"ख्रीष्टमा म को हुँ?"

 "ख्रीष्टमा म को हुँ?" 


एक इशाईको निम्ति यो एक महत्वपूर्ण र संवेदनशील प्रश्न हो। यो नै एउटा इशाईको निम्ति उसको जिवनको विश्वासको जग हो। यसले हाम्रो आत्मिकी स्थितिको ( Spiritual position) बारेमा बोल्दछ। यो रहस्यमय पनि छ। 
सन २००४, अगस्ट ३१ को एकाबिहानै ५:०० बजे जियोर्जियाको बर्गर किंग रेस्टुरेन्ट अघि बिना कपडा नङ्गन अवस्थामा एक व्यक्ति भेटिन्छ जसलाई आफु को हुँ भन्ने थाहा हुँदैन। ऊ सँग केहि कागजातहरु भेटिदैँन र उसको पहिचान कुनै पनि सरकारी कार्यालयहरुमा खुल्न सक्दैन जसले गर्दा पुलिसहरु अझै दुविधामा र शंकामा पर्दछ। सन २००४ देखि २०१५ सम्म न त ऊ न कुनै प्रशासनहरुले उसको पहिचान, आफन्त र इष्टमित्र खुलाउन सक्छ। ऊ एउटा गुमनाम एलियनझै एक दशक पुलिस हिरासतमा रहन्छ। 
सन २०१५ को अन्तिमतिर 'आनुवंशिक जासुस काम' जुन पुलिसहरुले  वर्षभरि लगाएर गरेका थिए, यसले ती व्यक्तिको नाम विलियम बर्गेस पावेल रहेको र उनको जन्म अगस्ट २९  १९४८ मा भएको पत्ता लगाउँछ। उनको जिवन इतिहासमा २०औं वर्षभन्दा बढिको अन्तराल अझै पनि रहस्यमय र कुनै पनि कागजात रेकर्डबिना नै रहन्छ। 
हामी त्यो व्यक्ति भएको भए हाम्रो अवस्था कस्तो हुने थियो हामी कल्पना पनि गर्न सक्दैनौं। यो क्षनिक पृथ्वीको रहनमा हाम्रो सांसारिक पहिचान यति आवश्यक र महत्वको हुन्छ भने हाम्रो स्वर्गीय पहिचान कति महत्वको होला त? 
मानिसलाई लाग्न सक्छ उसले आफैलाई जति चिन्छ अरु कसैले चिन्न सक्दैन तर वास्तवमा मानिसले गलत पहिचान बोकेर हिडिँरहेको पनि हुन सक्छ। प्रविधि र सामाजिक सञ्जालको जवानामा हामी छिट्टै आफ्नो पहिचान विर्सिएर विभिन्न अरुको देखासिकि गरिरहेका हुन्छौं। यसलाई म हाम्रो आफ्नो पहिचानबाट भडकाउने दुविधा हो भन्न रुचाउँछु किनकि यसले हामीलाई क्षणभरको खुशी त दिन्छ तर साँचो पहिचानबाट सधैं पर राख्छ। परमेश्वर हामी मौलिक (original) भएको चाहनुहुन्छ तर यसको निम्ति सर्वप्रथम हामीले आफ्नो पहिचान पत्ता लगाउन आवश्यक छ। 
 
किन मलाई 'ख्रीष्टमा म को हुँ?' थाहा हुन आवश्यक छ? 
किनकि यसले तपाईको मौलिक, मूल र साँचो पहिचानलाई बोकेको हुन्छ। 
"When you know who your really are in Christ no one can break you"
जब तपाईले "म ख्रीष्टमा को हुँ" भनेर थाहा गर्नुहुन्छ तपाईले आफैलाई अलौकिक र विशेष नजरले हेर्न थाल्नुहुन्छ। मानिसहरुको तपाईप्रतिको दृष्टिकोण र प्रतिकृया ख्रीष्ट‌ले तपाईलाई हेर्ने नजरीयाको दाँजोमा कम महत्वको लाग्न थाल्दछ। तपाईले आफैलाई स्वतन्त्र महसुस गर्नुहुनेछ। बाइबलमा एउटा अचम्मको कुराचाहिँ परमेश्वरका दासहरुकाे हजारौं विरोधी, प्रतिद्वन्द्वी र शत्रुहरुको बाबजुद पनि परमेश्वरतर्फ र उहाँले दिनुभएको दर्शनमा लागीरहने अठोट र प्रतिबद्धता हो। 
जबसम्म हामीले "म ख्रीष्टमा को हुँ" भनी थाहा गर्दैनौ तबसम्म हामी सिमित र साँघुरो सोचको कारण परमेश्वरको ठूलो दर्शनलाई देख्न सक्दैनौ। 
पुरानो करारमा यस्तै घटना घटेको छ। अगमवक्ता एलीशाको चाकर गेहजीले चौतर्फी अरामीहरु शत्रुको सेनाहरुलाई देख्यो र भयभीत भयो तर एलीशाले चाहिँ ती शत्रुका सेनाहरुलाई पनि घेरिरहेको अग्निमय घोडाहरु र रथहरु देखे (१ राजा ६:१६-१७)। 
जब तपाईले "म ख्रीष्टमा को हुँ" भनी थाहा गर्नुहुन्छ, अब उप्रान्त तपाईले 'म सक्दिन' होइन,तर 'ख्रीष्टले सक्नुहुन्छ' भन्नुहुनेछ, 'यो असम्भव छ' होइन, तर 'ख्रीष्टमा सम्भव छ' भन्नुहुन्छ, 'मसँग छैन' होइन, तर 'ख्रीष्ट मेरो श्रोत हुनहुन्छ' भन्नुहुनेछ। 

तपाईको पहिचान ख्रीष्टमा 
YOUR IDENTITY IS IN CHRIST 
हिब्रूमा पहिचानलाई 'शेम' भनिन्छ जसको अर्थ 'नाम' हुन्छ। 
हिब्रू संस्कृतिमा शेम अर्थात नामले परिवार र सम्प्रदायकाे पहिचान बोकेको हुन्थ्यो। 
जब तपाईले ख्रीष्टलाई पछ्याउने निर्णय गर्नुहुन्छ, तब तपाई नयाँ सृष्टि हुनुहुनेछ। तपाईले ख्रीष्टमा नयाँ पहिचान र अस्तित्व प्राप्त गर्नुहुनेछ। यसकारण हामी देख्छौ कि पुरानो करारमा परमेश्वरले आफ्ना दासहरुलाई नयाँ पहिचानको रुपमा उनीहरुको नाम परिवर्तन गरिदिनुभएको छ। 
अब्राम (उच्च पिता) - अब्राहाम (असंख्य जातीको पिता) 
साराई( विवादस्पद/झगडालु) - सारा (राजकुमारी) 
याकूब (छलि व्यक्ति) - इस्राएल(परमप्रभुको लडाकु)
शावल-पावल
हामीले बुझ्न आवश्यक सत्यताचाहिँ सबै परमेश्वरद्धारा सृष्टि गरिएका हुन र उहाँ हरेकलाई उत्तिकै प्रेम गर्नुहुन्छ तर सबै उहाँको सन्तान होइन यसकारण सबैले परमेश्वरको परिवारको पहिचान प्राप्त गर्दैन। उहाँको परिवार हुनचाहीँ हामी स्वयम आफैले छनौट गर्नुपर्ने हुन्छ। 

"ख्रीष्टमा म को हुँ?" भनी थाहा गर्नुचाहिँ कुनै पनि व्यक्तिको निम्ति लुकिएको गाडधन भेट्टाउनुजस्तै हो। 'ख्रीष्टमा म को हुँ?' जति नै सरल र सहज देखिएता पनि वास्तवमा यो एक इशाईको निम्ति अनिवार्य र विछट्टै महत्वको छ किनकि यसले हाम्रो मूल र साचोँ पहिचानलाई बोकेको हुन्छ, यसले हाम्रो जिवनको मूल कारण (म यस पृथ्वीमा किन छु?) अर्थात हाम्रो जिवनको उद्धेश्यलाई बोकेको हुन्छ र ख्रीष्टमा हामी कति विशेष र अनमोल छौं भन्ने सत्यतालाई बोकेको हुन्छ। 
तपाईको पहिचान तपाईले गर्ने काममा होइन तर ख्रीष्टमा निर्भर हुन्छ। पावल आफ्नो पहिचान ख्रीष्टमा भएर दिन्छन्, 
"परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई: "- एफिसी १:१
यहाँ पावल आफ्नो मात्र नभएर एफिसी मण्डलीका विश्वासीहरुको परिचय पनि ख्रीष्टद्धारा दिन मन पराउँछन्। 
मानिसले आफ्नो पहिचानलाई चिन्नुअघि उसले ख्रीष्टलाई चिन्नु अनिवार्य छ। यसकारण "ख्रीष्टमा म को हुँ?" औधी महत्वको छ। के तपाईले यहाँ देखिरहनुभएको छ 'म'अघि 'ख्रीष्ट' आएझैं तपाईले आफैलाई चिन्नु अघि ख्रीष्टलाई चिन्न आवश्यक छ। 
हामीलाई याद छ पावलले पनि आफुलाई चिन्न सकेका थिएनन जब उनी शावल थिए र उनले आफु इशाईलाई सताउने क्रुर व्यक्ति हुँ भनि ठान्थे तर उनको साचोँ पहिचान केवल ख्रीष्टलाई मात्र थाहा थियो। वास्तवमा उनी कोमल, दयालु, नम्र, क्षमावान, एक मेहेनती र परिश्रमी सुसमाचारक र मिशिनेरी थिए। 
पावलले आफुलाई चिन्नु अघि ख्रीष्टलाई चिन्न आवश्यक थियो। यसकारण जब उनी आफ्नो गलत पहिचान बोकेर दमस्कसको यात्रामा थिए तब उनी यो बोल्न बाध्य भए कि "प्रभु, तपाई को हुनुहुन्छ?" -(प्रेरित ९:४)

आखिर ख्रीष्टमा म को हुँ? 
पत्रुस भन्छन, "तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक" - १ पत्रुस २:९
शैतान हाम्रो साँचो पहिचान खोस्न चाहन्छ। यसको हतियारहरुमध्ये मानिसको राय एक हो। धेरैपटक हामी परमेश्वरको भन्दा पनि मानिसको रायहरुको आधारमा आफैलाई हेरिरहेका हुन्छौं। 
"किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं, त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दु:ख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं" - रोमी ८:१५-१७
सत्रौं शताब्दीका भौतिकशास्त्री र गणितिफ्रान्सेली गणितज्ञ, भौतिकशास्त्री, आविष्कारक, दार्शनिक, लेखक, र क्याथोलिक धर्मशास्त्री
"हामी न केवल येशुख्रीष्टद्धारा मात्र परमेश्वरलाई चिन्दैनौं, तर हामी आफैलाई पनि येशुख्रीष्टद्धारा चिन्दछौं। हामी केवल ख्रीष्टद्धारा जिवन र मृत्यु जान्दछौं। येशुख्रीष्टबाहेक, हामी जान्दैनौ कि हाम्रो जीवन के हो, न हाम्रो मृत्यु, न परमेश्वर, न त आफैं" - ब्लेजी पास्कल 
'ख्रीष्टमा'(In Christ) भन्ने शब्द बाइबलमा १४० पटक उल्लेख गरिएको छ। यसले हामी हरेक ख्रीष्टमा रहनुपर्ने आवश्यकतालाई दर्शाउँछ। बाइबलमा 'इशाई' शब्द केहि पटक मात्र उल्लेख गरिएको छ। इशाईको सट्टा बाइबलले 'येशुख्रीष्टमा' भन्ने शब्दलाई उच्चारण गरेको छ र ३५औं पटकसम्म परमेश्वरले यसरी भन्नुभएको छ, "यसकारण तिमी ख्रीष्टमा भएकोले तिम्रो साँचो पहिचान यहाँ छ..."

तपाईको साँचो मूल पहिचान :
१. चुनिएका वंश : म पुर्ण रुपमा ग्रहण (स्विकारीनु) गरिएको छु। मानिसको निम्ति त्यागिनु चोटपुर्ण हुँदछ। याद गर्नुहोस् यदि तपाई मण्डलीको सेवामा स्विकारिनुभएन अथवा कसैले वास्ता गरेन भने तपाई त्यो मण्डल जानुहुन्न। हामी स्विकारीनको निम्ति गलत कुरा गर्न पनि तयार हुन्छौं। स्विकारिनुले तपाईको मुल्य र तपाईको महत्वलाई दर्शाउँछ। 
पावल लेख्छन्, "पृथ्वीको जग बसालिनुअघि परमेश्वरले हामीलाई चुन्नुभयो"- (एफिसी १:४)।
के तपाई कल्पना गर्न सक्नुहुन्छ, पृथ्वीको कुनै नामोनिशान नहुँदै, परमेश्वरको मष्तिष्कमा तपाई हुनुहुन्थ्यो, उहाँ तपाईको बारेमा दिनरात सोच्नुहुन्थ्यो।
भजनकर्ताले ठिकै भनेका हुन,
"जब अदृश्‍यमा म बनिँदैथिएँ,  मेरो रचना तपाईंबाट लुकेको थिएन।  अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे।  मेरो निम्‍ति नियुक्त गरिएको आयु  तपाईंको पुस्‍तकमा लेखिएको थियो।  त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए" - भजनसंग्रह १३९:१५-१६
२. राजकिय पुजारीगिरी : 
३. पवित्र जाती : म अत्यन्तै मूल्यवान छु। पवित्रताले अनमोलता/मूल्यवानलाई जनाउँदछ। मूल्यवान कुराले सधैं यसको स्वामित्वपनको (मालिक) बारे बोल्दछ।
यदि तपाईको मालिक परमेश्वर हुनुहुन्छ भने तपाई अनमोल हुनहुन्छ। व्यवस्था ७:६ खण्डले यसरी भन्दछ, 
"किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ.... एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति" 
४. परमेश्वरका निजी प्रजा 
५. कृपा पाएको जाती


    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ


Comments