प्रभु-भोजको सुन्दरता
एउटी सानी केटीले आफ्नी ठूली दिदिलाई सोधिन्, "दिदि, तपाईंले मासु पकाउनुअघि किन टुक्रा पार्नुहुन्छ?"
दिदिले उनलाई मासुले मसलालाई अझ राम्रोसँग शोषेर स्वाद थप्ने सोचेर टुक्रा पारेको बताइन्, तर सायद उनले आमालाई सोध्न भन्छिन किनभने उनले त्यसो गर्न आमाबाट सिकेकि थिइन्।
त्यसैले सानी केटीले आमाकहाँ गएर सोधिन्, "आमा, तपाईं र दिदिले मासु पकाउनु अघि किन काट्नु हुन्छ?"
उनकी आमाले एक छिन सोचिन र जवाफ दिइन्, "मलाई लाग्छ कि यसले मासुलाई कोमल रहन मदत गर्छ र मासुलाई रसिलो हुने गरि भिजाउँछ, तर तिमी किन आफ्नी हजुरआमालाई सोध्दैनौं? आखिर, मैले उनीबाट सिकें, र उनले सधैं त्यसै गरिन्।
सानी केटी अलि हतास भइरहेकी थिइन्, तर हजुरआमाको काखमा चढेर सोधिन्, "नाना, किन मासु पकाउनुअघि त्यसलाई टुक्रामा काट्नुहुन्छ?" नानाले जवाफ दिए, "मैले त्यसो गर्नुपर्यो; किनकि मेरो खाना पकाउने भाँडो त्यति ठूलो थिएन।"
१ कोरन्थी ११:२३-२६
किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,
र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।”
त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
प्रेरित पावलले यहाँ प्रभु-भोजको विषयमा आधारभूत कुराहरु सिकाउनुको कारणचाहिँ कोरिन्थका विश्वासीहरुले बिर्सेका थिए कि यो तिनीहरुको आफ्नै भोज नभएर प्रभु-भोज थियो। तिनीहरुले प्रभु-भोजलाई एक सामान्य भोजको रुपमा हेरेका थिए। त्यहाँ सेवा पछिको संगती भोजनको समयमा प्रभु-भोज लिइने गरिन्थ्यो। सेवा सकिएपछि खाना खाँदै गर्दा प्रभु-भोज लिने चलन हाम्रो लागि असुहाउँदो देखिन्छ तर कोरिन्थका विश्वासीहरुले त्यसै गरिरहेका थिए। यसो गर्नुमा कुनै गलत देखिँदैन तर यस संस्कारमा पवित्र श्रद्धा देखिँदैन। वास्तवमा, जबसम्म प्रभु-भोज लिने समय हुन्थ्यो, संगती भोजमा ल्याइएको दाखमद्यले धेरै जना मातिसकेका हुन्थे (१ कोरन्थी ११:२१)। मानिसहरुले आफ्नो खाना एक-अर्कासँग बाड्दैन थिए यसकारण कोहि टन्न खान्थे त कोहि भोक्कै हुन्थे। यसकारण पावलले सबैभन्दा पहिले कोरन्थीका विश्वासीहरुलाई येशूलाई विश्वासघात हुने रात उहाँले प्रभु-भोजलाई कसरी स्थापना गर्नुभएको थियो भनी सम्झाउन आवश्यक ठाने। त्यसको भोलीपल्ट येशू ख्रीष्ट क्रूसमा झुण्डिनु हुने वाला हुनुहुन्थ्यो। यसकारण कोरिन्थका विश्वासीहरुको पार्टी-उत्सव शैलीको संगती भोजको वातावरण पहिलो पटक प्राप्त भएको प्रभु-भोज अनुरुप थिएन। त्यो रात निक्कै महत्वपूर्ण र गम्भीर अवसर थियो, जसमा येशूले आफ्नो अन्तिम इच्छा र नियम बनाउनुभयो।
कुनै पनि मानिसले आफ्नो अन्तिम इच्छामा आफ्नो प्रियजनहरुलाई विशेष गरि आफ्ना सन्तानहरुलाई आफ्नो विरासत अझ भनौं सम्पत्ति छोडने इच्छालाई जाहेर गरेको हुन्छ।
तर येशू जो एक सामान्य नासरतका कारिगरसँग चेलाहरुलाई अन्तिम इच्छामा छाडने के थियो? उहाँसँग न कुनै जग्गाजमिन थियो न त कुनै सम्पत्ति। येशूसँग दिनलाई एउटै कुरा थियो - स्वयम आफैलाई।
यसकारण येशूले भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो......।” १ कोरन्थी ११:२४
येशूले कुनै पनि कुरा हामीलाई दिनबाट रोक्नुभएन-स्वयम आफैलाई। परमेश्वर पिताले हाम्रो पापको खातिर सबैभन्दा ठूलो मूल्य चुकाउनुभयो अनि त्यो येशू ख्रीष्ट हुनुहुन्थ्यो र येशूले सबैभन्दा बहुमूल्य कुरा गुमाउनुभयो पितासँगको जुदाई। त्यो क्रूस हेर्दा जति सहज र सजिलो देखिन्छ उति सजिलो थिएन।
It cost everything to God when He gave Jesus Christ to us.
जब परमेश्वरले येशू ख्रीष्टलाई हाम्रो खातिर दिनुभयो उहाँले आफैलाई रित्याउनुभयो।
उदाहरण : potluck
अक्टोबर १९७१ मा, इरानका शाहले ६० राजा, रानी र राज्य प्रमुखहरूलाई फारस साम्राज्यको २५०० औं वार्षिक उत्सव मनाउन निम्तो दिए। उत्सवको लागत $100 मिलियन थियो, तर पनि यो अहिलेसम्मको तयार गरिएको सबैभन्दा महँगो टेबिल थिएन। प्रभु-भोज अहिलेसम्म फैलिएको सबैभन्दा महँगो टेबिल हो। यसमा भएका तत्वहरूको लागत धेरै कम छ, तर भोजमा परमेश्वरको पुत्रको जीवन खर्च भएको छ।In October 1971, the Shah of Iran invited 60 kings, queens and heads of state to celebrate the 2,500 years of the Persian Empire. The cost of the celebration was $100 million, but it was not the costliest table ever spread. The communion table is the costliest table ever spread. The elements on it cost very little, but the communion feast cost the Son of God His life.
रोमी ८:३२
जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
धेरै पटक हामी स-साना भौतिक आशिषहरुको पछि दौडिरहेका हुन्छौं। भौतिक आशिष हाम्रो आवश्यकता होइन भन्न खोजिएको होइन तर हाम्रो लागि आशिष भन्दा पनि आशिष दिनुहुने परमेश्वर महत्वको हुनुहुन्छ।
यदि परमेश्वरले आफ्नो सबैभन्दा बहुमूल्य र अनमोल आफ्नै पुत्र त हाम्रो खातिर दिनुभएको छ भने अन्य सानातिना आशिष हामीबाट रोक्नुहुन्छ होला त?
"प्रभु-भोज चाहिँ स्वर्गमा हामीलाई पर्खिरहेको अनन्त भोजको पूर्वाभास हो।"
"प्रभु-भोज त्यो संस्कार हो जसले हामीलाई ख्रीष्टको स्वभावमा रुपान्तरण गर्दछ।"
करार: प्रभू भोज परमेश्वरले मण्डली र यसको हरेक सदस्यहरुसँग गर्नुभएको करारको प्रतिक र चिन्ह हो। प्रभू भोजमा प्रयोग गरिने दुई थोक रोटीले ख्रीष्टको तोडिएको शरीरलाई दर्शाउँछ र दाखरसले हाम्रो निम्ति बगाइएको रगतलाई दर्शाउँछ।
मत्ती २६:२६-२९
प्रभु भोज पवित्र छ र हामीले आफैलाई यसको निम्ति तयार गर्नुपर्छ।
ख्रीष्ट : प्रभू भोज येशू ख्रीष्टको जीवन,मृत्यु र पुनरुत्थानमा संसारको लागि परमेश्वरको प्रेमको पुन:प्रस्तुति हो। जब हामी रोटी र कचौरा लिन टेबिलमा आउँछौ, हामी पापीहरु,कर उठाउनेहरु,वेश्याहरु,कुष्ठरोगी हरु,फरिसीहरु,शास्त्रीहरू र अन्यजातीहरुसँग येशूले रोटी भाँच्नुभएको सम्झन्छौ। हामी ती पाँच हजारको भीडलाई खुवाएको सम्झन्छौ। ख्रीष्टले सबैलाई निम्तो दिनुहुन्छ जहाँ उहाँले आफूलाई हरेकको निम्ति अर्पण गर्नुहुन्छ। प्रभु भोजले ख्रीष्टको बलिदानको स्मरण गराउँछ। उहाँले हामीलाई हाम्रो पापको पश्चाताप गर्न र पृथ्वीमा उहाँसँगै बाँच्न र सेवा गर्न आवश्यक अनुग्रह प्रदान गर्नुहुन्छ।
येशू ख्रीष्टले मण्डलीलाई प्रभु भोज लिने आज्ञा दिनुभयो। प्रेरित पावल भन्छन् "मण्डली एक शरीर हो...।" अर्थात एक जैविक प्रणाली हो, यो अलग-अलग व्यक्तिगत अंगहरुको संग्रह होइन। हामीले बुझ्न आवश्यक छ कि प्रभु भोज सामान्यतयाः एक ठाउँमा भेला भएका मण्डलीहरुद्धारा लिइन्छ, घरमा एक्लै-एक्लै होइन। प्रभु भोज प्रत्येक इशाईले परमेश्वरसँग व्यक्तिगत रुपमा अलग-अलग कुराकानी गर्नु होइन्। हामी एकसाथ भेला हुने कुरा सहजता र सुविधाको लागि मात्र होइन्। हामी यसरी एक साथ भेला हुने कुरा निक्कै आवश्यक र महत्वपूर्ण छ। इशाईहरु एकसाथ आउँछन किनभने परिभाषाद्धारा विश्वासीहरु एकसाथ बाँधिएका हुन्छन। प्रियहरु मण्डली, व्यक्ति होइन, इशाई विश्वास र आस्थाको अपरिवर्तनीय एकाई हो।

Comments
Post a Comment