ख्रिष्टमा म को हुँ?
ख्रिष्टमा म को हुँ? शृंखलाको यो दोस्रो भाग "ख्रिष्टलाई चिन्नु" मा यहाँहरु सम्पूर्णलाई स्वागत छ। अघिल्लो भागमा हामीले हेर्यौ एउटा मानिसले तबसम्म आफैलाई चिन्न सक्दैन जबसम्म उसले ख्रिष्टलाई चिन्दैन् किनकि मानिसको साँचो पहिचान ख्रिष्टमा लुकेको हुन्छ। यदि कसैले ख्रिष्टलाई चिन्दैन तर आफैलाई चिन्छु भनि दाबि गर्छ भने ऊ या त भ्रममा छ या त उसले गलत पहिचान बोकेर हिँडिरहेको छ। हामीले अघिल्लो भागमा पनि पावलको जिवन कसरी परिवर्तन भयो भन्ने अंशद्धारा सिक्दै थियौ कि हामीले आफैलाई चिन्नु अघि ख्रिष्टलाई चिन्नु नितान्त आवश्यक छ।
आज हामी ख्रिष्टलाई चिन्ने कोशिश गर्नेछौ।
मार्टिन लुथरले एकपटक यसरी भने, "धर्मशास्त्र कोक्रो हो, जहाँ बालक येशू सुत्नुहुन्छ तसर्थ कोक्रोलाई पुज्ने तर बालक येशूलाई नदेख्ने नहोऔ"
साँच्चै नै मैले आज तपाईलाई येशूलाई चिन्ने कोशिश गर्नेछौ भन्दै गर्दा वचनको समयमा, मण्डलीको सेवामा, संगतीमा सामेल हुँदै गर्दा मात्र होइन येशूख्रीष्ट त हाम्रो जिवनको केन्द्र हुनुपर्छ।
प्रियहरु हप्ताको एकदिन मात्र होइन हरेक दिनको २४ औं घन्टा नै उहाँ हाम्रो मनमस्तिष्क र हृदयमा हुन आवश्यक छ।
आजको वचनमा उहाँ हाम्रो केन्द्र हुनहुन्छ। कुनै पनि कुराभन्दा उहाँ हाम्रो निम्ति महत्वको हुनुहुन्छ। आमेन ।।
ख्रीष्टमा मेरो पहिचान छ।
ख्रीष्टमा मेरो चिनारी छ।
एउटा अचम्मको कुराचाहिँ तपाई पुरानो इशाई हुनुहुन्छ भने पनि र तपाई लामो समयदेखि मण्डली आइरहनुभएको छ भने पनि तपाईले येशूख्रीष्टलाई नचिनेको हुन सक्छ। तपाईलाई ख्रीष्टको बारेमा थाहा हुन सक्छ तर तपाईले उहाँलाई नचिनेको हुन सक्छ। धेरैचोटी वर्षौदेखि नजिक-नजिक बस्ने छिमेकीलाई हामीले नचिनेको हुन सक्छ। चिनाजानीले व्यक्तिगत सम्बन्ध र घनिष्ठतालाई दर्शाउँछ।
ख्रीष्टलाई चिन्नु भनेको उहाँको बारे थाहा गर्नु मात्र होइन तर उहाँसँगको घनिष्ठताको सम्बन्धमा आउनु हो।
१ पत्रुस २:४-१०
४. उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ।
५. तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
६. किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।”
७. यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “ जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।”
८. र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।
९. तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
१०. एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
ख्रीष्टको पहिचान : ४-८
खण्ड
हाम्रो पहिचान : ९-१०
"येशूख्रीष्ट जिवित पत्थर हुनहुन्छ"
चौथो खण्ड : "उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ"
इस्राएलको हरेक निर्माण र आकार गरिएको छ। त्यहाँ काठ र अन्य सरसामाग्री नपाईने तर पत्थरको खानी प्रशस्त भएको हुँदा पुरानो करारदेखि नै निर्माण कार्यहरु पत्थरद्धारा गरिएको थाहा गर्न सकिन्छ। हामीलाई याद छ जब सोलोमन राजाले मन्दिर निर्माण गर्न सुरु गरे, मन्दिर निर्माणको निम्ति पत्थर खानीबाट काटिएको पत्थरहरु लगिएको थियो।
यसकारण पनि पत्रूसले मन्दिर निर्माणको परिकल्पना गर्दै त्यसलाई आफ्नो पुस्तकमा उतार्ने कार्य गरेका छन् किनकि त्यो समयको त्यहाँका मानिसहरुले पत्थर र यसको निर्माणको प्रकियालाई सहजै बुझन सक्थे।
वास्तवमा पत्रूस त्यहि चेलाहरुको झुण्डमा थिए, जब तिनीहरु एकदिन मन्दिरबाट निस्कँदैथिए र चेलाहरुमध्ये एक जनाले येशूख्रीष्टलाई भन्छ, "हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरु र कति भव्य भवनहरु"
तब येशूले तिनलाई भन्नुहुन्छ, "यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछ" (मर्कूस १२:१-२)।
"जिवित पत्थर" वाक्यांश आफैमा विरोधाभास छ किनकि पत्थर त्यहि पनि जिवित।
ओहो! कत्ति अचम्म।
यो त गीत गाउने गधा नाच्ने सिंह भनेजस्तै पो भयो।
पत्थर कहिल्यै जिवित हुन सक्छ र?
पत्रूसले बारम्बार जिवित शब्द चलाएको हामी थाहा गर्न सक्छौ,
१ पत्रूस १:३ हामीले जिवित आशा प्राप्त गरेको बताउँछन्
१ पत्रूस १:२३ परमेश्वरको जिवित वचन
तर पत्रूस यहाँ कुनै सामान्य पत्थरको बिषयमा होइन तर येशूख्रीष्टको बिषयमा बोलिरहेका छन्।
".. जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्" - प्रकाश १:१८
ख्रीष्ट मर्नुभयो र पुन जिवित हुनुभयो र त्यहि जिवित पत्थर जो ख्रीष्ट हुनुहुन्छ, 'उहाँकहाँ जाओ' भनि उनी आह्वान गर्छन्।
प्रियहरु, जब हामी जिवित ख्रीष्टकहाँ जान्छौ, हाम्रो मरेको आत्मा पुनर्जिवित हुँदछ, हाम्रो मरेको सम्बन्धहरु पुनर्मिलन हुँदछ, शिथिल र थकित आत्मा र शरीर पुनचङ्गाई हुँदछ, सुस्ताएको र कोमामा परेको मण्डलीमा जागृती आउँदछ।
प्रेरित पावलले पनि यस धारणालाई थोरै भिन्न तरिकाले प्रस्तुत गरेका छन्।
"यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन" - १ कोरन्थी १०:४
"येशूख्रीष्ट परमेश्वरद्धारा चुनिनुभएको"
भलै मानिसहरुबाट उहाँ त्यागिनुभएतापनि परमेश्वरद्धारा उहाँ चुनिनुभयो र महान उद्धेश्यको निम्ति उहाँ नियुक्त हुनुभयो। परमेश्वरको योजनामा उहाँ यस पृथ्वीमा मानव रुप धारण गरि मानवको पापको खातिर क्रसमा चढनुभयो र मृत्युसम्मै आज्ञाकारी ठहरिनुभयो यसकारण जब हामी पनि मानिसहरुबाट त्यागिन्छौ जब मानिसहरुबाट अस्विकार हुन्छौ तब निराश नहुनुहोस् तर परमेश्वरद्धारा म चुनिएको छु भनि आनन्दित हुनुहोस। भलै मानिसले तपाईलाई कुरुप देखे, परमेश्वरले तपाईलाई सुन्दर देख्नुभयो, मानिसले तपाई कमजोरी, गल्ती र पापलाई देखे तर परमेश्वरले तपाईको निर्दोषपनलाई देख्नुभयो, मानिसले तपाईको बाहिरी रुपलाई देखे तर उहाँले तपाईको हृदयलाई देख्नुभयो।
प्रियहरु हामी हरेकमा आ-आफ्नै कमीकमजोरीहरु छ, हामी हरेक कुनै न कुनै हिसाबले टुटेका छौ तर परमेश्वर हाम्रो टुटफुटमा हामीलाई जोड्नुहुन्छ। यसकारण कसैको निन्दा, अपमान, आलोचना र तिरस्कारमा निराश भएर नटुटनुहोस्। स्वयम येशूख्रीष्ट त मानिसहरुबाट त्यागिनुभयो भने हामी तिरस्कृत हुनु, त्यागिनु कुनै नौलो कुरा होइन्।
"येशूख्रीष्ट कुने-ढुङ्गो हुनुहुन्छ"
यसको अर्थ के हो?
प्राचिन समयदेखि निर्माणकर्ताहरुले आफ्नो निर्माण परियोजनाहरुमा कुने-ढुङ्गो प्रयोग गरेका छन्। कुने-ढुङ्गो मुख्य ढुङ्गा हुन्थ्यो, कामदारहरुलाई आफ्नो काममा मार्गनिर्देशन गर्न सामान्यतया यसलाई भवनको कुनामा राखिएको हुन्थ्यो। यसले भवनको जग, मापन,नक्सा र योजनामा महत्वपुर्ण भुमिका निभाउथ्यो। कुने-ढुङ्गा निर्माणको निम्ति यति महत्वपूर्ण र संवेदनशील हुन्छ कि यसको सानो असरले सम्पूर्ण आकार र निर्माण बित्न, सक्छ। कुने-ढुङ्गो सामान्यतया सबैभन्दा ठूलो, सबैभन्दा बलियो र सबैभन्दा सावधानीपूर्वक बनाइएको हुन्छ।
यरुशलेमको दक्षिणपूर्व कुनामा रहेको मन्दिर परिसरको कुने-ढुङ्गो अझै पनि अस्तित्वमा छ।
त्यहाँ ३० फिट ४ इन्च लम्बाइ, ७ फिट १० इन्च चौडा र ४ इन्च अग्लो कुने-ढुङ्गो छन्। भनिन्छ एउटा कुने-ढुङ्गोको वजन ८ टन (७२५७४. ८ के. जी) हुँदछ।
बाइबलले येशूलाई कुने-ढुङ्गोको रुपमा प्रस्तुत गरेको छ जसमा उहाँको मण्डली निर्मित हुन्छ। उहाँ हाम्रो मण्डलीको आधारभूत जग हुनुहुन्छ। यदि कुनै पनि मण्डलीको कुने-ढुङ्गो अर्थात जग चाहिँ येशूख्रीष्ट हुनुहुन्न भने त्यो मण्डली अन्तसम्म टिक्न सक्दैन।
एकपटक कुने-ढुङ्गो स्थापना गरेपश्चात, यो बाकिँ हरेक निर्माण कार्यको निम्ति मापन निर्धारण गर्ने आधार बन्दछ, सबै कुरा यसमा मिलाइएको हुन्छ।
यशैयाले पनि यसलाई थप पुष्टयाएका छन्,
"यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन" - यशैया २८:१६
पुन एकपटक पावलले येशूख्रीष्ट हाम्रो जग र कुने-ढुङ्गो हुनुहुन्छ भनि बताउँछन्।
"त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ" - एफिसी २:२०
जब हाम्रो जिवन, परिवार र मण्डलीको जग परमेश्वरको गाडिएको हुन्छ, ख्रीष्टले कुने-ढुङ्गोको रुपमा परिवार र मण्डलीलाई टुट्नबाट थामनुहुन्छ।
कुन परिवारमा अथवा कुन मण्डलीमा समस्या हुँदैन। समस्या नभएको मण्डली हुँदैन तर फरक यति हो कि जुन मण्डलीको कुने-ढुङ्गो ख्रीष्ट हुनुहुन्न त्यो मण्डली छिट्टै टुट्न थाल्छ, समाधानतिर होइन समस्यातिर केन्द्रित हुन्छ, परमेश्वरको महिमा हराउन थाल्छ।

Comments
Post a Comment