परमेश्वोरको नाउहरू - जसले उहाका गुण र स्वभावहरुलाई प्रस्तुत गर्दछ

     प्रिय मित्र, तपाई आपदको समयमा कता दगुर्नुहुन्छ? समस्या, चिन्ता र डरका सतावटहरुले तपाइको खेदो गर्दा; परीक्षा, भ्रष्टता र दुष्टताका शक्तिहरुले तपाइलाई पराजित गर्न खोज्दा; तपाइको शक्ति खर्च हुदा; कमजोरीले शिथिल पार्दा; तपाइले अझ भाग्न नसक्ने महसुस गर्नुहुदा, तपाई कता लाग्नुहुन्छ ? के तपाई हाम्रा रक्षकतर्फ फर्किनुहुन्छ, उहा नै जो अंगालो खुल्ला राखेर उभिनुहुन्छ र तपाई आएर उहाको सर्वोच् सुरक्षामा आफुलाई लुकाउनुहोस भनी पर्खिरहनुहुन्छ ? 

     "परमप्रभुको नाउ एक बलियो धरहरा हो; धर्मीहरु त्यहाँ दगुर्दै जान्छन र सुरक्षित हुन्छन" (हितोपदेश १८:१० ) । हिब्रू संस्कृतिमा एक व्यक्तिको नाउले उसको स्वभाव र गुणलाई प्रश्तुत गर्दछ यसकारण जब हामीलाई परमेश्वोरको नाउ थाहा हुन्छ तब उहाको व्यक्तित्व, गुण र स्वभावलाई पनि थाहा गर्न सक्छौ। उहालाई अझै नजिकबाट चिन्न सक्छौ । हाम्रो मनले खाएको मानिसको चरित्र, स्वभाव र व्यक्तित्व जान्न र अध्ध्यन गर्न हामीलाई मनपर्छ। परमेश्वोर हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। जब हामी उहाको व्यक्तित्वको विषयमा अध्ध्यन गर्छौ, यसले हामीलाई केवल उहाको बारेमा जान्न मात्र होइन तर उहालाई चिन्न अझ बढी मदत गर्नेछ। 

        पवित्र धर्मशास्त्रले भन्दछ, "कोहि रथहरुमा र कोहि घोडाहरुमाथि भरोसा गर्छन, तर हामी त परमप्रभु हाम्रा परमेश्वोरकै नाउमा भरोसा गर्छौ" (भजनसंग्रह २०:७) । पुरानो करारको समयमा रथहरु र घोडाहरु सुरक्षाक र भागाईका माध्यम थिए। तर ती सुरक्षाका माध्यमहरु भन्दा पनि महान सुरक्षा त हाम्रा परमप्रभु नै हुनुहुन्छ। "युद्दका दिनको लागि घोडा तयार परिन्छ, तर विजयचाही परम्प्रभुकै हातमा हुन्छ" (हितोपदेश २१:३१) 




  आउनुहोस् हाम्रा परमप्रभुको महत्वपुर्ण नाउ र त्यसका अर्थहरुलाई हेरौ : 

 १. एलोहिम : ईश्वरहरुका ईश्वर, सृष्टीकर्ता "हे हाम्रा प्रभु र परमेश्वोर, तपाई महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईले नै सृष्टी गर्नुभएको हो, र तपाईकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टी भयो" - प्रकाश ४:११ 

 २. एल एलियोन : सर्वोच्चको परमेश्वोर "मेरो निम्ति सबै कुरा गर्नुहुने परमेश्वोरमा, सर्वोच्च परमेश्वोरमा म पुकार गर्नेछु" -भ.सं. ५७:२ 

 ३. एल रोइ : देख्नुहुने परमेश्वोर "हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउ दिई, 'मलाई देख्नुहुने परमेश्वोर तपाई हुनुहुन्छ' " - (उत्पत्ति १६:१३) 
 ४. एल शद्दाई : सुपर्याप्त परमेश्वोर "म सर्वशक्तिमान परमेश्वोर (एल शद्दाई ) हु। मेरो सामु हिड, र निर्दोष भएर बस। " -उत्पत्ति १७:१ 

 ५. अदोनाइ : परमप्रभु, प्रभु, मालिक "मैले परमप्रभुलाई भनेको छु 'तपाई मेरा प्रभु (अदोनाइ) हुनुहुन्छ। तपाईबाहेक मेरो निम्ति अरु कुनै राम्रो कुरा छैन"- भ.सं. १६:२     

६. यहोवा-यिरे : परमप्रभुले जुटाउनुहुन्छ "मेरा परमेश्वोरले आफ्नो महिमामा उहाको सम्पत्तिअनुसार तिमीहरुको हरेक खाचो ख्रीष्ट येशूमा पुरा गरिदिनुहुनेछ" - फिलिप्पी ४:१९ 

 ७. यहोवा- राफा : चंगाई दिनुहुने परमप्रभु "हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाच्नेछु, किनकि मेरो प्रशंसाको पत्र तपाई नै हुनुहुन्छ" - यर्मिया १७:१४ 

 ८. यहोवा-निस्सी : परमप्रभु मेरो झन्डा "तर परमेश्वोरलाई धन्यवाद होस्, उहाले हामीलाई ख्रीष्टमा सधै विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ"- २ कोरन्थी २:१४ 

 ९. यहोवा-मेकोद्दिश्किम : परमप्रभुले तपाइलाई पवित्र तुल्याउनुहुन्छ "तिमीहरुले मेरा विधिहरु पालन गर। तिमीहरुलाई पवित्र तुल्याउने परमप्रभु म नै हु" - लेवी २०:८  

१०. यहोवा-शलोम : परमप्रभु शान्ति हुनुहुन्छ "शान्ति म तिमीहरुसंग छोडीराख्छु। म आफ्नो शान्ति तिमीहरुलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरुलाई दिदिन। तिमीहरुको हृदय व्याकुल नहोस् र भयभीत नहोस् "- यूहन्ना १४:२६ 

 ११. यहोवा-सबाओथ : सेनाहरुका परमप्रभु "सेनाहरुका परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वोर हाम्रो शरणस्थान हुनुहुन्छ" - भ.सं. ४६:७ 

 १२. यहोवा- राह : परमप्रभु मेरो गोठालो "परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहि कुराको अभाव हुदैन" - भ.सं. २३:१ 

 १३. यहोवा-सिद्केनु : परमप्रभु हाम्रो धार्मिकता "किनकि हामी उहामा परमेश्वोरको धार्मिकता बन्न सकौ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वोरले हाम्रा खातिर पाप बनाउनुभयो"- २ कोरन्थी५:२१ 

 १४. यहोवा-सामा : परमप्रभु यहि हुनुहुन्छ "तपाइको नाउ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईमा राख्छन, किनकि हे परमप्रभु, तपाइको खोजि गर्नेहरुलाई तपाईले त्याग्नुभएको छैन" - भ.सं. ९:१०










Follow Us on Facebook:

Subscribe to Our Yourube Channel:




Comments