राज्य व्यवस्थापनको सिद्धान्त

 राज्य व्यवस्थापनको सिद्धान्त

Kingdom Principle of Management


यदि तपाईसँग भएको थोकलाई तपाई दुरुपयोग गर्नुहुन्छ भने तपाई परमेश्वरसँग माग गर्ने स्थितिमा हुनुहुन्न। 

तपाईसँग भएको थोकलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ भन्ने कुराले तपाईसँग के र कति हुनेछ भन्ने कुराको निर्धारण गर्दछ। 
प्रियहरु! हाम्रो निम्ति यो निक्कै कठोर हुन सक्छ तर परमेश्वरको राज्य भावनामा होइन तर यसको सिद्धान्त र प्रणालीमा कार्य गर्दछ। अवश्य पनि परमेश्वरले तपाईको भावनाको कदर गर्नुहुन्छ तर यदि तपाई परमेश्वरको राज्यको  सिद्धान्त र प्रोटोकललाई पालना गर्नुहुन्न भने तपाईले रोएर आँशु झार्दै गरेको प्रार्थनाले पनि काम गर्नेछैन। यदि हामी हरेक दिन उपवास बस्छौं तर परमेश्वरको वचनलाई लत्याउँछौ भने हाम्रो उपवास व्यर्थको हुन्छ। यसकारण  “व्यवस्थापन” परमेश्वरको राज्यको प्रोटोकल हो। जसले व्यवस्थापनको सिद्धान्तलाई बुझ्छ र यसलाई पालना गर्दछ उसले आफ्नो जीवनमा सफलता, समृद्धि, आशिष र विकासलाई अनुभूति गर्नेछ। 

व्यवस्थापन के हो? 
-Management is the effective use and efficient application of resources 
व्यवस्थापन भनेको श्रोतको प्रभावकारी परिचालन र सदुपयोग
-management is the effective coordination of resources for the successful fulfillment of goals 
व्यवस्थापन भनेको लक्ष्यहरुको सफल पूर्तिको लागि श्रोतहरुको प्रभावकारी समन्वय हो। 
- management is the intentional acceptance of responsibility for the use of resources with the accountability to oneself and to God 's authority 
व्यवस्थापन भनेको परमेश्वरको अधिकारप्रति उत्तरदायित्वका साथ श्रोतहरुको प्रयोगको लागि जिम्मेवारीको स्वीकृति हो। 
- management is the successful fulfillment of stewardship
व्यवस्थापन भनेको भण्डारेको सफल पूर्ति हो। 

पहिलो मानवलाई परमश्वरले पृथ्वी व्यवस्थापन गर्ने आज्ञा दिनुभयो। जब पृथ्वीमा व्यवस्थापन हुँदैन तब यसको धनको परिचालन हुन सक्दैन। वास्तवमा परमेश्वरले हामीलाई प्रशस्त प्राकृतिक धनहरु दिनुभयो र यसलाई अधिकार गर्ने अर्थात यसलाई शासन गर्ने, व्यवस्थापन गर्ने र यसलाई फलवन्त बनाउने आज्ञा दिनुभयो। 
उदाहरण : वास्तवमै नेपाल राष्ट्र प्राकृतिक रुपमै एक धनी देश हो। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा साथै १४ वटा ८ हजार मिटर अग्लो हिमालहरुमध्ये ८ वटा नेपालमा रहेको छ। प्राकृतिले धनी ‌राष्ट्र नेपाल, जलस्रोतमा दोस्रो धनी देश। भनिन्छ नेपालको विद्युत उत्पादन क्षमता ८३००० मेगावाट हो तर जुलाई ‌, २०२१ सम्ममा पनि नेपालले केवल ६०५२ गिगावा‌ट मात्र उत्पादन गरेको थियो।जुन पूर्ण नेपालले बिजुली उत्पादन गर्न सक्ने क्षमताको ७ % मात्र हो। 
वास्तवमा नेपाल गरिब देश होइन। नेपालमा धनको कमि छैन तर असल व्यवस्थापनको कमि छ। हाम्रो देशको उदाहरणले पनि हामी थाहा पाउन सक्छौं, जहाँ असल व्यवस्थापन छैन त्यहाँ वृद्धि र विकास रोकिदँछ। 

#पहिलो पाठ : वृद्धिको निम्ति व्यवस्थापन आवश्यक 
उत्पत्ति २:४-७
“आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो।  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन
भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।
तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे।
तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। ”

हामी यस खण्डमा स्पष्ट रुपमा देख्न सक्छौं, कि परमेश्वरले पृथ्वीमा हरेक उब्जनीको वृद्धि र विकास रोक्नुभएको थियो किनकि त्यहाँ काम गर्ने मानिस थिएन। 
यहाँ उल्लेख गरिएको काम चाहिँ व्यवस्थापन गर्नु, खनजोत गर्नु, उत्पादन गर्नु हो। परमेश्वरले भन्नुभयो जबसम्म म सँग व्यवस्थाप‌क हुँदैन म वृद्धिलाई अनुमति दिनेछैन। 
व्यवस्थापन नभएको ठाउँमा परमेश्वरले वृद्धिलाई अनुमति दिनुहुन्न। 
असल व्यवस्थापनले सधैं समृद्धिलाई आकर्षित गर्दछ। खराब व्यवस्थापनले सधैं गरिबीलाई जन्म दिन्छ। असल र प्रभावकारी व्यवस्थापनले सधैं अझ बढी उत्पादन गर्दछ तर खराब व्यवस्थापनले सधैं अभावलाई उत्पादन गर्दछ। 
तपाईले व्यवस्थापन गर्न नसक्ने थोक तपाईबाट खोसिनेछ।
हामी धेरै जनाले परमेश्वरसँग राम्रो कामको माग गरिरहेका छौं तर परमेश्वरले हेर्दै हुनुहुन्छ कि हामीसँग भैराखेको कामलाई हामीले कसरी व्यवस्थापन गरिरहेका छौं। हामी अझ बढि पैसाको माग गर्छौ तर उहाँ हेर्नुहुन्छ हामीसँग भएको पैसालाई हामीले कसरी सदुपयोग गरिरहेका छौं। 
यदि तपाईसँग भएको श्रोतको तपाई जवाफदेही हुन सक्नुहुन्न  भने परमेश्वरले अझ बढि श्रोत तपाईबाट बचाएर राख्नुहुनेछ। 
वृद्धिको निम्ति नितान्त व्यवस्थापनको आवश्यक हुँदछ। परमेश्वर असल व्यवस्थापक चाहनुहुन्छ।
प्रियहरु! जुन परिवारमा, मण्डलीमा र राज्यमा असल व्यवस्थापक हुँदैन त्यहाँ वृद्धि र विकास हुँदैन किनकि खराब व्यवस्थापकले सधैं श्रोतको दुरुपयोग गर्दछ। 
आज धेरै इशाई परिवार र मण्डलीहरुमा भद्रगोल, गोलमाल र गञ्जागोलको परिस्थिति उत्पन्न हुनाको कारण खराब व्यवस्थापन हो। त्यस्तो वातावरणमा परमेश्वरले वृद्धिलाई अनुमति दिनुहुन्न किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न...(१ कोरन्थी १४:३३)।

# दोस्रो पाठ : हामी व्यवस्थापक/भण्डारे हौं। 
                       वास्तवमा परमेश्वरले मानिस सृष्टि गर्नुको मूल उद्देश्य उहाँको आराधना र प्रसंशा होइन तर व्यवस्थापन ह‌ो। मानिस उहाँको आराधनाको निम्ति नभएर व्यवस्थापनको सृष्टि गरिएको थियो। उत्पत्ति १-२ अध्यायमा आराधना कहि देखिँदैन तर जब द‌‌‌ोस्रो अध्यायमा परमेश्वरले पृथ्वीको व्यवस्थापनको निम्ति एक व्यवस्थापकको आवश्यकता देख्नुभयो तब उहाँले मानिसलाई सृष्टि गर्नुभयो (२:७)।

                     जब परमेश्वरले पृथ्वीलाई हेर्नुभयो तब त्यहाँ एक व्यवस्थापकको आवश्यकता देख्नुभयो।
परमेश्वरले हामीलाई व्यवस्थापक हुने आशिष दिनुभयो। वास्तवमा आशिष शब्द हिब्रू 'बराक/Barak' बाट आएको हो जसको अर्थ 'लुकेको क्षमतालाई खोल्नु', 'क्षमतालाई स्वतन्त्र हुने अनुमति दिनु' 

                जब पहिलो मानव आदमलाई (वास्तवमा 'आदम नाम होइन तर हिब्रू वर्णन हो। आदमको अर्थ अँध्यारो/कालो पृथ्वी हो) परमेश्वरले आशिष (बराक) दिनुभयो र भन्नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। ” (उत्पत्ति १:२८)
यहाँ परमेश्वरले आदमभित्र राख्नुभएको बिऊलाई जुनचाहिँ उसको क्षमता(potential) हो, यसलाई खोल्ने आज्ञा दिँदै हुनुहुन्छ। 
परमेश्वरले आदमभित्र व्यवस्थापनको बिऊ राख्नुभएको थियो र उहाँलाई यो थाहा थियो कि यो बिऊलाई आदमले नखोलेसम्म उसले पृथ्वीलाई अधिकार अर्थात शासन, नियन्त्रण र प्रभाव पार्न सक्ने छैन ।यसकारण यस बिऊलाई खोल्ने आज्ञा दिनुभयो। 
जब परमेश्वरले आशिष दिएर 'धन्य हो.. .' भन्नुहुन्छ, उहाँले हाम्रो भित्री क्षमतालाई स्वतन्त्र गर्नु भन्दै हुनुहुन्छ।
आज यहि व्यवस्थापनको ‌बिऊ परमेश्वरले हामीभित्र राखिदिनुभएको छ, तर हामी यो क्षमता र सामर्थ्यलाई खोल्न सकिरहेका छैनौं। 
हाम्रो आर्थिक, पारिवारिक, सामाजिक, सेवाकाई र अन्य विभिन्न क्षेत्रहरु बिग्रिरहेको हुन सक्छ, हामीले लिएका गलत निर्णयहरुको कारण हाम्रो जिवनमा विभिन्न समस्याहरु आएकाे हुन सक्छ, तर जब तपाईले परमेश्वरको राज्यको प्रोटोकललाई पालना गर्नुहुन्छ, जीवन सहज हुँदछ। परमेश्वरको वचनलाई पछयाउनाले जीवन सहज बन्दछ।

तपाई कस्तो व्यवस्थापक हुनुहुन्छ?
अब हाम्रो प्रार्थना बदल्नुपर्छ। किनकि 
“परमेश्वरले तपाईलाई त्यो थोक दिनुहुन्न जुन तपाईले प्रार्थना माग गरिरहनुभएको छ, परमेश्वरले तपाईलाई त्यहि थोक दिनुहुन्छ जुन तपाईले व्यवस्थापन गर्न सक्नुहुन्छ।” 
"यदि तपाई परमेश्वरबाट धेरै चाहनुहुन्छ भने, तपाईसँग भएको थोरैलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नुहोस्।"
लूका १६:१०
“जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।”
यदि हामीले व्यवस्थापन गरिरहेका छैनौं भने हामीले दुरुपयोग गरिरहेका छौं। 
अझ धेरै माग गर्नुअघि आफ्नो श्रोतलाई कसरी सदुपयो गर्ने र कसरी व्यवस्थापन गर्ने यसबारे अध्ययन गर्नुहोस्। 
तपाईसँग के छ त्यसैबाट सुरुवात गर्नुहोस् र त्यसलाई उत्तम बनाउनुहोस्। 
व्यवस्थापक मालिक होइन तर केवल भण्डारे हो।
एक असल भण्डारेले आफ्नो मालिकको इच्छा र योजना अनुरुप श्रोतको परिचालन गर्दछ। 





Comments