मण्डलीको आर्थिक व्यवस्थापन:


 मण्डलीको आर्थिक व्यवस्थापन: 

मण्डलीले सामना गर्ने प्रमुख चुनौतीहरुमध्ये श्रोतको अप्रभावकारी व्यवस्थापन एक हो। धेरै इशाईहरुले व्यापारव्यवसायहरुले नाफा कमाउनको लागि व्यवस्थापनको सिद्धान्त सामवेश र प्रवर्द्धन गरेजस्तै मण्डलीको प्रशासन र व्यवस्थापनमा यी सिद्धान्तहरुलाई एकीकृत गर्नु गलत हुन्छ भनि भन्छन तर यसको मतलब मण्डलीले आफ्नो श्रोत र साधनलाई जथाभावी प्रयोग गर्न सक्छ भन्ने होइन। मण्डलीको उद्देश्य नाफा होइन तर वृद्धि हुनपर्छ। 
पैसा हाम्रो समस्या होइन, व्यवस्थापन हाम्रो समस्या हो। 
"व्यवस्थापन गर्न नसक्ने कुराको लागि प्रार्थना नगर्नुहोस्। "
परमेश्वरले तपाईलाई त्यहि कुरा दिनुहुन्छ जुन तपाईको व्यवस्थापनको क्षमताभित्र पर्छ। 
हामीले केहि कुरा गुमाउनुचाहिँ हाम्रो दुरुपयोगको परिणाम हो। 


किन मण्डली संकटबाट गुज्रन्छ? 
संघर्ष (struggle) र संकट (Crisis)फरक हो। परमेश्वरले आफ्नो मण्डली वृद्धि होस्, अझ बलियो र शक्तिशाली होस भनी यसलाई समस्या, अभावघटी, विभिन्न सतावटबाट गुज्राउनुहुन्छ। यस्तो समयमा मण्डली संघर्षको बाटो भएर गुज्रिरहेको हुन्छ तर साथसाथै परमेश्वरमा वृद्धि पनि भइरहेको हुन्छ। 
संकट हाम्रो लापरबाही र लोभबाट पैदा हुन्छ। जब मण्डलीमा एउटा अगुवाले आफैलाई सेवक नभएर मालिकको दर्जामा उभ्याउँछ तब छिट्टै ऊबाट परमेश्वरको श्रोतसाधनको दुरुपयोग हुन्छ र मण्डलीमा संकट (crisis) आउन थाल्छ। संकटले मण्डलीमा परिवर्तन र सुधारको (change & reformation) तुरुन्तै आवश्यकता भएको बताउँदछ। यदि त्यहाँ पश्चाताप र सुधारका कुरा हुँदैन भने मण्डली कमजोरीएर शिथिल हुने पक्का छ। 
मण्डलीको सुधार र वृद्धिको निम्ति आवश्यक बाइबलिय तत्व (Biblical Factors):
- बाइबलिय व्यवस्थापनको सिद्धान्त 
- कसरी परमेश्वरको इच्छा अनुरुप उहाँको श्रोतसाधन परिचालन गर्ने? 
- एक असल व्यवस्थापनको गुण र चरित्र 
- मण्डलीले कसरी आत्मिकतासँगै आर्थिकतालाई वृद्धि गर्ने

What caused the crisis?
Cause of crisis is greed.
संकटको कारण लालच हो। 
What is greed (लालच) ? 
"Greed is really the mismanagement of the resources for personal benefits."
आफ्नो व्यक्तिगत फाइदा र स्वार्थको लागि श्रोतलाई दुरुपयोग गर्नु लालच हो। 
When Greedy spirit manipulates resources so that s/he could be ultimate benefits only. 
जब लालची आत्माले आफ्नो फाइदाको निम्ति र आफ्नो  स्वार्थ पुरा गर्न श्रोतसाधनको दुरुपयोग गर्छ, यसले संकट निम्त्याउँछ।
येशूले भन्नुभयो, "किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट....लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌। यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्‌, र मानिसलाई अशुद्ध पार्छन्‌।" - मर्कूस ७:२२
यी सबै कुराहरु एकआपसमा जोडिएको छ। लालची मानिस घमण्डी हुन्छ। लालची र घमण्डी मानिस मूर्ख हुन्छ। 
लूका १२:१५
येशूले भन्‍नुभयो,  “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।”
प्रियहरु! हामी होशियार हुन आवश्यक छ। लालच पत्तो नभइ हाम्रो हृदयमा हुन सक्छ। 

What is management?
व्यवस्थापन के हो? 
परमेश्वरले मानवलाई आफ्नै स्वरुपमा बनाइसक्नुभए पश्वात तिनीहरूलाई आशिष्‌ दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” - उत्पत्ती १:२८
व्यवस्थापन आजको विषय होइन। पहिलो मानवलाई परमेश्वरले दिनुभएको सन्देश व्यवस्थापनको विषयमा थियो। यस खण्डले व्यवस्थापनको तीनवटा पक्षहरुलाई प्रश्तुत गर्दछ:
- परमेश्वरको उद्देश्य पुरा गर्न उहाँको श्रोतको वृद्धि 
- श्रोतसाधनलाई वशमा राखेर त्यसलाई नियन्त्रण गर्ने 

"व्यवस्थापन अथवा प्रबन्धन भनेको अर्को व्यक्तिको सम्पत्ति र श्रोतहरुको प्रभावकारी र सहि परिचालन गर्ने जिम्मेवारी हो जुन सठिक उद्देश्यका लागि अपेक्षित थप मूल्यका ( expected added value) साथ दिइएको हुन्छ। 
- हामी मालिक होइनौं तर केवल व्यवस्थापक मात्रै हौं। 
- हरेक रुपैयाँको उद्देश्य छ। 
- जस्ताको तेस्तै लिएर जान सक्दैनौं। श्रोतको सदुपयोगको जिम्मेवारीसँगै अपेक्षित थप मूल्य (expected added value) आउँदछ अर्थात श्रोतलाई वृद्धि गर्नुपर्ने हुन्छ। 
तोडाको दृष्टान्त :- लूका १९:११-२७

God's strategy :
परमेश्वरको रणनीति :

उत्पत्ति २:४-५
"आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो।  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन
भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।"
परमेश्वरले वृद्धि र प्रगतिलाई अनुमति दिनुभएन किनकि त्यहाँ उहाँले पानी  बर्साउनुभएको थिएन। किन? किनभने त्यहाँ जमिनमा काम गर्ने मानिस थिएन। यहाँ 'काम' शब्दको निम्ति 'एरगन' भन्ने शब्द प्रयोग गरिएको छ जसको अर्थ 'व्यवस्थापन' हो। 
जहाँ व्यवस्थापन छैन त्यहाँ वृद्धि हुँदैन्। 
परमेश्वरले अदनको बगैंचामा वृद्धिलाई अनुमति दिनुभएन किनकि त्यहाँ एक व्यवस्थापकको कमि थियो। परमेश्वरले धनी र गरिब मानिस बनाउनुहुन्न। उहाँले धनी र गरिब चर्च बनाउनुहुन्न। मानिसले आफ्नो श्रोतलाई कसरी परिचालन गर्छ यसको आधारमा ऊ धनी अथवा गरिब बन्दछ। 
वृद्धिको निम्ति त्यहाँ असल व्यवस्थापकको आवश्यकता हुन्छ। तपाईले जे पनि दुरुपयोग गर्नुहुन्छ, त्यो गुमाउनुहुनेछ। 

यस खण्डबाट:
- परमेश्वरले खराब व्यवस्थापकबाट आफ्नो श्रोत बचाउनुहुन्छ। (God protects His resources from bad manager.)
-परमेश्वरले खराब व्यवस्थापकबाट आफ्नो श्रोत रोक्नुहुन्छ। (God withholds resources from bad management.)
- जहाँ खराब व्यवस्थापन छ, त्यहाँ परमेश्वरले वृद्धिलाई अनुमति दिनुहुन्न। (God won't allow growth where there is bad management.)
- परमेश्वर खराब प्रबन्धकले गरेको प्रार्थनालाई कहिल्यै उत्तर दिनुहुन्न। (God will never answer a prayer requested by anyone who is a bad manager.)

व्यवस्थापनले कामको माग गर्छ र धर्मले तपाईलाई आल्छे बनाउँछ। यसकारण इशाईहरुलाई व्यवस्थापन भन्दा बढि चमत्कार मनपर्छ। चमत्कारले व्यवस्थापनलाई रद्ध गर्छ। परमेश्वरलाई चमत्कार मनपर्दैन। स्वयम ख्रीष्टले भन्नुभयो,  “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चमत्कार र चिन्‍ह खोज्‍दछ।" (मत्ती १२:३९) 
परमेश्वरलाई यसकारण चमत्कार मनपर्दैन किनकि यसले व्यवस्थापनको सिद्धान्तलाई रद्द गर्दछ। चमत्कारचाहिँ चिट्ठा जस्तै हो- तपाईले कुनै काम, प्रयास, मेहेनत र परिश्रमबिना प्राप्त गर्न खोज्नु। यसकारण बाइबल जुवाविरुद्ध (gambling)  छ। जुवा खेल्नुचाहिँ कुनै काम र परिश्रम बिना प्राप्त गर्न खोज्नु हो। चिट्ठा/जुवा जस्ता कुराहरु अइश्वरीय हन किनकि यस्ता कुराहरुले कामलाई रद्द गर्छ। 

Comments