वचन विषय : " विपत्तिमाझ आशिष / Blessing in the midst of crisis "
वचन वक्ता : कबिराज राई
- आशिषित कसरी हुने?
- आशिषित व्यक्तिको चरित्र/स्वभाव/गुण कस्तो हुन्छ?
यी दुई प्रश्नहरु थोरै भिन्न लागे तापनि यी प्रश्नहरुले मूल अर्थ एउटै बोकेको छ। जसरी हामी सफल हुन सफल व्यक्तिको चरित्र र स्वभावलाई नियाल्ने, जसरी धनी हुन धनी व्यक्तिको जिवनशैली र गुणलाई अध्ययन गर्ने गर्छौ, यदि हामी आफैलाई आशिषित बनाउन चाहन्छौ भने बाइबलमा फर्केर बाइबलको आशिषित व्यक्तिको चरित्रलाई अध्ययन गर्नैपर्छ।
चरित्र/स्वभाव/गुण किन महत्वपूर्ण छ?
चरित्र/स्वभाव/गुणलाई ग्रीक शब्दमा "काराक्टर" (charaktēr/χαρακτήρ) भनिन्छ । यस शब्दको मूल क्रिया शब्द "कारास्सो" (charasso) हो जसको अर्थ "कुनै सिक्कामा खोल्नु वा छाप्नु" हुन्छ।
उदाहरणको निम्ति येशूख्रिष्टको समयमा सिक्कामा कैसरको प्रतिमा खोपिएको हुन्थ्यो र जो कोहीले कैसर कस्तो थियो होला भन्ने अन्दाज आज पनि लगाउन सक्छन्।
चरित्र/स्वभाव/गुणले हाम्रो आत्मिक स्तरलाई जनाउँदछ।
आशिषित व्यक्तिको चरित्र/स्वभाव/गुणहरु :
१. आशिषित व्यक्तिले आफ्नो संगतलाई काटछाँट गर्छ ( भजनसंग्रह १:१,१कोरन्थी १५:३३)
"आशिषित व्यक्तिले 'के गर्छ' भन्दा पनि 'के गर्दैन' भन्ने महत्वपूर्ण हुन्छ "
"गलत भीडको सहयात्री हुनुभन्दा, भीडबाट अलग्गिनु असल हो"
"आत्मिक युद्धहरु असल सल्लाहले जितिन्छ " ।
यस खण्डले अन्यविश्वासी मानिसहरुसँग संगत नै नगर्नु अवश्य भनेको होइन्।
"संसार परिवर्तन गर्ने इसाईहरु ती हुन जसलाई संसारले परिवर्तन गर्न सक्तैन्"
जब पत्रूस भीडमा रोकिएर उनीहरुबिच खडा भए तब उनले यशूख्रिष्टलाई इन्कार गरे।
२. वचन आधारित जिवन (भजनसंग्रह १:२,यहोशू १:८)
आशिषित व्यक्तिले के गर्छ?
"वचन आधारित जिवन जिउने व्यक्तिको जिवनमा आशिष आउँछ र आशिषित व्यक्ति सधैं वचन आधारित जिवन जिउँछ"
पदहरु : लूका ११:२८, रोमी १०:१७
वचनलाई मनन गर्नु
मननलाई जनाउने हिब्रू शब्द 'हेग्गा'को अर्थ 'उग्राएर चपाएर खानु' हुन्छ।
३. आशिषित व्यक्ति हरेक परिस्थितिमा स्थिर रहन्छ (भजन. १:३)
जरा गाडिएको रुख
हाम्रो विश्वासको जरा कहाँ गाडिएको छ?
"Root problem is the fruit problem"
४. आशिषित व्यक्ति प्रभुको भयमा जिउँदछ(भजन. ११२:१)
भयलाई हिब्रूमा 'यारा' भनिन्छ कसको तीन पत्रे अर्थ हुन्छ :
- डर, आतंक
- समर्पणताकासाथ खडा हुनु
- आदर वा सम्मान गर्नु
"परमप्रभुको भय नै बुद्धिको सुरुवात हो"
५. आशिषित व्यक्ति वचनप्रति आज्ञाकारी हुदँछ (१ शमूएल १५:२२-२३)
"परमेश्वरको डर मान्निमात्र पर्याप्त छैन, हामीले उहाँलाई प्रेम पनि गर्नुपर्छ। डरले हामीलाई खराबीबाट बचाउँछ, जबकि प्रेमले हामीलाई आज्ञाकारीतामा डोर्याउछ" - क्लर्क

Comments
Post a Comment