के धर्मशास्त्रले गर्भपातलाई अनुमति दिद्छ?

के धर्मशास्त्रले गर्भपातलाई अनुमति दिद्छ?


सम्पूर्ण परमेस्वरका जनहरुमा जयमशिह !!

                                                             हामी प्रत्येक इशाईहरुले दोहोरो भूमिका निभाई रहेका हुन्छौ अर्थात स्वर्ग हाम्रो अनन्तको घर हो तर हामीले काम पृथ्वीमा गर्छौ यसकारण धेरै पटक थुप्रै विषयहरुमाथिको अन्योलताले गर्दा हामी दोधारमा परिरहेका हुन्छौ। अवश्य पनि यसले हाम्रो आत्मिक क्षेत्रमा असर गरिरहेको हुन्छ। यस्तै अन्योलताको विषय आज गर्भपात हो। हामी धेरै पटक यस्ता प्रश्नहरुसँग जुधिरहेका हुन्छौ :

के एक इशाईले गर्भपातलाई समाधानको रुपमा लिन सक्छ ?
संसारले यसलाई सुरक्षित समाधानको रुपमा अपनाएको छ तर के धर्मशास्त्रले यसलाई अनुमति दिदछ?
के यो पाप हो? धर्मशास्त्रले यसलाई कहाँ कसरी प्रस्तुत गरेको छ?





गर्भपात एक भ्रूण (जीवन )  हटाउने अथवा भ्रूण निष्कासन द्वारा एक गर्भावस्थाको अन्त्य हो। विश्व स्वास्थ्य संस्था (WHO) ले गरेको सर्वेक्षणले पत्ता लगाए अनुसार वार्षिक लगभग २.५ करोड महिलाहरुले गर्भपात गराउछन् जसमा १५ -४४ उमेरका महिला पर्दछन्। औसत राष्ट्रहरुले गर्भपातलाई कानुनी रुपमा अनुमति दिएको छ। यसलाई नेपालमा पनि मार्च,२००२ मा वैधानिक गरिएको हो। २०१४ मा गटमेचर संस्थाले गरेको सर्वेक्षण अनुसार नेपालमा लगभग ३२३००० गर्भपतन गरिएको थियो।

पवित्र धर्मशास्त्रले गर्भपातलाई कसरी प्रस्तुत गरेको छ?
पवित्र धर्मशास्त्रले कहिल्यै पनि गर्भपातको मुद्दालाई सिधा (directly) रुपमा संबोधन गरेको छैन। तर यसको विषयमा मौन पनि छैन। हामीले त्यहाँ प्रशस्त उत्तर पाउन सक्छौ। गर्भपातलाई लिएर त्यहाँ असंख्य शिक्षाहरु छन्।

  • येर्मिया १:५
  • भजनसंग्रह १३९:१३-१६
  • प्रस्थान २१:२२-२५    
के धर्मशास्त्रले गर्भपातलाई अनुमति दिद्छ ?
          माथिका खण्डहरुलाई अध्ययन गर्ने हो भने स्पष्ट रूपमा थाहा गर्न सकिन्छ कि पवित्र धर्मशास्त्रले कही पनि गर्भपतनको अनुमति प्रदान गरेको छैन। वास्तवमा, जसले गर्भमा रहेको बच्चाको हत्या गर्दछ त्यसलाई समान मृत्यु दण्ड तोकिएको छ (प्रस्थान २१:२२-२३)एक इशाईको निम्ति गर्भपतन महिलाको छनौट गर्ने अधिकारको कुरा होइन। यो मानवको जिवन र मृत्युको कुरा हो जो परमेस्वरको स्वरुपमा बनाइएको छ (उत्पत्ति १:२६-२७)। परमेस्वरले जीवन दिनुहुन्छ (येर्मिया १:५ ,भजनसंग्रह १३९:१३-१६) र मृत्युको हक पनि उहाकै हो। हामी कसैलाई जीवन दिन सक्दैनौ यसकारण कसैलाई मृत्यु दिने हक पनि हाम्रो होइन।

पहिलो तर्क जुन सँधै इशाईहरू माझ गर्भपतनलाई लिएर उठ्दछ त्यो चाहिँ "बलात्कार र / वा अनैतिकताको बारेमा के हुन्छ? के त्यो परिस्थितिमा गर्भपतन आवश्येक हुदैन र?"
एउटा गल्तीलाई अर्को गल्तीले सुधार्न सकिदैन। दुईवटा गल्तीको परिणाम सही हुन सक्दैन। बलात्कार / व्यभिचारको नतिजाबाट जन्मेको एक बालकलाई एक असल र प्रेमीलो परिवारमा दिन सकिन्छ जो आफैमा बच्चा जन्माउन नसक्ने अवस्थामा छ वा आमा आफैले हुर्काउन सक्छिन । हामीले पुन बुझ्नुपर्छ, बालक पूर्ण रुपमा निर्दोष छ, कदाचित उसलाई उसको बुबाको कुकर्मको लागि दण्ड दिनु हुँदैन।


 याद गर्नुहोस् कि गर्भपतनको पाप अरू कुनै पाप भन्दा कम क्षमा योग्य हुँदैन।




      कविराज राई 

के.आर मिनिष्ट्री )








Follow Us On Facebook:

Comments

  1. This is great message !
    would be glad if you could make in audio !

    ReplyDelete

Post a Comment