प्रभुका सात आत्माहरु
प्रभुका सात आत्माहरु पवित्र आत्माको विस्तारित व्यक्तित्वहरु हुन्। यी 'सात आत्माहरु'लाई प्रकाशको पुस्तकमा उल्लेख गरिएको छ (प्रकाश१:४, ३:१, ४:५ र ५:६) । प्रकाश १ः४ अनुसार यी सात आत्माहरु परमरश्वरको सिंहासन अघि रहन्छन्। येशू ख्रीष्टमा यी प्रभुका सात आत्मा भएको प्रकाश ३ः१ बताउँछ। यी सात आत्माहरुलाई अझै स्पष्ट पार्न मानव शरीरलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ। हात र औंलाहरू हाम्रै अंगको विस्तारित हिस्साहरु भए जस्तै सात आत्माहरु पनि पवित्र आत्माको व्यक्तित्वका विस्तारित अंशहरु हुन्।
प्रकाशको पुस्तकमा सात आत्माहरु प्रतीकका रुपमा सात बत्तीहरुझैं देखिन्छन् । प्रकाश ४ः५ मा लेखिएको छ, "त्यस सिंहासनबाट बिजुलीहरु, आवाजहरु र गर्जनेहरु निस्केर आउँथे र त्यस सिंहासनको सामुन्ने आगोका सातवटा बत्तीहरु बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरु हुन्।" सात आत्माहरुलाई यहाँ आगोका सात बत्तीहरुले प्रतिनिधित्व गरिरहेको छ।
यशैया ११ः२ मा हाम्रो निम्ति सात आत्माहरुको व्याख्या गरिएको छ, "परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ– बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा" । तम्बुमा एउटै बिचको मुख्य बत्तीबाट तीन जोडी (छ वटा) हाँगाहरु फैलिएको एउटा सामदान थियो। यो बिचको बत्तीले प्रभुलाई देखाउँछ । यसैमा जोडिएको अरु छवटा बुद्धि, समझ, सल्लाह, बल, ज्ञान र प्रभुको भय हुन्।
सात आत्माहरुले परमेश्वर पवित्र आत्माको सन्दर्भमा प्रतिनिधित्व गर्नुहुन्छ भनि देखाउँदछ, जो परमेश्वरको सिद्ध र पवित्र आत्मा हुनुहुन्छ। कुनै पनि हिसाबले यो सङ्ख्याले परमेश्वरको त्रिएक प्रकृतिलाई विरोधाभासपूर्ण रुपमा प्रश्तुत गर्दैन्, न त यसले त्यहाँ परमेश्वरलाई प्रतिनिधित्व गर्ने सात आत्माहरु छन् भन्ने कुरालाई नै संकेत गर्दछ।
KR MINISTRY
Follow us on Facebook :
Subscribe to our youtube Channel:



Please add follow option
ReplyDeleteThis comment has been removed by a blog administrator.
Deletethank you
Deletewe will do that
This comment has been removed by a blog administrator.
ReplyDeleteplease check our other articles as well
ReplyDelete