ख्रीष्टमस के हो?

 Why Christmas? 


ख्रीष्टमस के हो?  




  • अवतार (Incarnation) : मानवतामा ईश्वरको प्रवेश

परमेश्वर मानवको स्वरुपमा पृथ्वी आउनुभयो। सुसमाचारको यूहन्नामा यसरी लेखिएको छ, "आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो..... वचन देहधारी हुनुभयो।" यूहन्ना १:१,१४


Why did God have to came as flesh?

किन परमेश्वर शरिरमा आउनुभयो? 

ख्रीष्टमसको पहिलो प्रतिज्ञा उत्पत्ति ३:१४-१६ मा मानिसलाई होइन तर शैतानलाई गरिएको थियो। पृथ्वीको अधिकार परमप्रभुले मानिसलाई दिनुभयो (उत्पत्ति १:२६)। मानिस को हो? हिब्रूमा मानिसलाई Ish भनिएको छ जसको अर्थ आत्मिक प्राणी हो। यसकारण मानिस एक आत्मिक प्राणी हो जो शरीरभित्र वास गर्दछ। यस मानिसलाई परमेश्वरले सारा पृथ्वीको अधिकार दिनुभयो। यसकारण पृथ्वीमा कार्य गर्न आत्मा र शरीरको संयोजन हुनुपर्ने भयो। अब ध्यान दिनुहोस्, परमेश्वरले मानिसलाई वचन दिइसक्नुभयो कि तँ मानिसले मात्र पृथ्वीको अधिकार गर्नेछस्। यसको अर्थ परमेश्वर भन्दै हुनुहुन्थ्यो यदि म स्वयम पनि पृथ्वीमा कार्य गर्न चाहन्छु भने तँ आधिकारिक मानिस मार्फत मात्र कार्य गर्नेछु भनि वचन दिनुभयो। 

शैतानलाई यो कुरा थाहा थियो यसकारण शैतानले पशुहरुमध्ये सबैभन्दा धुर्त सर्पको शरीरलाई धारण गरेर मानिसलाई फसायो र परमेश्वर र मानिसबिच ठूलो खाडल ल्याइदियो। 

 तब परमेश्वरले शैतानलाई भन्नुहुन्छ, "तेरो र स्त्रीको बिचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्चयाउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।" उत्पत्ति ३:१५

यहाँ परमेश्वरले शैतानलाई भन्नुभयो, 'शैतान तँलाई थाहा छ कि म अहिले हस्तक्षेप गर्न आउन सक्दिन किनकि मैले मानिसलाई पृथ्वीको अधिकार दिइसके र म आफ्नो वचनलाई सबै कुराभन्दा माथि राख्छु। म मेरो वचनमा टल्ने छैन र कहिल्यै अविश्वासयोग्य ठहरिनेछैन भन्ने तँलाई थाहा थियो किनकि कुनै समय तँ मेरै सिंहासनको हिस्स थिइस।तर म तँलाई प्रतिज्ञा गर्दछु समय पुरा भए पछि म आधिकारिक रुपमा पवित्र शरीरमा पृथ्वी आउनेछु। म मेरो पवित्र शरीरलाई क्रूसमा बलिदान दिएर तेरो शिर कुच्चयाउनेछु अर्थात तँ बाट अधिकार खोसेर पुन मानिसलाई दिनेछु।' यसकारण पनि उहाँ कुमारी मरियमको कोखबाट जन्म लिनुभयो। मानिसको रगत नै पापले भरिएको हुँदा उहाँ निष्खोट र पवित्र हुन मरियम पवित्र आत्माद्धारा गर्वभती भइन। एउटा शिशु आमाको कोखमा हुर्कदै गर्दा पनि त्यस शिशु र आमाको रगतको कुनै सम्पर्क हुदैँन कति अचम्म र उदेकको कुरा। परमेश्वरले यी सबै कुराहरुलाई आकार दिनु हुँदै गर्दा उहाँ आफैलाई सोचिरहनुभएको थियो। यो सबै पहिले नै योजना बनाइएको थियो। 

हामी धेरै पटक बालकले जस्तो आदम हव्वाले फल खाँदा परमेश्वरले त्यहि समय किन रोक्नलाई हस्तक्षेप गर्नुभएन भन्ने खालका अनुचित प्रश्नहरु सोधिरहेका हुन्छौं तर हेर्नुहोस त ती उत्पत्तिका जम्मा तीन खण्डहरुमा यति गहिरा रहस्यमय कुराहरु घटिरहेका थिए। 

 यी सबैका बाबजुद परमेश्वरले हामीलाई बचाउने र प्रेम गर्ने निर्णय गर्नुभयो। उहाँ मानवको रुपमा यस धर्तीमा जन्म लिनुभयो। 

"हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ," जसको अर्थ हो, "परमेश्वर हामीहरूसँग।"  मत्ती १:२३

Immanuel : 

Im: in (भित्र) 

Man: mankind (मानव) 

El: Elohim (God)/ परमेश्वर

मानवको शरीरभित्र परमेश्वर

परमेश्वर स्वर्ग छोडी मानवको रुपमा पृथ्वी आउनुभयो।    

  • ​अनन्तता समयमा प्रवेश हुनु 
  • ​सृष्टिकर्ता सृष्टिमा प्रवेश गर्नु 
  • ​जीवन मृत्युमा प्रवेश गर्नु
  • ​अनुग्रह अपमानमा प्रवेश 
  • ​परमेश्वर मानवमा प्रवेश गर्नु 
  • ​स्वर्ग पृथ्वीमा प्रवेश गर्नु

ख्रीष्टमसले के सन्देश दिँन्छ?

  • येशुख्रीष्ट परमेश्वर हुनुहुन्छ। 
  • ​परमेश्वर पृथ्वीमा आउनुभयो। 
  • ​हामी परमेश्वरप्रति जवाफदेहि छौं। 
  • ​हामीले उहाँको वचन र शिक्षाप्रति प्रतिक्रिया दिनैपर्छ
  • हामीले व्यक्तिगत रुपमा ख्रीष्टलाई पछ्याउनै पर्छ। 
  • हामी उहाँको वचन र कानुनप्रति समर्पित हुनैपर्छ। 



आज मात्र ख्रीष्टमसको विरोध भएको होइन। मानवजातीले आशा गुमाएको छ। 

यशैया ७:१३

परमेश्वरको धैर्यताको परीक्षा 

परमेश्वरको धैर्यता सिद्धिएको छ तर दण्डको साटो उहाँले हामीलाई प्रेम गर्ने र स्विकार्ने निर्णय लिनुभयो। 



किन संसारलाई ख्रीष्टमस आवश्यक छ? 


लूका १:३५

स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, "पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। 



- पृथ्वीलाई मदतको खाँचो छ। 

यस्तो लाग्छ कि संसारको हरेक प्रणाली, हरेक सरकार, हरेक संस्कृति, हरेक शक्ति असफल भएको छ। हामी एउटा समस्यालाई समाधान गर्न खोज्छौं तर त्यहि समाधानले अर्को तीनवटा समस्या उत्पन्न गर्दछ। जब हामी समाचार सुन्छौं युद्ध, लडाइँझगडा, हत्या, चोरी लुटपाट, बलात्कार, जातीय हिंसा, अनैतिकता, अराजकता मात्र हामी सुन्न पाउँछौ। संसार भद्रगोल र अस्वस्थ अवस्थामा छ। यो निको पारिनुपर्छ र यसलाई मदतको खाँचो छ। 


- संसारलाई बाहिरी शक्तिको मदतको खाँचो छ। 

संसारको समस्याको हल संसारबाटै निस्कन सक्दैन। हाम्रो समाधानहरुले त अरु बढि समस्या निम्त्याएको छ। मानिसले आफ्नाहरुलाई बचाउन बम बनाए जसले अरु हजारौं लाखौंको ज्यान गयो। हामीले हरेक प्रणाली र सरकारलाई समस्या हल गर्न भरोसा गर्यौ तर त्यसले अझै बढी अशान्ति र अराजकता मच्चिएको छ। हामीले राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, कम्युनिस्ट, कांग्रेस, माओएस्ट, आदि सबै चहार्यौ तर समस्या ज्युकात्यु। 


- मानिसको समाधान संसारबाट आउन सक्दैन। 

पृथ्वीको समस्याको समाधान पृथ्वीबाट हुँन सक्दैन। हाम्रो एउटा समाधानले अरु थप समस्या उत्पादन गरेको छ। 

मानिसको सबैभन्दा ठूलो भुल भनेको सृष्टिकर्तालाई नभएर सृष्टिमाथि भरोसा गर्नु हो। पृथ्वी परमेश्वरको सृष्टिमध्येको एक हो। संसारलाई पृथ्वीले बचाउन सक्दैन। मानवजातीको सबैभन्दा ठूलो शत्रु मानिस आफै हो यसकारण मानवजातीको पहिलो आवश्यकता येशु ख्रीष्ट हुनुहुन्छ। संसार यति बिघ्न भद्रगोल र अराजकताले भरिनुको कारण स्वयम हामी आफै हौं। हामीले न्युक्लिएर हतियार जस्ता भयानक र डरलाग्दा हातहतियार बनायौं जसले एकै निमेषमा लाखौंको ज्यान लिन सक्छ अनि हामी परमेश्वरलाई प्रश्न गर्छौं, 'प्रभु तपाई त असल हुनुहुन्छ त्यसो भए किन संसार दुष्टताले भरिएको छ? किन शान्ति छैन? किन युद्ध-लडाँई प्रभु? के यो तपाई इच्छा हो?' 

के परमेश्वरले बनाउनुभएको पृथ्वी असल थिएन र? अवश्य पनि असल थियो। असललाई खराब बनाउने त मानिस नै हो। 

यसको सबैभन्दा ठूलो दोषी र जिम्मेवार स्वयम मानिस आफै हो। यसकारण मानिसको समाधान मानिसबाटै हुन सक्दैन। उसलाई परमेश्वरको आवश्यकता छ। 


- संसारलाई स्वर्गीय अगुवापन र सरकारको खाँचो छ। 

यशैया अगमवक्ता भन्छन्, "किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना बालकको  जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काधँमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।" यशैया ९:६

येशु ख्रीष्टले पनि आफ्नो पहिलो सार्वजनिक प्रचारमा भन्नुभयो, "पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। " मत्ती ४:१७

अनि उहाँले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो, "हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ....तपाईको राज्य आओस।" मत्ती ६:९

संसारको अन्तिम आशा भनेको स्वर्गीय राज्य र अगुवापन हो। 

Luke 2:10

Christ : anointed king 

- संसार र मानिसलाई उद्धारको खाँचो छ। 

मानिसको वास्तविक खाँचो भनेको उद्धार हो किनकि मानिस आफैलाई बचाउन सक्दैन। जबसम्म उसले पापबाट उद्धार पाउँदैन उसले जति नै उपलब्धि हासिल गरेतापनि, ऊ जहिँ पुगे तापनि, ऊ भित्र साँचो शान्ति र आनन्द हुँदैन। येशु ख्रीष्टले भन्नुभयो, "अब अनन्त जिवन यहि हो, कि तिनीहरुले तपाईं एकमात्र सत्य परमेश्वरलाई चिनुन र तपाईले पठाउनुभएको येशू ख्रीष्टलाई चिनिन।" यूहन्ना १७:३


- संसारबाट शान्ति आउन सक्दैन तर संसारमा शान्ति आउन सक्छ। 

आज येशु ख्रीष्टलाई भलै नचिन्ने मानिसहरुमा पनि ख्रीष्टमसलाई लिएर एक किसिमको आनन्द र उमंग हुनुको कारण चाहिँ कहि न कहि आफ्नो जीवनको अशान्ति, वर्तमान परिस्थिति, अराजकता, सरकारको असफलतालाई देख्दै गर्दा कोहि हुनुहुन्छ बाहिरी शक्ति जो मानवजातीलाई बचाउन सक्नुहुन्छ भन्ने आशा छ। 


- सृष्टिकर्ता आफ्नो सृष्टिलाई प्रेम गर्नुहुन्छ। 

परमेश्वर आफ्नो सृष्टिलाई पछ्याउनुहुन्छ। धेरै मानिसले ईश्वरलाई खोज्न र पछ्याउन चाहन्छ तर परमेश्वर मानिसलाई यति प्रेम गर्नुहुन्छ कि उहाँले हामीलाई खोज्नुभयो र भेट्टाउनुभयो। उहाँ त्यो गोठालो हुनुहुन्छ जो ९९ भेँडालाई छाडी हराएको एक भेडालाई खोज्न निस्कनुहुन्छ र नभेटाएसम्म निरन्तर खोजिरहनुहुन्छ। उहाँ हामी जस्तो अयोग्य मानिसलाई खोज्न तल ओर्लिआउनुभयो। यो भन्दा बढी खुसीको खबर अरु के हुन सक्छ र? 


हाम्रो लागि ख्रीष्टमसको के अर्थ छ? 

- हामी आफैबाट बँच्न सक्छौं। 

- अब हामी स्वर्गबाट मदत प्राप्त गर्न सक्छौं। 

- हामी संसारको सरकारको अधिनतामा छैनौं।  

- हामी हाम्रो समस्याहरुमाथि विजयी हुन सक्छौं। 

- हामी एक्लो छैनौं। 

- परमेश्वर हामीसँग हुनुहुन्छ। 

Romans 8:31

Matthew 4:37

Comments

Post a Comment