The heart of Stewardship

 भण्डारेपनको मुटु 

The heart of Stewardship


जयमसिह! यहाँहरु सम्पूर्ण जनलाई पुन 'भण्डारेपन' शृंखलाको यो तेस्रो भागमा स्वागत छ। हामीले गत हप्ताहरुमा केहि महत्वपुर्ण भण्डारेपनको जगहरुलाई हेर्यौ। 
- सबैथोकको मालिक परमेश्वर हुनुहुन्छ 
- हामी हरेकलाई भण्डारेको जिम्मेवारी दिइएको 
- एक असल इमान्दार भण्डारेको चरित्र 
भण्डारेपनको विषय गहन र गहिरो भएकोले हामीले यसलाई बुझ्न पूर्ण समर्पणता र अगुवाईको खाँचो पर्दछ। धेरै 
पटक वक्ताले भण्डारेपन ‌विषयमा प्रचार गर्दा मण्डलीमा विश्वासीहरुलाई कठिन हुन्छ तर यो विषय केवल पैसाको विषयमा मात्र नभएर हाम्रो समय, जिवन, सम्बन्ध, भौतिक श्रोत आदीलाई कसरी व्यवस्थापन र परिचालन गर्छौ भन्ने बारे हो। 
परमेश्वर मालिक हुनुहुन्छ र त्यो मालिक जो वृद्धि चाहन्छ। ‌परमेश्वर वृद्धि चाहनुहुन्छ। परमेश्वर हामी सिमित भएको चाहनुहुन्न तर हाम्रो जिवनको हरेक क्षेत्रहरुमा (आत्मिक क्षेत्र,आर्थिक क्षेत्र,बौद्धिक क्षेत्र,सामाजिक क्षेत्र आदि) निरन्तर वृद्धि भएको चाहनुहुन्छ। पहिलो मानवलाई उहाँले फलवन्त र वृद्धि गर्ने आज्ञा दिनुभयो। सिमित हुन चाहनु परमेश्वरको आज्ञाविपरित जानु हो। यसकारण पनि धर्मशास्त्र अल्छीपनको विरुद्ध छ (हितोपदेश १९:१५, २४:३०-३४) । हामीले आरामै लिनहुन्न भन्न त खोजिएको होइन तर अल्छीपनले वृद्धिलाई रोकिदिन्छ। नयाँ नियममा तोडाको दृष्टान्तद्धारा येशूख्रिष्टले अझै स्पष्ट पार्नुभयो कि परमेश्वर हामी वृद्धि भएको चाहनुहुन्छ। 'भण्डारेपन'ले परमेश्वरको श्रोत र साधनलाई कसरी उहाँको इच्छा र योजना अनुरुप परिचालन गर्ने भन्ने विषयमा बोल्दछ। यसले साचोँ स्वामित्वपनको (सबै जो-जे जति छ सबैको मालिक परमेश्वर हुनुहुन्छ, हामी केवल भण्डारे (व्यवस्थापक) मात्रै हौ) विषयमा बोल्दछ।

भण्डारेपनको मुटुचाहिँ 'दिनु' हो। धेरै ‌समय हामीलाई मुठ्ठी खोल्नु मनपर्दैन तर बाइबल स्पष्ट छ यदि हामी इमान्दार भण्डारे हौ भने हामीले दिनैपर्छ। एक असल बाइबलीय भण्डारे सधैं परमेश्वरको निम्ति आफ्नो मुठ्ठी खोल्न तयार हुन्छ किनकि उसलाई थाहा हुन्छ सबै थोक उहाँकै हो। 
धेरैपटक पाष्टर र प्रचारकले दिने विषयमा बोल्नुहुँदा कति मागेको होला भनेर झर्को अनुभव हुन सक्छ तर के तपाईलाई थाहा छ, धर्मशास्त्रले 'दिने' विषयमा २१७२ पटक बोलेको छ। धर्मशास्त्रले यति धेरै पटक बोलेको विषय अवश्य पनि निकै महत्त्वपूर्ण हुनुपर्छ र यति महत्वपूर्ण विषयलाई हामीले वेवास्ता गर्नुहुँदैन। 
कोइनोनिया /Koinonia (/ˌkɔɪnoʊˈniːə/) ग्रीक शब्द κοινωνία बाट अनुवादित  भएको आएको शब्द हो। यसको अर्थ एकअर्कासँगको संगती भन्ने मात्र हुँदैन तर आफूसँग भएको जेसुकै एकअर्कासँग बाँडचुँड गर्नु भन्ने पनि हो।

दिनुचाहिँ वृद्धिको साँचो हो। जब हामी बिनास्वार्थ परमेश्वर र उहाँको राज्यको निम्ति दिन्छौ, हाम्रो जिवनमा हामी वृद्धिलाई अनुभव गर्न थाल्छौ। 
हामीलाई याद छ जब सारपतकी विधवाले अनिकालको समयमा आफु र आफ्नो छोरोको निम्ति‌ भएको अन्तिम रोटी परमप्रभुका दास एलियाको निम्ति दिन्छिन् तब  वचनले भन्दछ 'उनको तिनको भाँडाको पिठो सिद्धिएन, र ढुङग्रोको तेल पनि रित्तिएन' (१ राजा १७:१६)।
एउटा असल भण्डारे परमेश्वरलाई दिने कुरामा सधैं समर्पित हुँदछ। आज एक्काइसौँ शताब्दीका मण्डलीलाई सारपतकी विधवाले केवल असल र प्रशस्तताको जिवन जिउँदै गर्दा मात्र होइन तर कठिनाइ र अभावमय परिस्थितिमा पनि जब हामी परमेश्वरको निम्ती दिन तयार हुन्छौ, यसले हाम्रो जिवनमा, हाम्रो परिवारमा र हाम्रो मण्डलीमा वृद्धि ल्याउदँछ भन्ने कुरा सिकाउँदछ। 
आज धेरैको जिवनमा, धेरै परिवारमा र मण्डलीहरुमा आशिषको खडेरी लाग्नुको कारणचाहिँ नदिएर मात्र होइन तर दिन नजानेर पनि हो। 
कयिनले परमेश्वरलाई नदिएको कारण होइन तर दिन नजानेका कारण, दिँदै गर्दा लापरवाह र वेवास्ता गरेको कारण उनी परमेश्वरबाट अस्वीकृत भएको हो। जब कयिनले परमेश्वरको निम्ति के भेटी ल्याउने र कसरी ल्याउने भन्ने विषयमा लापरवाह गरे तब उनको भटी अस्वीकार भएको छ। 
  
चार किसिमको दिवाई 
Four types of Giving:

दंशाश( Tenthis):
हरेक थोकको दश प्रतिशत परमेश्वरलाई दिनु 
दशाश वास्तवमा के हो? 
दंशाशमा केवल तपाईको कमाईको दश प्रतिशत मात्र समावेश हुँदैन। दंशाशमा परमेश्वरप्रतिको तपाईको आदर,डरभय,प्रेम,समर्पण,नम्रता,आज्ञाकारीता,विश्वासयोग्यता आदी समावेश हुन्छ। यसकारण पनि परमेश्वर भन्नुहुन्छ, "कोहि पनि मेरो सामुन्ने रित्तो हात लिएर देखा नपरोस्" - (प्रस्थान २३:१५)। रित्तो हातले अनादरलाई जनाउँदछ। 
हामीले दंशाशलाई केवल एउटा रीतिरिवाज र परम्पराको रुपमा हेर्न छाड्नुपर्छ। यो व्यवस्था पनि होईन। यो व्यवस्था भन्दा माथि छ। परमेश्वरले मोशालाई व्यवस्था दिनुअघि अब्राहामले दंशाश दिएको छ(उत्पत्ति १४:२०), स्वयम येशूख्रिष्टले केवल मरमसला र कमाइको मात्र नभएर गहकिला विषयहरुलाई अवहेलना नगर्नुपर्ने चेतावनी दिनुभयो (मत्ती २३:२३)।
-लेवी २७:३०-३४
- मलाकी ३:१०-१२

अगौटे फल(First fruit ):
कृतज्ञताको भेटी 
लेवीहरू २३:१०
“इस्राएलीहरूलाई भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्‍यहाँको बाली काटौला, तब तिमीहरूले आफ्‍नो बालीको पहिलो उब्‍जनीको एक बिटा पूजाहारीकहाँ ल्‍याउनू"
वर्षको एक पटक (व्यवस्था १४:२२)
- हितोपदेश ३:९-१०
"आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले  परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्‌,  र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌"
अगौटे फलको अवधारणा त्यो बाइबलीय समयमा जोडिएको छ, जब इस्राएलीहरु कृषि समाज बस्थे। यो इस्राएलीहरुको आज्ञाकारीता र परमेश्वरप्रतिको श्रद्धा देखाउनको निम्ति थियो। यसले आफ्नो परिवारलाई खुवाउन परमेश्वरले पर्याप्त जुटाउनुहुन्छ भन्ने उनीहरुको भरोसालाई पनि जमाउदँथ्यो। 
त्यो समयमा अगौटे फलसँग जोडिएको विभिन्न नियमहरु थियो। यो मन्दिरका पुजाहारीहरुकहाँ ल्याइनुपर्थ्यो, पहिलो फल नआएसम्म अन्य बाली काट्न सकिँदैनथ्यो। 
अगौटे फललाई जनाउने हिब्रू शब्द बिक्कूरिम (हिब्रू: בכורים Bikkurim/bɪˌkˈrm, bɪˈkʊərɪm/)हो,  जसको अर्थ 'फिर्ता आउने वाचा/प्रतिज्ञा' हुन्छ। इस्राएलीहरुले त्यो कुरा देख्न सके जुन आजको मण्डलीले देख्न सकिरहेको छैन। उनीहरुले अगौटे फललाई आफ्नो भविष्यको निम्ति गरिएको लगानीको रुपमा देखे। परमेश्वरले इस्राएलीहरुलाई भन्नुभयो कि यदि तिनीहरुले आफ्नो पहिलो फल उहाँकहाँ ल्याए भने, उहाँले पछि आउने सबैलाई आशिष दिनुहुनेछ। 

Seed (बिऊ) 
यो परमेश्वरमा र उहाँको राज्यमा गरिने लगानी हो जसमा नोक्सानीको जोखिम हुँदैन तर ३०%, ६०% र १००% फल दिदँछ। 
मर्कूसले भनेझै "केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्‌दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।” (मर्कूस ४:८), यो भेटी त्यहि बिऊ हो। 
फिलिप्पीको मण्डली आशिषले भरिनुको कारणचाहिँ उनीहरुले परमेश्वरकाे राज्यमा इमानदारीताकासाथ लगानी गरेका थिए। पावल आफ्नो पत्रमा लेख्छन्, 
"तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ"- फिलिप्पी ४:१५-१६
धर्मशास्त्रले बारम्बार यस प्रकारको लगानीको विषयमा बोलेको छ। 
"त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो" - १ कोरन्थी ९:१४
 "मण्‍डलीको असल देखरेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्‌, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌। किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”- १ तिमोथी ५:१७-१८

येशूख्रिष्टले पनि आफ्नो चेलाहरुलाई भन्नुभयो,  “तिमीहरूको यात्रामा आफ्‍नो साथमा केही नलेओ– न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्‌" - लूका ९:३
त्यसोभए यात्रामा चाहिने लागत, सेवाकाई गर्दैगर्दा चाहिने आवश्यकता जसलाई हामी funding भन्छौ कसले गरिदिने?
 - हामीले। 
पावल पुन भन्नुहुन्छ, 
"आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन र? गाईबस्‍तु पालेर कसले त्‍यसको दूध पिउँदैन र? के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन र? किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ?" - १ कोरन्थी ८-१०
कसरी? 
- मुठ्ठी खोलेर। बिऊ भेटी रोपेर। साप्ताहिक संगतीमा दंशाश र आराधना भेटी चढाएर हाम्रो कर्तव्य समाप्त हुँदैन। सेवाकाई सञ्चालनमा जब हामी परमेश्वरका दासहरुको निम्ति लगानी गर्छौ यसले हाम्रो जिवन र परिवारमा वृद्धि र आशिष लिएर आउँदछ। 

-गुप्त-दान (Alms)
मत्ती ६:१-४ 
“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।“यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌। तिम्रो दान गुप्‍तमा होस्‌, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ"
आवश्यकतामा परेका दिनदुखी र असहायलाई दिनु। यस प्रकारको देन मात्र एक यस्तो देन हो जुन परमेश्वरलाई नभएर मानिसलाई दिइन्छ। व्यक्तिको इज्जतको रक्षा हुने गरी गोपनियताका साथ दिनुपर्ने। 
यसको इनामको विषयमा ख्रिष्टले विशेष केन्द्रित भई प्रचार गर्नुभयो। 
 
"गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,  र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ" - हितोपदेश १९:१७



    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ


Comments