकाउने व्यक्ति भएकाले स्वभाविक रुपमा धेरै बोल्छन र बोल्दै गर्दा धेरै भूलहरु पनि गर्छन। हामी सबै जना जिब्रोलाई वशमा राख्ने कुरामा चुक्छौ। तर जसरी ख्रीष्टले आफ्नो बोलीमा कुनै भूल गर्नुभएन त्यसरी नै हामी उहाँलाई पछ्याउँदै हरेक दिन परिपक्वतातर्फ लम्किनु पर्छ। 
सिद्ध अर्थात परिपक्व : परिपक्व मानिसले आफ्नो जिब्रोलाई वशमा राख्न जानेको हुन्छ। जसले जिब्रोलाई नियन्त्रण गर्न जानेको हुन्छ उसले सम्पूर्ण शरीरलाई नियन्त्रण गर्न सक्छ। बाइबल विशेषज्ञहरु  यसको दुईवटा सन्दर्भ रहेको बताउँछन्। मौनतामा जिब्रोलाई नियन्त्रण गर्नु अर्थात चुप लाग्नु र आवश्यक परेको बेला सहि तरिकामा सहि शब्दहरुद्धारा बोल्न नियन्त्रण गर्न सक्षम हुनु। 
कति वटा समयहरुमा हामी चुप बस्नुपर्ने हुन्छ भने कति वटा समयमा बुद्धिमता रुपमा बोल्नुपर्ने हुन्छ तर यी दुवै अवस्थाहरुमा जिब्रोलाई वशमा राख्नु अति आवश्यक हुन्छ। 

३. यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं। 
याकूबले रोमी सेनाहरुका शक्तिशाली घोडाहरु देखेका थिए र सायद रथ दौडका कथाहरु सुनेका थिए। 
४. हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ। 

घोडा र जहाजलाई निर्देशित गर्नको लागि लगाम र पतवर दुवैले विपरीत शक्तिहरूमाथि विजय हासिल गर्नुपर्छ। घोडा एक शक्तिशाली जनावर हो तर यदि यसलाई निर्देशित गर्न सकेको खण्डमा मात्र यसले धेरै उपयोगी काम गर्न सक्छ। लगामबिनाको घोडा अनियन्त्रित हुन्छ र जोखिमपूर्ण हुन्छ। एक जहाज अधिक सरसामान वा मानिसहरु ढुवानीको लागी एक उपयोगी माध्यम हो, तर यदि पतवार भाँचिएको छ भने, यो हावा र छालहरुको फन्दामा पर्छ, र जीवन र सरसमानको हानि भई जहाज भंग हुन सक्छ। राम्ररी काम गर्न र राम्रो चीजहरू पूरा गर्न, दुवै लगाम र पतवार एक बलियो हातको नियन्त्रणमा हुनुपर्दछ जसले तिनीहरूलाई कसरी प्रयोग गर्ने भनेर जान्दछन्। त्यसै गरी, जिब्रोले शरीरको विपरित शक्तिलाई जित्नै पर्छ र यदि कुनै राम्रो काम गर्ने हो भने परमेश्वरको बुद्धिमानी नियन्त्रणमा हुनुपर्छ।

हितोपदेश १२:१८ ले भन्छ, "असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।" कल्पना गर्नुहोस् कि आज यहाँ हामी सबैले म्यानमा राखेको, धारिलो, दुईधारे तरवार बोकेर मण्डलीमा आएका छौँ। तथ्य के हो भने, हामी सबैको मुखमा एउटा धारिलो, दुईधारे तरवार छ! हामीले त्यसलाई चोट दिन होइन निको पार्नको लागि ठूलो सावधानीका साथ प्रयोग गर्नुपर्छ।
हितोपदेशमा जिब्रोको अन्य धेरै सन्दर्भहरू छन्। उदाहरणका लागि (१६:२४), "मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ।" यदि हामी सबैले हितोपदेश बारम्बार पढ्यौं र यसको बुद्धिमा ध्यान दियौं भने, हामी हाम्रो घर र हाम्रो चर्चमा मिठास र उपचारको स्रोत हुनेछौं!

५. त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। 
६. जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ! 

यदि जिब्रोलाई नियन्त्रण नगर्ने हो भने यो निक्कै विनाशकारी सावित हुन सक्छ। जिब्रोले सम्बन्धहरु सल्काइदिन्छ। जब हाम्रो बोलीले हामी कसैको हृदय दुखाउँछौ, त्यसको नमिठो असर जीवनभर रहन सक्छ। यसकारण हामीले जथाभावी बोल्नु हुँदैन। हाम्रो बानी कस्तो हुन्छ भने हामी जथाभावी अरुलाई चोट पुग्ने गरि बोल्छौ अनि बादमा भन्छाै 'मनमा नलिनु है। मेरो त बोली नै यस्तो छ। रिसमा केके बोली पठाउँछु केके।" यो सबै भन्दा ठूलो अपरिपक्वताको चिन्ह हो। सबैभन्दा लाजमर्दो कुरो। तपाईको बोलीले कसैको हृदयमा चोट पुग्छ अनि तपाई यसलाई ठट्टाको रुपमा लिने सुझाव दिँदै हुनुहुन्छ। कति असुहाउँदो। 
हितोपदेश २६:१८-१९
त्यो अगुल्टा वा घातक काँड़ हान्ने बौलाहाजस्तो हो, जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, "मैले त ख्यालख्याल मात्रै गरेको थिएँ!" 
ब्रुस वाल्टके राइले, "मुर्खको जिब्रो आफ्नै घाँटी काट्न पर्याप्त छ। "
जिब्रोले सम्पूर्ण व्यक्तिलाई मात्र भ्रष्ट बनाउँदैन, यसले आगो लगाउँछ र जीवनभर विनाश पनि गर्छ। लापरवाह शब्दहरूले सम्बन्धलाई नष्ट गर्छ र जीवनलाई बर्बाद गर्दछ। हामीले भावनालाई चोट पुर्याउँछौं र सम्बन्ध बिगार्न सक्छौं। हामीले आफ्नो जिब्रोले आफ्नो जीवनलाई पनि चोट पुर्याउँछौं। हामी सबै प्रकारका समस्यामा फस्छौं किनभने हामी "बोल्नमा धीमा" हुँदैनौं (१:१९)। जिब्रोले पूरै शरीरलाई प्रदूषित गर्छ भनी याकूबले भनेको देख्नुभयो? हामीले हेर्नु पर्छ कि हाम्रो जिब्रोले हामीलाई भ्रष्ट गरिरहेको छ! हामीले बोलेका शब्दहरूले हाम्रो हृदयलाई भ्रष्ट बनाउँछ। फोहोर, असभ्य भाषा बोल्दा हामीले हाम्रो मन र सोचलाई भ्रष्ट बनाईरहेको हुन्छाैं। यो याकूबको मूख्य बुँदा हो। जिब्रोले शरीरलाई नियन्त्रण गर्छ। जब हाम्रो जिब्रो गलत र फोहोर हुन्छ र ईश्वरीय र शुद्ध हुँदैन, तब हाम्रो शरीरले पनि यसलाई पछ्याउछ। जब हामी गफ गर्छौं र दुर्भावनापूर्ण शब्दहरू बोल्छौं, तब हामी कालो हृदय भएका कुरूप मानिसहरू बन्छौं। जब हामी मानिसहरूको निन्दा गर्छौं हामी हाम्रो चिसो हृदयलाई उजागर गर्दैछौं। हाम्रा शब्दहरूले हाम्रो हृदयलाई अँध्यारो पार्छ र हाम्रो आत्मामा दाग दिन्छ।
हितोपदेश १५ः४ (NNRV)
निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। 
यस खण्डमा याकूबले नरकलाई जनाउन ग्रीक शब्द गिहेना प्रयोग गरेका छन्। गिहेनाको अर्थ "हिन्नोमको उपत्यका" हो। पुरानो नियममा, यरुशलेमको दक्षिणी बाहिरी भागमा रहेको यस स्थानमा मालोखका यहूदी पुजकहरुले यस देवतालाई प्रसन्न पार्न आफ्ना छोराछोरीलाईहरुलाई बलिदानको रुपमा जलाउँथे (यर्मिया ३२:३५)। पछि त्यो स्थानमा फोहोर, अपराधी र जनावरहरुको मृत शरीर जलाइन्थ्यो। यस स्थानमा निरन्तर आगो जल्ने गर्थ्यो। याकूबको अर्थ शैतान आफैले दुष्ट जिब्रोमा आगो लगाइदिन्छ।
१ पत्रुस ३:१०
किनकि, "जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। 

७. हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ। 
८. तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। 
अनियन्त्रित जिब्रो सबैभन्दा डरलाग्दो र विनाशकारी हुन्छ। 

एकदिन जोन वेस्ली कहाँ एक महिला आइन र भनिन कि उनलाई थाहा छ कि उनको वरदान के हो र उनले भनिन, "मलाई लाग्छ कि मेरो मनमा लागेको कुराहरु सहजै बोल्ने मेरो वरदान हो।" वेस्लीले जवाफ दिए, "मलाई लाग्छ तपाईले त्यो वरदानलाई गाडनुभयो भने परमेश्वर रिसाउनुहुन्न।" 

दिमाग र मनमा आउने सबै कुरा बोल्नु मूर्खतापूर्ण र विषाक्त बोली हो। ख्रीष्टले भन्नुभएको शब्दहरुलाई नियाल्न आवश्यक छ, "म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।' किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।" मत्ती १२:३६-३७

९. यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं। 
१०. एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। 
११. के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र? 
१२. मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।  

प्रेरित पावल पनि भन्छन्, "तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।" एफिसी ४:२९

Comments