outline of sermon :
मिति :२०७८-०३-०५
वचनको विषय : महामारी माझ आशिष (Blessing in the midst of crisis)
जब हाम्रो जिवन चौतर्फी बाँधा र समस्याले घेरिदछ, जब हामी जिवनमा असह्यय महसुस गर्दछौ त्यस्तो परिस्थिति र अवस्थामा यी प्रश्नहरु हाम्रो मनको कुनै कुनामा उब्जिएको हुन्छ :
-के म र मेरा घरानालाई परमेश्वरले आशिष दिनुभएको छ त?
-के म साँच्चै आशिषित व्यक्ति हुँ?
-परमेश्वरले वचनमा आफ्नो जनहरुलाई आशिषको प्रतिज्ञा गर्नुभएको छ, तर म किन मेरो जिवनमा आशिष देख्दिन?
यी सबै प्रश्नहरुको उत्तर नपाउँदा त्यसले झनै हामीलाई पिरोलेको पनि होला। यी सबै प्रश्नहरुको उत्तर दिन अघि हामीले केही बाइबलिय सत्यतालाई बुझ्न आश्यक छ ।
आजको वचन : एफिसी १:३-४
यस खण्डमा हामी देख्न सक्छौ, परमेश्वरले संसारको उत्पत्तिभन्दा अघिबाटै हाम्रो निम्ति स्वर्गीय स्थानहरुमा हरेक आशिष साच्नुँभएको रहेछ।
सत्यता चाहिँ यहि हो कि हामी पहिले नै आशिषत जनहरु हौं ।
"तपाई आशिषित हुने प्रकृयाको पहिलो कदम चाहिँ तपाई पहिल्यै आशिषित हुनुहुन्छ भनि थाहा गर्नु हो"- ब्रायन्ट म्याकगिल
आशिष के हो? "आशिषित हुनु"को अर्थ के हो?
जब हामी आशिषलाई पहिचान गर्न असफल हुन्छौ, तब आशिषित जिवन जिउन पनि असफल हुन्छौ।
बाइबलमा आशिषलाई जनाउने दुई शब्द :
-हिब्रू शब्द : "बराख" (בְּרָכָה; בְּרָכוֹת)
अर्थ : उपहार वा भेटी ; झुक्नु वा घुडाँ टेक्नु
एक शब्दमा : "आदरसाथ घुडाँ टेकी उपहार ल्याउनु"
" ती आशिषहरु मीठा हुन्छन्, जुन प्रार्थनाद्धारा जितिएको हुन्छ र धन्यवादसहित प्रयोग गरिन्छ" - थोमस गुडविन
- ग्रीक शब्द : "मकारिओस" (Μακάριος)
अर्थ : खुशी
विवादित सिद्धान्त (Controversial Doctrine) :
"आशिष" भन्ने बित्तिकै हाम्रो मगजमा पैसा, भौतिक चिजबिज, आर्थिक लाभ, सफलता, ख्याती,चङ्गाई, सम्पत्ति आदि जस्ता थोकहरु मात्र आउँछ।
अवश्य पनि, यी थोकहरु पनि आशिषको प्रकारहरुमध्यको एक हो, तर सम्पूर्ण आशिष नै चाहिँ अवश्य होइन। परमेश्वरले पनि बाइबलमा आफ्ना जनहरुलाई यी कुराहरुद्धारा आशिष दिनुभयो तर ती जनहरुले कहिले पनि यी आशिषलाई प्राथमिकतामा राखेनन । उनीहरुले परमेश्वरले दिनुभएको आत्मिक आशिषको तुलनामा यी भौतिक थोकलाई नगन्य सम्झिए ।
KR MINISTRY
Follow us on Facebook :
Subscribe to our youtube Channel:


Comments
Post a Comment