The Book of Habakkuk
हबकूकको पुस्तक
ऐतिहासिक पृष्ठभूमि :
९३१ इसापूर्वमा संयुक्त इस्राएल दुई राज्यमा विभाजित भयो: उत्तरी राज्य इस्राएल र दक्षिणी राज्य यहूदामा (यहूदा र बेन्यामिन कूल)।
संयुक्त राज्यको विभाजन पछि, इस्राएलमा २०औं राजाहरू थिए जुन अन्ततः ईसापूर्व ७२२ मा, राजा होशियाको शासनकालमा अश्शूरहरूको हातमा पर्यो। यस बिन्दुमा इस्राएलको अस्तित्व समाप्त भयो। यहूदा अब आफ्ना शत्रुहरूको सामना गर्न एक्लै खडा थियो ।
हबकूकले दक्षिणी राज्य यहूदा बेबिलोनमा कैद भएर जानु अघि यहूदाका अन्तिम चार राजाहरु यहोआहाज, यहोयाकीम, यहोयाकीन र सिदकियाहका शासनकालमा सेवकाई गरेका थिए । यी चारैवटा राजाहरु दुष्ट र खराब थिए। यी चार राजाहरुभन्दा अघि यहूदाका राजा योशियाह थिए।
योशियाह एक असल राजा थिए जसले परमप्रभुको डर र भय मान्थे। तिनले परमप्रभुको नजरमा जे असल थियो, त्यहि गरे। तिनले परमेश्वरको करार र व्यवस्थालाई पुनर्स्थापना गरे। तिनले देवीदेवताको मुर्ति अशेराको खम्बाहरु जलाइदिए। उनले यहूदाबाट मुर्तिपुजा हटाए। अन्तमा उनी युद्ध रणभूमिमा मारिए।
योशियाह पश्चात उनको छोरा यहोआहाज यहूदाको राजा भए तर तिनले आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे (२ राजा २३:३२)। तिनले तीन महिना मात्र राज्य गरे र अन्तमा मिश्रका राजाद्धारा कैद गरिए।
त्यस पछिको योशियाहको अर्को छोरा यहोयाकिम राजा भए। तिनको जन्मको नाम एल्याकिम थियो । अनि तिनले पनि आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे (२ राजा २३:३७)। बेबिलोनी राजा नबुकदनेसरले यहोयाकिमलाई कैद गरेर बेबिलोन लगे (२ राजा २४:१-२; २ इतिहास ३६:)। राजा यहोयाकिमलाई पछि यरूशलेम फर्काइयो तर उनी तीन वर्षसम्म नबूकदनेसरको सेवा गर्न कठपुतली-राजा बनिएका थिए।
यरुशलेमको पतनपश्चात सिदकियाह राजालाई बेबिलोनले क्रूरतापूर्वक व्यवहार गरे। तिनीहरुले सिदकियाहका छोराहरुलाई उनकै आँखाअगाडि मारे र यो बीभत्स दृश्यको छाप उनको स्मृतिमा परेपछि उनका आँखा निकालिदिए र उनलाई साङ्गलाले बाँधेरै बेबिलोन लगे (२ राजा २५:७)।
अन्तमा यहूदा बेबलोनद्धारा कैदमा लगियो : (२ राजा २५)
६०३ इ.पू : दानिएल र उनका साथीहरु
५९७ इ. पू : धार्मिक र राजनैतिक अगुवाहरु
५८६ इ. पू : यरुशलेम आगोले नष्ट पारिएको
फारसका राजा कोरेसले ५३९ इसापूर्वमा बेबिलोनलाई जितेपश्चात बेबिलोनको शासनको अन्त्य भयो र अन्तत फारसका राजा कोरेसद्धारा यहूदी कैदीहरु यरुशलेम फर्काइए :
- ५३७ इसापूर्व : यरुबाबेलको अगुवाइमा
- ४५५ इसापूर्व: एज्राको अगुवाइमा (एज्रा ६:१४)
- ४४५ इसापूर्व : नहेम्याहको अगुवाइमा (नहेम्याह २:१; ५:१४; १३:६)
हबकूकको परिचय :
हबकूकको पुस्तक एक इशाईको निम्ति निक्कै महत्वपूर्ण पुस्तक हो। जसरी हबकूकको पुस्तकमा हबकूकले वर्तमान अवस्थालाई देखेर परमेश्वरसँग प्रश्न गरे, हामीले पनि हाम्रो जीवनमा विभिन्न परिस्थिति र अवस्थाहरु देख्दा, समस्या देख्दा, कुनै परिवर्तन नभएको देख्दा र त्यस्तो समयमा परमेश्वर निष्क्रिय र मौन भएको देख्दा हाम्रो हृदयमा पनि विभिन्न प्रश्नहरु उब्जेको हुन सक्छ।
हबकूक दक्षिण राज्य यहूदाको नागरिक थिए। उनले लगभग ६१२ इसापूर्व योशियाह राजाको अन्तिम शासनकाल अथवा यहोयाकीमको राजाको सुरुवाती शासनकालमा आफ्नो सेवाकाइ गरे। यसकारण योशियाह राजाको असल शासनकाल र यहोयाकीमको खराब शासनकाल दुवैका उनी प्रत्यक्ष दर्शक थिए। योशियाह राजाको मृत्युपश्चात यहूदा पुन पाप र मूर्तिपूजामा डुबेको देख्दा हबकूक निराश भएका थिए।
हबकूकको पुस्तक पश्चात सपन्याह भएतापनि वास्तवमा सपन्याह हबकूकभन्दा लगभग २० वर्ष अघिका अगमवक्ता थिए। सपन्याह पश्चात परमेश्वर २०औं वर्षको निम्ति मौन रहनुभयो।
हबकूकको समयमा यहूदा निरन्तर परमेश्वरको विरुद्धमा खडा भइरहेको थियो। यहूदाका राजा यहोयाकीम एक संसारिक शासक थिए र परमेश्वरको नजरमा जे कुरा खराब थियो त्यहि गरे। यरुशलेमको सडकहरु दुष्टता, भ्रष्टता, अत्याचार र मुर्क्तिपूजाले भरिएको थियो। यी सम्पूर्ण अवस्थालाई देखेर हबकूक निक्कै व्याकुल थिए।
'हबकूक'को अर्थ 'जसले अंगाल्छ/स्विकार्छ' हो। यस नामको अर्थ 'जो टासिरहन्छ' पनि हो किनकि हबकूक परमेश्वरमा टासिँरहे।
हबकूक परमेश्वरसँग बहस गर्ने व्यक्ति थिए।
हबकूक परमेश्वरले जवाफ दिनैपर्छ भनि जिद्दी गर्ने व्यक्ति थिए।
हबकुक परमेश्वरले दिनुभएको जवाफ मन नपराउने व्यक्ति थिए।
हामीले परमेश्वर र हबकुकको अन्तरक्रियामा एउटा कुरालाई याद गर्न जरुरी छ, परमप्रभुले हबकुकलाई तिनका सबै दुविधा, अनभिज्ञता र प्रश्नहरूको लागि हप्काउनुभएन्। जब हामी उहाँलाई आफ्नो गुनासो र दुविधा पोख्छौं, उहाँले हामीलाई पनि हप्काउनुहुन्न। उहाँले हामीलाई हाम्रो व्यवहार कस्तो देखिन्छ भनेर औंल्याउनुहुनेछ तर उहाँले हामीलाई उपहास गर्नुहुने छैन। हामी अन्यौलताहरुको बिचमा हाम्रो प्रश्नहरुलाई उहाँकहाँ जुकिर गर्न सक्छौं। तर यसो भन्दैगर्दा हामी सतर्कता पनि अपनाउनुपर्ने हुन्छ किनकि तपाई परमेश्वरलाई प्रश्न सोध्न सक्नुहुन्छ तर उहाँलाई प्रश्न गर्न सक्नुहुन्न।
"You can ask a question to God but you cannot question Him."
उहाँको निर्णयमाथि प्रश्न उठाउनु चाहिँ उहाँको सार्वभौमिकतामाथि हामीले प्रत्यक्ष चुनौती दिनु हो। हामी उहाँको शक्ति र अधिकारमा समर्पित हुन्छौं न कि उहाँको अधिकारलाई प्रश्न गर्छौं।
परमेश्वरले दिनुभएको स्पष्ट प्रकाश : २:२
परमेश्वर नबुझ्ने किसिमले बोल्नुहुन्न। उहाँ स्पष्ट र सोझै बोल्नुहुन्छ। उहाँले हबकूकलाई भन्नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्...किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।" (हबकूक २:२-३)।
हबकूक धरहरामा उभिएको पालेजस्तै, परमेश्वरले के भन्नुहुन्छ हेरिबस्नेछु भन्छ (२:१) तर परमेश्वर तिनलाई लेख्ने आज्ञा दिनुहुन्छ। उनी एक पहरादारले जस्तै पहरा (मिशमेरेट: "अवलोकन गर्ने स्थान") र पर्खालमा (मासोर: "धरहरा" अथवा "किल्ला") परमेश्वर के भन्नुहुन्छ सो हेर्नलाई पर्खन्छन्।
प्रकाश (दर्शन) पकाइएको माटोको पाटीमा लेखिनुपर्थ्यो जसले गर्दा परमेश्वरको वचन सुरक्षित रहन्थ्यो र मुख्य कुरो यसलाई प्रचार गर्न सकिन्थ्यो - समाचारवाहक त्यससित दौडन सक्थ्यो। सन्देशवाहकले दौडदै यो पाटी पढन सक्नुपर्छ भनी कतिले यो वाक्यांशको गलत अर्थ लाएका छन्। तर यसको विपरित, एउटा ठाउँका मानिसहरुलाई सन्देश पढेर सुनाएपछि अर्को ठाउँका मानिसहरुलाई सन्देश पढेर सुनाउनका लागि सन्देशवाहक दौडन्थे।
यो दर्शन तत्कालको लागि थिएन तर निश्चित ठहरिएको समयको लागि थियो। 'पर्ख यो अवश्य हुनेछ.. ', परमप्रभु भन्नुहुन्छ।
जब परमेश्वरले हामीलाई उहाँ केही गर्न जाँदै हुनुहुन्छ भन्नुहुन्छ, हामी उहाँको वचन पालन गर्न परमेश्वरमा भरोसा गर्न सक्छौं।
बाइबल विद्वानहरूले यो "निर्धारित ठहरिएको समय" चाहिँ यहूदा बेबिलोनद्धारा कब्जामा परेको अवधि ५८५-५८६ ईसा.पूर्व थियो भनी अनुमान गर्दछ। यदि हामी एतिहासिक टाइमलाइन हेर्ने हो भने यस समयमा यहूदा नबूकदनेसरद्धारा कब्जा गरिएको पाउँछौं।
हबकूकको एक अनौठो पुस्तक :
अन्य अगमवक्ताहरुझैं हबकूकले इस्राएलीहरुलाई दोष्याएको छैन न त परमेश्वरको प्रतिनिधित्व गर्दै मानिसहरुलाई सच्याएका छन, तर उनको सम्पूर्ण शब्दहरुले परमेश्वरलाई व्यक्तिगत रुपमा सम्बोधन गरेको छ। यो पुस्तक मानिसहरुलाई परमेश्वरको सन्देश होइन; तर हबकूकको प्रश्न र परमेश्वरको जवाफको पुस्तक हो। सामान्यतया, पुरानो करारमा परमेश्वर अगमवक्ताहरुद्धारा आफ्नो मानिसहरुसँग बोल्नुभएको छ तर यस पुस्तकमा एक अगमवक्ता परमेश्वरलाई प्रश्न गरिरहेको र उहाँले जवाफ दिनुभएको तस्बीर देख्न सक्छौं।
यी सबै दुष्टता, भ्रष्टता, मुर्तिपूजा,अपराध र परमप्रभुको अपमान भएको देख्दा सायद हबकूक व्याकुल भएका थिए। उनले योशियाहको राज्यकालका आशिष, शान्ति, शुद्धता र परमप्रभुप्रतिको भक्ति देखेका थिए तर योशियाहको मृत्युपश्चात यहूदा भ्रष्ट भएको थियो र त्यहि विगतको पुरानो पापमय स्वभावमा फर्किएको देख्दा उनको मनमा अनगिन्ती प्रश्नहरु उब्जिएको थियो।
हबकूकले परमेश्वरलाई गरेको प्रश्न :
- हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने, तर तपाई सुन्नुहुन्न?
- त्यहाँ यति धेरै थिचोमिचो किन छ? यो सारा अन्याय किन? खराब मानिसको उन्नति किन हुन्छ? परमेश्वरले जकिन केहि गर्नुहुन्न? परमेश्वरले किन केहि गर्नुहुन्न? किन? किन? किन?
- यदि परमेश्वर भलो र सर्वशक्तिमान हुनुहुन्छ भने, किन निर्दोष पिडामा अनि दोषि स्वतन्त्र हुन्छ?
- परमेश्वरले किन संसारमा भइरहेको अन्याय, विद्रोह, भ्रष्टता र गडबडबारे केहि गर्नुहुन्न?
सामान्यतया धेरैपटक हामी पनि हबकूकको स्थानमा पुगेका छौं वा पुग्नेछौं। त्यस्तो अवस्था र परिस्थितिहरुमा हामीले परमेश्वरमा निरन्तर भरोसा गरिरहनुपर्छ। हबकूकको पुस्तकले हाम्रो हृदयमा उब्जेका प्रश्नहरुलाई हामी सहजै परमेश्वरकहाँ लान सक्ने कुरा बताउँदछ। परमेश्वरले एक धैर्य पिताले जसरी हबकूकलाई दिएको जवाफले हामीलाई सिकाउँदछ कि जब हामी दुविधा र अन्यौलतामा पर्दछौं हामी परमेश्वरकहाँ हाम्रो दुविधा, अन्यौलता र प्रश्नहरुलाई लिएर जान सक्छौं। हबकूकले आफ्नो वरिपरि दुष्टता, अन्याय र अत्याचार भएता पनि आफ्नो विश्वासलाई डगमगाउन दिएको छैन, उसले परमेश्वरमाथिको आफ्नो भरोसालाई टुट्न दिएको छैन।
हबकूकलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
हबकूकको उद्धरणहरु :
हबकूक २:४
“हेर्, त्यो घमण्डले फुलिएको छ, त्यसका इच्छाहरू सोझा छैनन्– तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ।
हबकूक २:१४
"किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।"
हबकूक २:२०
तर परमप्रभु त आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। सारा पृथ्वी उहाँको सामुन्ने चूपचाप रहोस्।”
हबकूक ३:२
"हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्।"
हबकूक ३:१७-१८
चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,
म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।"
१-२ अध्याय : हबकूक र परमेश्वरबिचको प्रश्नउत्तर
हबकूकको पहिलो गुनासो इस्राएलीहरुको जीवन डरलाग्दो भएको छ। तोरा-व्यवस्था इन्कार गरिएको छ, जसको परिणामस्वरूप देशमा हिंसा र अन्याय भैरहेको छ र यो सबै इस्राएलका भ्रष्ट अगुवाहरू सहिरहेका छन यसकारण उसले परमेश्वरलाई केहि गर्नको लागि बिन्ती गरिरहेको छ तर केहि परिवर्तन भएको देखिदैन।
तर अचानक परमेश्वर जवाफ दिनुहुन्छ कि उहाँलाई इस्राएलका आफ्ना मानिसहरूको भ्रष्टताको बारेमा थाहा छ र इस्राएलको न्याय गर्न उहाँ उग्र, भयानक र दुष्ट राज्य बेबिलोनलाई परिचालन गर्न गइरहनुभएको छ।
हबकूकको दोस्रो गुनासो, उनी भन्छन बेबिलोन त इस्राएलीहरुभन्दा अझ बढि खराब र दुष्ट छ, उनीहरु अझ बढि हिंसात्मक छन्, उनीहरुले मानिसहरुलाई पशुसरह व्यवहार गर्छन, उनीहरुले कुनै पनि राज्यलाई तहसनहस पार्छन, र हबकूक भन्छन, कसरी तपाई जो एक असल पवित्र परमेश्वर भएर त्यस्तो दुष्ट र भ्रष्ट राज्यलाई परिचालन गर्नुहुन्छ?
भलै हबकूक पुस्तकको सुरुवात परमेश्वरलाई गरिएको एउटा प्रश्नबाट शुरु भएतापनि यसको अन्त परमेश्वरलाई गरिएको अन्तरबिन्तिद्धारा हुँदछ। चिन्ता उपासनामा परिणत हुन्छ र अन्यौलता आराधनामा। डर आस्थामा परिणत हुन्छ र संत्रास भरोसा बन्छ। मानसिक समस्याहरुको समाधान आशाले गर्छ। मनोव्यथा आराधनामा परिणत हुन्छ।
हबकूकको पुस्तकले कठिन परिस्थिति र अन्यौलताहरुको बिचमा पनि हामी परमेश्वर र उहाँको योजनहरुमाथि भरोसा गर्न सक्छौं भनि सिकाउँछ।
5 Woes:
५ प्रकारका धिक्कार
'धिक्कार' अथवा 'हाय' कुनै घोर विपत्ति आइपर्दा अथवा केहि विशेष पापहरुको कारण आइरहेको विपत्ति अथवा दण्डको प्रतिक्रियामा उच्चारण गरिने विस्मयबोधक हो। यसले बेबिलोन राज्य परमेश्वरको नजरमा धिक्कारमय थियो भनि जनाउँदछ। भलै परमेश्वरले यहूदालाई सबक सिकाउन बेबिलोनलाइ परिचालन गर्न गइरहनु भएको थियो तर उहाँ बेबिलोनको समर्थनमा हुनुहुन्थेन। पाप र परमेश्वरको कुनै सम्झौता हुन सक्दैन। यसकारण बेबिलोन पनि यसको पाप, दुष्टता र अपराधको कारण परमप्रभुको न्यायबाट बच्ने वाला थिएन।
"धिक्कार" शब्दलाई अगमवत्ताहरुले बारम्बार उच्चारण गरेका छन्।
यशैयाद्धारा २०औं पटक
यर्मिया र विलापमा १० पटक
इजकिएलद्धारा १४ पटक
अगमवक्ताहरुका साना पुस्तकहरुमा १४ पटक
भलै परमेश्वरले इस्राएलीहरुलाई सबक सिकाउन बेबिलोन राज्यलाई परिचालन गर्दै हुनुहुन्थ्यो तर उहाँ यस राज्यको समर्थनमा कहिल्यै हुनुहुन्थेन। परमेश्वरले दुष्टतासँग कहिल्यै सम्झौता गर्नुहुन्न। पाप र परमेश्वरबिच कुनै सम्झौता हुनसक्दैन। बेबिलोनले यसको दुष्टता, भ्रष्टता र अपराधको निम्ति दण्ड पाउने नै थियो।
- Injustice (अन्याय) :
पहिलो "धिक्कार"ले बेबिलोनीहरुलाई अत्यधिक शर्तमा धितो राख्ने बेइमानसँग तुलना गर्छ। आफ्नो फाइदाको लागि तिनीहरुले क्रूरतापूर्वक जातीहरुका सामान थुपारेका थिए। यो काम वास्तवमा चोरी थियो।
“.... ‘चोरको माल थुपार्ने र जबरजस्ती खोसेर ल्याएका मालले धनी हुनेलाई धिक्कार! त्यसले कहिलेसम्म त्यसो गर्ने?’ ” (२:६)
- Injust Economics (आर्थिक अत्याचार):
“धिक्कार त्यसलाई, जसले अन्यायबाट कमाएको लाभबाट आफ्नो राज्य बनाउँछ, ताकि उसको गुँड़ उच्च ठाउँमा बनाई ऊ विध्वंशबाट बचोस्।” (२:९)
बेबिलोनीहरु अन्याय र अत्याचारबाट कमाएको लाभको दोषी मात्र थिएनन, तिनीहरुले लूटको माललाई आफ्नै प्रशंसाको निम्ति प्रयोग पनि गरे। तिनीहरुले आफैलाई उचाल्न खोजे। चीलले त्यसको गुडँ अरु शिकारी चराहरु पुग्न नसक्ने अल्गो पर्वतमा बनाएको झैँ बेबिलोनीहरुले आफ्नो साम्राज्य सबै जोखिमहरुबाट स्वतन्त बनाउन खोजे। बेबिलोनीहरुले आफूलाई उच्च पार्न अरुलाई कुल्चे। तिनीहरुका निर्माण योजनाहरुमा धेरै मानिसहरुको सर्वनाश संलग्न थियो।
- Inhumanity (अमानवता) :
"धिक्कार त्यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्थापित गर्दछ।" (२:१२)
- अनादरको लागि धिक्कार :
“धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्ल पार्छन्।"- (२:१५)
बेबिलोनीहरुलाई दाखमद्यले धोखा मात्र दिएको थिएन (२:५) तर तिनीहरुले अरुलाई धोखा दिन पनि यसलाई प्रयोग गर्थे ।
आफ्ना छिमेकीलाई दाखमद्य खुवाई मताएर आफूचाहिँ दुष्ट किसिमको लम्पटतामा लाग्न सकौँ र तिनीहरुलाई लाजमा पार्न सकौँ भन्ने एक मत्थुको रुपमा उसको चित्रण गरिएको छ। बाइबल स्पष्ट रुपमा मतवालापन र पियक्कडपनको विरोधमा छ। किन? किनकि मद्यले लट्ठ भएको मानिस पवित्र आत्माको वशमा हुँदैन। के तपाईलाई थाहा छ, लागुऔषध (Drug) लाई ग्रीकमा फार्माकिया (pharmekeia) भनिन्छ, जसको अर्थ "मन्त्रतन्त्र" (witchcraft) हुन्छ। यसकारण रक्सीलाई (alcohol) spirit (आत्मा) भनिन्छ। जब हामी यसलाई सेवन गर्छौं संयमता, पवित्र आत्माको फललाई हामी गुमाउँछौं। हाम्रो आफ्नो शरीरको नियन्त्रणलाई हामी गुमाउँछौं।
- Idolatry (मुर्क्तिपुजा) :
“धिक्कार त्यसलाई, जसले काठलाई भन्छ, ‘जिउँदो होऊ,’ र बोल्न नसक्ने ढुङ्गालाई भन्छ, ‘जाग’। के त्यसले मार्ग दर्शन गर्न सक्छ? त्यो त सुन र चाँदीले मोहोरिएको छ, त्यसमा सास नै छैन। (२:१९)
हबकूकको प्रार्थना :


Comments
Post a Comment