के समलिंगी व्यक्तिलाई धर्मशास्त्रले ग्रहण गर्दछ? धर्मशास्त्रले उनीहरुलाई कसरी प्रस्तुत गरेको छ?

सम्पूर्ण परमेस्वरका जनहरुमा जयमसिह !!!


 



                     आज हामीले अध्ययन गर्ने विषय सारै संवेदनशील महत्वपूर्ण छ। यस विषयलाई लिएर हाम्रो आफ्नै-आफ्नै धारणा विचारहरु हुनसक्छ त्यस्तै मंडलीहरुको पनि -आफ्नै फरक-फरक धारणाहरु हुन सक्छ तर हाम्रो तर्क विचाहरु भन्दा पनि पवित्र धर्मशास्त्रले समलिङ्गि समलैङ्गिकताको विषयमा  कस्तो धारणा सैद्धान्तिक विचारहरुलाई राख्दछ यसलाई बुझन औधी आवश्यक हुदछ। आज हाम्रो विचार, धारणा, तर्क मूल्यमान्यता बाइबल आधारित नहुदा मण्डलीले संसारमा प्रभावकारी भूमिका खेल्न असफल भैरहेको छ। हाम्रो मण्डलीको मूल्यमान्यता बाइबल आधारित या छैन यसको मापन हुनुपर्छ। आउनुहोस् आजको विषयलाई विस्तृत रुपमा हेरौ :


समलिङ्गि को हुन्?
         ती व्यक्ति जसको हृदय जन्मजात नै जैविक रुपमा आफ्नै लैंगिक मानिसप्रति आकर्षित हुदछ, ती नै समलिङ्गि हुन्  उनीहरु आफ्नो विपरित लिङ्गप्रति नभएर आफ्नै लिङ्गप्रति आकर्षित हुन्छन् ( एउटा पुरुष अर्को पुरुषप्रति आकर्षित हुनु, एक महिला अर्को महिलाप्रति आकर्षित हुनु 

समलैंगिकता के हो?
         समलैंगिकता आफ्नै लिङ्गका व्यक्तिप्रति आकर्षित भइ त्यस्ता क्रियाकलाप गतिविधिहरुमा (जस्तै : समलिङ्गि विवाह, समलिङ्गि सम्बन्ध अन्य अनैतिक सम्बन्धसामेल हुनु जसमा एकै लिङ्गका दुई व्यक्तिहरु सहभागी हुदछन्  धेरै राष्ट्रहरुले समलिङ्गि विवाहलाई वैधानिक रुपमा कानुनी स्वतन्त्रता दिइसकेको छ। नेपालको १६ सेप्टेम्बेर,२०१५ को संविधानसभामा समलिङ्गिहरुको हक अधिकारको विषयमा सम्बोधन गरिएता पनि उनीहरुको विवाहको विषयमा भने सम्बोधन गरिएको छैन तर समलिङ्गि समुदायले निरन्तर यसको निम्ति आवाज उठाइरहेका छन्। आज संसारभरि समलिङ्गिहरु प्रशस्तै मात्रामा पाउछौ हामीलाई यो कुनै नौलो कुरा पनि लाग्न छाडिसक्यो। तर जब इशाई  बाइबलीय मूल्यमान्यताका कुरा आउद्छ हामी इशाईहरु धेरै पटक हाम्रो आफ्नै धारणा तर्कहरुलाई अगाडी सार्छौ। कति पटक हाम्रो धारणा तर्कहरुका आधारमा हामी समलिङ्गि व्यक्तिहरुलाई घृणा गर्छौ उनीहरुलाई चोट पुर्याइरहेको हुन्छौ भने कति पटक हामी अन्जानमा उनीहरुको अनैतिक गतिविधिलाई समर्थन पनि गरिरहेका हुन्छौ तर हामीले आफ्नै मूल्यमान्यता  सिद्धान्तहरुको आधारमा कसैको न्याय गर्नु भन्दा पनि पवित्र धर्मशास्त्रलाई हाम्रो धारणा, तर्क, मूल्यमान्यता र सिद्धान्तहरुको जग बनाई हेरौं न :

धर्मशास्त्रले समलिङ्गि समलैंगिकताको विषयमा के भन्दछ?
         हामीले बुझन आवश्यक  पहिलो आधारभूत वास्तविकता चाहिँ समलिङ्गि समलैंगिकताको भिन्नता हो। 
समलिङ्गि एक व्यक्ति हो जसको हृदय आफ्नै लिङ्गप्रति आकर्षित हुदछ तर समलैंगिकता ती अनैतिक क्रियाकलाप हो जसमा समलिङ्गि व्यक्तिहरुले आफ्नो स्वभावलाई प्रस्फुटित पार्दै त्यस्ता अनैतिक गतिविधिहरुमा सहभागी हुन्छन। अवश्य पनि धर्मशास्त्रले समलैंगिकतालाई पापको रुपमा प्रश्तुत गरेको यो परमेस्वरको योजनाभित्र पर्दैन किनकि उहाले विवाह त्यसभित्रको सम्पूर्ण करारको निम्ति पुरुष स्त्री बनाउनुभयो (उत्पत्ति :२१-२४ कुनै पनि समलैंगिक अनैतिक क्रियाकलापहरुलाई पुरानो नया करारले कडाईका साथ प्रतिबन्ध गरेको छ। 
  • लेवी १८:२२, २०:१३
  • रोमी :२६-२८  
  • कोरन्थी :
  • तिमोथी :१० 
माथि उल्लेखित सम्पूर्ण खण्डहरु स्पष्ट रहेको सिवाय  कोरन्थी : जसमा केहि अधर्मी व्यक्तिहरुमध्ये "समलिङ्गिहरु पनि परमेस्वरका राज्यको हकदार हुनेछैनन् " भनी उल्लेख गरिएको ,
 के यस खण्डले कोहि समलिङ्गि पनि स्वर्ग प्रवेश गर्ने छैन भनि उल्लेख गरेको हो? के समलिङ्गि भएर जन्म लिनु नै एक समलिङ्गि व्यक्तिको निम्ति क्षमा हुनै नसक्ने पाप हो?
हामी यी सबै प्रस्नहरुको जवाब एकै उत्तरमा प्राप्त गर्न सक्छौ ; कोरन्थी : खण्डमा उल्लेख भएको समलिङ्गि शब्दलाई ग्रीकमा "आर्सेनोकोइटाई " भनिन्छ जसको अर्थ ती समलिङ्गिहरु - पुरुषहरु जो अन्य पुरुषसँग ओछ्यानमा यौन गतिविधिमा संलग्न हुदछ। वास्तवमा यहाँ पावलले समलिङ्गि व्यक्तिहरु बिरूद्ध नभएर ती समलिङ्गि व्यक्तिहरु जो समलैंगिकताका विभिन्न अनैतिक क्रियाकलापहरुमा सहभागी हुन्छन उनीहरुको बिरूद्ध कडा चेतावनी दिदै त्यस्ता व्यक्तिहरु परमेस्वरका राज्यको हकदार हुनेछैनन् भन्दछन्। मलाई आशा यस उत्तरले माथिका सम्पूर्ण प्रस्नहरुलाई समेटेको छ। 


के परमेस्वरले समलिङ्गिहरुको कारण सदोमलाई नाश  गर्नुभएको हो?
अवश्य, पनि परमेस्वरले सदोम सहरलाई समलिङ्गि मानिसहरुको कारण नाश गर्नुभएको होइन। हामीलाई याद , उहाले अब्राहामको विन्ती सुनेर सदोमका धर्मीजनहरूका खातिर त्यस सहरलाई नाश गर्नु भएन (उत्पत्ती १८) उदेकको कुरा चाहिँ, ती धर्मीजनहरु को थिए उनीहरुको विषयमा धर्मशास्त्र मौन छ। यदि ती धर्मी जनहरु समलिङ्गिहरु थिए भने पनि उहाले त्यस सहरलाई बचाउनु नै हुनेथियो। यसकारण उहाले समलिङ्गि मानिसहरुको कारण होइन तर त्यहाका समलिङ्गिहरुको संगलैंगिक क्रियाकलापहरुको कारण सदोम सहरको नाश गर्नुभयो (उत्पत्ति १९ :)





एक इशाईले समलिङ्गि व्यक्तिहरुप्रति कस्तो व्यवहार गर्नुपर्छ उनीहरुलाई कस्तो प्रतिक्रिया दिनुपर्छ?

एक इशाई भएको नाताले हामी सबैले बुझ्नुपर्छ :

  • परमेस्वर प्रत्येकलाई प्रेम गर्नुहुन्छ : परमेस्वर आफ्ना जनहरु सबैले आफ्नो पूत्र येशुमा पश्चात्ताप विश्वास गरि कोही पनि नष्ट नहोस् भनी इच्छा गर्नुहुन्छ ( पत्रुस :) जसरि परमेस्वरले पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई प्रेम गर्नुहुन्छ त्यसै गरि समलैङ्गिक क्रियाकलापहरुलाई घृणा गर्नुहुन्छ तर समलिङ्गिहरुलाई प्रेम गर्नु हुन्छ
  • एक समलिङ्गि व्यक्ति प्रेम सम्मानका साथ व्यवहार गरिन योग्य छन् :कोहि पनि त्यागिएको महसूस गर्न चाहदैन् सबै नै पश्चाताप प्रेमको योग्य छन् किनकि परमेस्वर हामी प्रत्येकलाई प्रेम गर्नु हुन्छ क्षमा दिन तत्पर तयार हुनुहुन्छ (यूहन्ना :१६,मर्कूस :१५ उनीहरुलाई परमेस्वरसँगको सम्बन्धमा आउन तपाईको प्रेम सरसल्लाहको खाचो हुन्छ क्षमा अनन्तको जीवन सबैको निम्ति  हो। 
  • जहाँ सबै व्यक्तिहरुलाई प्रेम सम्मान व्यवहार गर्ने कुरा आउदछ्, हामी उनीहरुलाई साचो प्रेम गर्न सक्दैनौ यदी उनीहरुको अबाइबलीय जीवनप्रति हामी असमर्थ भएनौ भनेसाचो प्रेमले गलतलाई गलत नै भन्दछ यसकारण हामी उनीहरुको अनैतिक  क्रियाकलापलाई समर्थन गर्न सक्दैनौ किनकि त्यस्ता अनैतिक क्रियाकलाप पाप हो। आज हामीले उनीहरुलाई यस बन्धनबाट मुक्त गराउन महत्वपूर्ण भूमिका खेल्नु परेको  छ। 


मण्डलीले बुझ्नु पर्ने :
         हाम्रो साघुरो सोच  धारणाका कारण आज मण्डली भित्रका हाम्रा विस्वासी परिवारका कोहि समलिङ्गि सदस्य भित्रभित्रै आफ्नो पहिचान गुम्स्याएर प्रत्येक दिन मर्न बाध्य छन्। हामीले उनीहरु आफैलाई प्रस्तुत गर्न सक्ने वातावरण बनाउन अती नै  आवश्यक छ। हामी बाइबलभित्रका असंख्य खण्डहरुलाई समलिङ्गि व्यक्तिहरुमाथि हतियारको रुपमा प्रयोग गरिरहेका हुन्छौ तर यस तरिकामा बाइबलीय खण्डहरुलाई प्रयोग गर्नु वास्तवमै धर्मशास्त्रको दुरुपयोग हो। धेरै समलिङ्गि इशाईहरु आफ्नो विस्वासलाई उनीहरुको लिङ्ग वा यौन पहिचानसँग मिलाप गर्न संघर्ष गरिरहेका हुन्छन् जसले आत्महानी वा आत्महत्यातिर डोर्याउद्छ।  मण्डली भित्र हाम्रो साघुरो सोच चोटपूर्ण तर्कहरुका कारण अथाहा रुपमा आफैलाई दब्याएर आफ्नो संगलिङ्गि पहिचानलाई लुकाउन उनीहरु  बाध्य छन्। 
उनीहरु पनि परमेस्वरको नजरमा उत्तिकै विशेष छन्  किनकि प्रत्येकलाई परमेस्वरले सृजनु भएको हो  (भजनसंग्रह १३९:१३-१६)  उनीहरुलाई परमेस्वरको राज्यमा डोर्याउन  प्रेम,परामर्श,निर्देशन,ग्रहण हाम्रो साथको जरुरत हुदछ नकि हाम्रो तर्क, त्याग तिरस्कार  उनीहरुलाई हामीले ग्रहण गर्न आवश्यक छ। मण्डलीले उनीहरुलाई  पश्चातापको मार्गमा डोर्याउदै परमेस्वरसंगको संबन्धमा लिएर जाने मध्यस्थकर्ताकोभूमिका खेल्नु पर्छ। विस्वास गर्दछु कि यो  लेखलाई अध्ययन गरे पस्चात उनीहरुलाई हेर्ने तपाईको दृष्टिकोण फरक हुनेछ। 
मण्डलीले संझौता गर्नै नमिल्ने कुरा चाहिँ समलैङ्गिकतालाई  समर्थन गर्नु हो। आज धेरै मण्डलीहरुले समलैङ्गिक विवाह, समलैङ्गिक सम्बन्धहरूलाई मण्डली भित्र अपनाएका छन्। समलैंगिकता पाप हो यसलाई पाप जसरि नै व्यवहार गरिनुपर्छ। कुनै सरकार त्यसको वैधानिक्त्वले समलैंगिकतालाई अपनाए तापनि यदि त्यो पवित्र धर्मशास्त्रसँग बाझिन आउछ भने हामी त्यसलाई आपनाउन सक्दैनौ।यसकारण  मण्डलीले समलिङ्गि व्यक्तिलाई ग्रहण गरे तापनि उसको अनैतिक क्रियाकलापलाई कदमकदाचीत ग्रहण गर्दैन। 



के  समलैंगिकताको समाधान सम्भव ?








          कविराज राई 
(के.आर मिनिष्ट्री)


Comments