आत्मिक भोक

 आत्मिक भोक 

Spiritual Hunger

Hungering For God

परमेश्वरको लागि भोकउनु



 "धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू,  किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।" - मत्ती ५:६

यस खण्डमा भोक, तिर्खा र तृप्तको निम्ति येशु ख्रीष्टले तीनवटा महत्वपूर्ण ग्रीक शब्दहरुलाई प्रयोग गर्नुभयो। यी ग्रीक शब्दहरुलाई एकछिन केलाऊ:

- भोक (peinao /पेइनो) : 
भोक शक्तिशाली हुन्छ। इतिहासमा भोकको कारण हजारौँ मानिसहरुले ज्यान गुमाएका छन्। इतिहासका केहि भयानक अनिकालहरुमध्ये १००५ इस्वी संवतको इंग्ल्यान्डको अनिकाल, १७६९ ए.डीमा बंगाल, भारतको अनिकाल जहाँ एक करोड मानिसले ज्यान गुमाए, १८७८ चिनको अनिकाल र ४३६ इसापूर्वमा रोमको महान अनिकाल। रोमले यति भयानक अनिकालको सामना गर्नुपर्‍यो कि हजारौं मानिसहरुले भोकको पिडालाई खप्न नसकेर टाई‌गर नदिमा हाम फालेर आत्महत्या गरे। 
Rome experienced a famine so great (436 B.C.) that thousands in desperation threw themselves in the Tiger River -committing suicide rather starve to death.
खानाको निम्ति तीव्र, उत्कट भोक हुनु। यो त्यहि शब्द हो जुन बाइबलमा मत्ती ४:२ मा चालिस दिनको उपवास पश्चातको येशुख्रीष्टको भोकलाई जनाउन प्रयोग गरिएको छ। चालिस दिनको उपवास पश्चात येशुख्रीष्ट निक्कै भोकाएको हुनुपर्छ। 
जसरी एउटा शरीरलाई प्राकृतिक रुपमा भोक लाग्छ र भोकको आपूर्ति गर्न उसले खानु पर्ने हुन्छ त्यसरी नै आत्मिक भोकको आपूर्तिको निम्ति आत्मिक भोजन खानुपर्ने हुन्छ। 
परमेश्वरको तीव्र चाहना हुनु, उहाँको उपस्थितिमा रहने उग्र इच्छा, र उहाँलाई पूर्ण हृदयले खोज्नु आत्मिक भोक हो। एउटा इशाईमा आत्मिकी भोकोपन छैन भने ऊ आत्मिकी रुपमा तृप्त पनि हुन सक्दैन तर आत्मिकी रुपमा खोक्रो हुन्छ। 
जथाभावी र जे पायो त्यहि खानु हाम्रो शरीरको निम्ति हानिकारक हुन्छ। कतिको धेरै खाने बानी हुन्छ, अनावश्यक रुपमा खाको खाकै गर्नु त्यो पनि राम्रो होइन्। खानु जति महत्वपूर्ण छ, त्यति नै खाने कार्यलाई नियन्त्रण गर्नु महत्वपूर्ण छ। आदम खाएर परिक्षामा फसे। प्रेरित पावलले "क्रूसका शत्रुहरुको ईश्वर तिनीहरुकै पेट हुन्छ" भनी चेतावनी दिएका छन् (फिलिप्पी ३:१८)। 

यसकारण हामीले हाम्रो आत्मिक भोकको पूर्तिको लागि जथाभावी र जे पायो त्यहि खानु निक्कै हानिकारक हुन्छ। ख्रीष्टले भन्नुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।” मत्ती ४:४

- तिर्खा (dipsao/ दिपसाओ): यस शब्दले पनि उत्कट र तीव्र चाहनालाई जनाउँदछ तर यसपटक पानीको निम्ति। यस शब्दलाई यूहन्ना १९:२८ खण्डमा प्रयोग गरिएको छ जहाँ येशू ख्रीष्ट रोमी सेनाहरुद्धारा घण्टौं कोर्राद्धारा पिटिनुभयो र क्रूशमा टाङ्गिनुभयो र त्यस समय उहाँ तिर्खाउनुभयो। प्रियहरु! जब तपाई मरुभूमिमा घण्टौं भौतारिनुहुन्छ, यत्रतत्र तपाईको नजरले भ्याएसम्म रासका रास बालुवा मात्रै देख्नुहुन्छ, जब मरुभूमिको चर्को घामले तपाईको शरीरलाई डढाउन थाल्छ, पानीको एक थोपा पनि पिउन पाउनुभएको छैन, निरन्तर हिडेँर थकित हुनुभएको छ, तब तपाई सबैभन्दा बढि के कुराको इच्छा गर्नुहुन्छ? तपाईको बलियो चाहना के को निम्ति हुनेछ? अवश्य पनि पानीको निम्ति। पानी बाहेक तपाई अरु केहि पनि सोच्न सक्नुहुन्न। तपाई पानी र सुन्दर वस्त्रको विषयमा इच्छा गर्नुहुन्न। तपाईको तीव्र चाहना पानी र पैसा हुँदैन। केवल पानी मात्र। 
आत्मिक तिर्खा चाहिँ मरुभूमिमा तपाईले केवल पानीको लागि मात्र उत्कट इच्छा गर्नुभए जस्तै केवल परमेश्वरको निम्ति मात्र तिर्खाउनु हो।
भजनकर्ता भन्छन्, "जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ,  त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ। मेरो प्राण परमेश्‍वरको निम्‍ति,  जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ।  म कहिले गएर परमेश्‍वरलाई भेटूँ?" भजन. ४२:१-२

- तृप्त (Chortazo/ कोरटाजो) : यस शब्दको अर्थ मोटो पशु हो जसकहाँ प्रशस्त घाँसपात, साउला, पराल र अन्य थोकको आपूर्ति छ। यसको मतलब आवश्यक सबै थोक हुनु हो। भोक र तिर्खालाई जनाउने दुवै ग्रीक शब्द वर्तमान क्रियामा छ जसको अर्थ हामीमा परमेश्वरप्रतिको आत्मिक भोक र तिर्खा निरन्तर भइरहनुपर्दछ र उहाँले हामीलाई तृप्त पार्नुहुनेछ। 

परमेश्वरको वचन : आत्मिक भोजन
अहिले हामीलाई वचन पनि चटपटा किसिमको मनपर्छ। वचनलाई भन्दा बढी चमत्कारलाई मन पराउँछौं, वचनलाई भन्दा बढी अगमवाणीलाई मन पराउँछौं, वचनलाई भन्दा बढी चङ्गाईलाई मन पराउँछौं। हो, हामीलाई चमत्कार, चङ्गाई, सांगीतिक आराधना कार्यक्रम, अगमवाणी चाहिन्छ।म कदापि यसको विरोधमा छुइनँ। तर यी कुराहरुले तपाईको आत्मिकी भोकोपनलाई तृप्त पार्न सक्दैन, तपाईको हृदयलाई तृप्त पार्नुहुने चाहिँ स्वयम परमेश्वर हुनुहुन्छ। तपाईको जीवनलाई भरपुर पार्नुहुने चाहिँ ख्रिष्ट मात्र हुनुहुन्छ।
येशूले भन्‍नुभयो  “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन। यूहन्ना ६:३५
यसकारण बाइबलले भन्दछ, "किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?" मर्कूस ८:३६
ब्लेजी पास्कल यसरी भनेका छन्, "हरेक मानिसको हृदयमा ईश्वरको आकारको खाली ठाउँ हुन्छ जुन कुनै पनि सृष्टिको थोकहरुले भर्न सक्दैंन, तर केवल परमेश्वरले।"
परमेश्वर आत्मा हुनुहुन्छ र मानिसको आत्मिक भोकलाई उहाँले मात्र सन्तुष्ट गर्न सक्नुहुन्छ। 
यदि मानिसले परमेश्वर प्राप्त गरेको छैन, उसले संसारको सबै थोक प्राप्त गरेर पनि ऊ आत्मामा खाली नै हुनेछ। 

खँदिलो भोजन:
यूहन्ना ४:३४
येशूले तिनीहरूलाई भन्‍नुभयो,  “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।

आत्मिक भोकलाई कसरी आपूर्ति गर्ने:

- परिश्रम : हामीले आत्मिक भोजन जुटाउन मेहेनत गर्नुपर्ने हुन्छ। 


The story is told that a young man came to the famous Greek philosopher Socrates and told him he wanted knowledge. So the philosopher told the young man to follow him. He then led him to ocean and on out into the water. Without warning Socrates grabbed the young man and plunged him beneath the water and held him there until the young man stop struggling. Then Socrates pulled the young man out of the water, gasping for air. Socrates then dragged the young man to the shore and left him on the sand and returned to the marketplace. When the young man recovered he sought Socrates out and asked him why he had tried to drown him. Socrates replied, “When you were under the water what did you want more than anything else.” The young man replied, “I wanted to breathe. I needed air!” Socrates responded by saying, “When you crave knowledge like you crave air, you are ready to be my student.” That is what Jesus was saying about righteousness. Jesus is saying, “Blessed are those whose craving for the things of God are just as intense as the craving for food and water!”

So what is righteousness? To put simply – it is being right with God. Jesus said that the blessed life is the life that is right with God. The soul has its hunger and thirst; those desires were built into man at creation.

Comments