भविष्यको सामना
A man is walking along when suddenly he got his foot caught in some railroad tracks. He tried to get it out, but it was really stuck in there well. He heard a noise and turned around to see a train coming. He panicked and started to pray, “God, please get my foot out of these tracks and I’ll stop drinking!”
Nothing happened, it was still stuck, and the train was getting closer! He prayed again, “God, please get my foot out and I’ll stop drinking AND swearing!”
Still nothing…and the train was just seconds away! He tried it one last time, “God please, if you get my foot out of the tracks, I’ll quit drinking, swearing and smoking.” Suddenly his foot shot out of the tracks and he was able to dive out of the way, just as the train passed. He got up, dusted himself off, looked toward Heaven and said… “Thanks anyway God, I got it myself.”
Nothing happened, it was still stuck, and the train was getting closer! He prayed again, “God, please get my foot out and I’ll stop drinking AND swearing!”
Still nothing…and the train was just seconds away! He tried it one last time, “God please, if you get my foot out of the tracks, I’ll quit drinking, swearing and smoking.” Suddenly his foot shot out of the tracks and he was able to dive out of the way, just as the train passed. He got up, dusted himself off, looked toward Heaven and said… “Thanks anyway God, I got it myself.”
"निडरतासाथ भविष्यको सामना गर्नुहोस्।"
अनभिज्ञताले डर ल्याउँछ तर परमप्रभुमाथिको भरोसाले स्थिरता ल्याउँछ। परिवर्तन र उत्तारचढाव जिवनको पाटो हुन तर हरेक परिस्थितिमा परमप्रभु हाम्रो साथमा हुनुहुन्छ भन्ने कुराले साहस मिल्छ। तपाई एक्लो हुनुहुन्न। तपाईको भविष्य परमेश्वरको हातमा सुरक्षित छ।
विगतबाट सिक्नु तर विगतमै नअल्झिनु।
परमेश्वर हामीलाई विगतभन्दा असल भविष्य दिन चाहनुहुन्छ। यस साल परमेश्वरले हाम्रो निम्ति प्रशस्तै आशिष साँचेर राख्नुभएको छ।
"हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरु त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरु बनाउँदैछु।" यशैया ४३:१८-१९
यो सत्य हो कि हामी भविष्यप्रति अनभिज्ञ छौं। हाम्रो भविष्य अनिश्चित छ।
म्याक्स लुकाडोले पनि यसरी भनेका छन्, "परमेश्वरले यात्रा सजिलो हुनेछ भनेर कहिल्यै भन्नुभएन, तर उहाँले गन्तव्यको आगमन सार्थक हुनेछ भन्नुभयो।"
भोली के हुनेछ हामी जान्दैनौं तर हामी यस कुरामा ढुक्क छौं कि चाहे जे सुकै होस् परमप्रभु हाम्रो साथमा हुनुहुनेछ। उहाँ हाम्रो ढाल भई हामीलाई हातहातै थाम्नुहुनेछ। उहाँ हामीलाई बचाउन तयार हुनुहुन्छ। अनिश्चितताले भरिएको भविष्यलाई डर र निराशाकासाथ होइन तर हामीले परमेश्वरमाथिको भरोसाद्धारा सामना गर्नुपर्छ।
"नयाँ साललाई नयाँ जोश र उमङ्गका साथ आत्मामा नयाँ भई सामना गर्नुहोस। "
जोन वेस्ली, "यो अन्तिम वर्ष होस वा नहोस्, यो मेरो जीवनको उत्कृष्ट वर्ष होस्।"
प्रेरित पावल भन्छन्, "आफ्ना भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरुपमा साँचो धार्मिकता र पवित्रतामा नयाँ सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।" एफिसी ४:२३-२४
परमेश्वरले तपाई र मलाई नयाँ साल दिएर नयाँ अवसर र नयाँ जीवन दिँदै हुनुहुन्छ।
प्रियहरु! परमेश्वरले यो ८१ साल हामीलाई खाली पानाको रुपमा दिँदै हुनुहुन्छ, यसमा कस्तो कथा लेख्ने यो तपाईमा नै निर्भर छ। यस पानामा तपाई विजय, सफलता, आनन्द र उपलब्धिहरुको कथा लेख्न सक्नुहुन्छ अथवा हार, नैराश्यता, असफलता, तित्तताका कथा लेख्न सक्नुहुन्छ।
नयाँ सालले नयाँ सुरुवात ल्याउँदछ। मिश्रबाट उदेककपूर्ण रुपमा छुटकारा पाएर प्रतिज्ञाको देशतिर प्रस्थान हुनुभन्दा ठिक अघि, परमप्रभुले मोशालाई भन्नुभयो कि निस्तार चाडको महिना नै नयाँ सालको पहिलो महिना हुनेछ। त्यसकारण, पहिलो महिनाको पहिलो दिन, सालको सुरुवात, बाइबल अनुसार वसन्तमा हो।
"यो महिनाचाहिँ तिमीहरुका निम्ति महिनाहरुको सुरु, वर्षको पहिलो महिना हुनेछ।" प्रस्थान १२:२
प्राचिन समयमा, राष्ट्रहरुले पानीको पहिलो वर्षा भएपछि कृषि चक्र (agricultural cycle) अनुसार आफ्नो वर्षलाई सुरु गर्थे। तर अन्य मानिसहरुको विपरित परमेश्वरले इस्राएलीहरुलाई तिनीहरुको समय तालिका फरक हुने कुरा बताउनुभयो।
कृषि चक्र वरिपरि पात्रो निर्धारण गर्नुको सट्टा, परमेश्वरले उहाँको मुक्तिको महान कथाबाट वर्षको सुरुवात गर्नुहुन्छ जसलेे क्रूसमा येशूको रगतद्धारा प्रदान गरिएको उद्धारको पूर्वचित्रण गर्दछ।
निसानको त्यो पहिलो महिनामा निस्तार - चाडको थुमाको रगतद्धारा सम्पूर्ण इस्राएल राष्ट्रलाई दासत्वबाट मुक्त गरिएको थियो।
तिनीहरु सबैले विश्वासका साथ भाग लिए र परमप्रभुले भन्नुभए बमोजिम उहाँको निर्देशन पालना गर्दै हरेकले थुमाको रगतमा हिसपको झुप्पा चोप्दै ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्यापे।
जसरी त्यस दिन ढोकाको माथिल्लो भाग र खम्बामा छ्यापेको रगतले इस्राएलीहरु बाँचे, क्रूसमा काठको ठाडो र तेर्सो फलकहरुमा बगेको ख्रीष्टको रगतले सारा जगतलाई बचायो। मृत्यु हारेको छ, दासत्वको बन्धन तोडिएको छ, तपाई र मेरो निम्ति ख्रीष्टले नयाँ सुरुवात ल्याइदिनुभएको छ।
विभिन्न दुविधा, डर र त्रास, अनिश्चितता र शत्रुहरुको भयबिच उनीहरुले परमेश्वरमा विश्वास गर्दै नयाँ सालमा प्रवेश गरे।
४३० वर्ष लामो दासत्वको जीवन जिउँदै गर्दा उनीहरुको धारणा, विचार, जिउने तौरतरिका, रहनसहन सबै एउटा दासको जस्तै भइसकेको हुनुपर्छ। उनीहरु कुनै समय आफ्नो राष्ट्रमा स्वतन्त्र नागरिक थिए भन्दा कथाजस्तो लाग्थ्यो होला अनि मोशाले परमप्रभुले मलाई तिमीहरुलाई दासत्वबाट छुटाउन, तिमीहरुलाई स्वतन्त्र गराउन, तिमीहरुकै देशमा फर्काएर लान पठाउनुभएको हो भन्दा ठट्यौली गरेको जस्तो लागेको हुन सक्छ।
हामी पनि विगत लामो समयदेखि समस्याग्रस्त जीवन जिएको कारण, हरेक दिन हार, नैराश्यता, तिक्तता र असफलतालाई देखेका कारण, शैतानको पासोमा फसेको कारण, जीवनको अस्तव्यस्ततामा लामो समयदेखि जिएको कारण, अन्धकार समयलाई अनुभूति गर्दै आएको कारण यो नयाँ साल के नै होर, के नै हुन्छ र, यो त आउँछ जान्छ, यसले के नै परिवर्तन गर्छ र भन्ने लागिरहेको हुन सक्छ तर प्रियहरु! त्यस्तो अनिश्चितताको बिचमा पनि इस्राएलीहरुले पूर्ण रुपमा परमप्रभुमाथि भरोसा गरेका कारण ४३० वर्ष लामो दासत्वको जुवा भाँचियो।
भजनकर्ताले भन्दछ, "आफ्नो प्रशस्तताले वर्षलाई तपाईले मुकुट पहिराउनुहुन्छ...। " भजन. ६५:११
नयाँ साललाई प्रतिबद्धताका साथ सामना गर्नुहोस्।
It's not about calender, it's about you and your commitment
नयाँ साल चाहिँ पात्रोबारे होइन तर नयाँ साल चाहिँ तपाई र तपाईको प्रतिबद्धता बारे हो।
नयाँ व्यक्ति हुन, परिवर्तन र सुधारको लागि नयाँ साल नपर्खनुहोस्। जबसम्म तपाईसँग समय छ, हरेक दिन तपाईको लागि मौका छ। हरेक दिन परमेश्वरको कृपा नयाँ गरि तपाईमा झरिरहेको छ।
तपाईको समयलाई नियन्त्रण गर्नुहोस् र यसलाई डकैती हुनबाट बनाउनुहोस्। बुद्धिमान बन्नुहोस्।
"के तपाई जीवनलाई माया गर्नुहुन्छ? त्यसोभए समय खेर नफाल्नुहोस्, किनकि यसैद्धारा जीवन बनेको छ।" - बेन्जामिन फ्रैंकलिन
- नयाँ साल दोस्रो मौका हो। तपाई नयाँ व्यक्ति बन्न सक्नुहुन्छ :
गलातीको मण्डली बडो दुविधामा थिए; कुन र कस्तो नियम पालना गर्ने, इशाई हुनको लागि के गर्नुपर्छ भन्ने चिन्ता थियो। पावल भन्छन्, "....तर नयाँ सृष्टि नै सब थोक हो।" गलाती ६:१५
समस्या चाहिँ त्यहाँ धेरै मानिसहरु छन् जो परमेश्वरले तिनीहरुलाई नयाँ बनाउनुभएको चाहन्छन, उनीहरु क्षमा पाउन चाहन्छन्, तिनीहरु अनुग्रह अनुभव गर्न चाहन्छन्, परमेश्वरको कृपा र आशिष चाहन्छन्, तिनीहरु जीवनमा परमश्वरबाट अचम्म र उदेकको कार्य चाहन्छन, राम्रो जागिर चाहन्छन, जीवनमा उन्नति र प्रगति चाहन्छन् तर तिनीहरु परिवर्तन चाहिँ हुन चाहँदैनन्। तिनीहरु हिजो जस्तो थिए आज पनि त्यस्तै हुन्छन्। उनीहरुको व्यवहार, जीवनशैली र आत्मिक स्तरतामा कुनै परिवर्तन देखिँदैन।
जबसम्म हामी भित्रबाटै परिवर्तन हुँदैनौ तबसम्म भित्ताको पात्रो फेरिन्छ तर जीवन जस्ताको त्यस्तै नै रहन्छ।
लूका ५ अध्यायमा येशूले एउटा कथा बताउनुभयो। उहाँले यस कथामा कसरी नयाँ दाखमध पुरानो छालाको मशकमा राख्नु हुँदैन भनि बताउनुभयो।
अब हामीले बाख्राको थैलीबारे केहि कुरा थाहा पाउनुपर्ने हुन्छ। ख्रीष्टको समयमा मानिसहरुले दाखमधलाई छालाको थैली जस्तो देखिने मशकमा राख्थे। मशकमा रहँदा दाखमध fermentation को प्रक्रियामा जान्छ र यसले मशकको छालालाई तन्काउछ र यो दाखमधको लागि उपयुक्त हुन्छ। तर यदि तपाईले नयाँ दाखमधलाई पहिले नै तन्किसकेको मशकमा राख्नुभयो भने यो तन्किएर फुटछ र तपाईको दाखमध नष्ट हुन्छ।
तपाई पुरानै जीवन जिएर नयाँ हुन सक्नुहुन्न। परमेश्वरले तपाईलाई चाहनुभए अनुसार नयाँ बनाउन सक्नुहुन्छ तर यदि तपाई पुरानै समस्याग्रस्त जीवनमा बारम्बार फर्किरहनुहुन्छ, पुरानै कुराहरुलाई मन पराउनुहुन्छ, पुरानै जीवनशैलीलाई अपनाइरहनुहुन्छ भने तपाई त्यहि पुरानै समस्याहरुमा अल्झिनुहुनेछ।
परमेश्वर हामी नयाँ भएको चाहनुहुन्छ, तर नयाँ जीवन पाएको पनि चाहनुहुन्छ।
एक युवक नयाँ सालको पार्टीमा थिए। उनले आफ्नो साथीलाई चुरोट माग्छ। उसको साथीले भन्छन, "तिमीले त नयाँ सालबाट धुम्रपान छोड्ने संकल्प गरेको थियौं-होइन र?।"
युवकले जवाफ दिन्छ, "हो, तर म धुम्रपान छोडने प्रक्रियाको पहिलो चरणमा छु। "
साथी अचम्म मान्दै पुन सोध्छ, "के हो नि पहिलो चरण?यो पहिलो चरणमा के गर्ने गरेका छौँ? ।"
युवकले जवाफ दिन्छ, "मैले चुरोट किन्न छोडेको छु। "
२ कोरन्थी ५:१७

Comments
Post a Comment